विज्ञान प्रविधिको विकाससँगै नयाँ नयाँ अपकरण र औजारको विकास तथा विस्तार भइरहेको छ ।
सुरुमा रेडियो त्यसपछि टलिभिजन हुँदै अनलाइन प्रविधिको विकासले मानिसलाई सहजता प्रदान गरेको छ ।
अनलाईन प्रविधिको विकाससँगै मानिसहरुले विश्वको जुनसुकै कुनामा जानका लागि हवाइजहाजको टिकट काट्न होस् यात जुनसुकै सामान खरिद गर्न होस्, सबै घरमै बसिबसि सम्भव भएको छ ।
पछिल्लो समय नेपालमा पनि यसको विकास तथा विस्तारको अभ्यास भइरहेको छ । र यो एक सफल प्रविधिको रुपमा पनि चिनिदै छ ।
अनलाइन वा इन्टरनेट संचार भन्नाले कम्प्युटर र फोनको माध्यमद्वारा गरिने सन्देश सम्प्रेषण भन्ने बुझ्नुपर्छ । अनलाइन कम्प्युटर टेलिफोन लाइन वा इन्टरनेट लाइनका साथै विद्युतीय उर्जाद्वारा चल्ने प्रविधि हो।
नेपालमा यसको विभिन्न प्रयोजनका लागि प्रयोग भइसकेको छ । अहिले यो धेरैको रोजाइ र सहजता पनि बन्न थालेको छ ।
त्यससँगै अब लोकसेवा आयोगको फारम भर्नेले पनि धेरै दुःख गरेर लाइन बसिरहनु नपर्ने भएको छ । आयोगले लोकसेवाको परीक्षा फाराम अब अनलाइनबाट नै भर्ने विद्युतीय प्रणाली सञ्चालनमा ल्याएको छ ।
यो प्रणालीको विकासपछि परीक्षार्थीहरुले अनलाइनमार्फत आयोगको फाराम भर्न सक्नेछन् तथा प्रवेशपत्र समेत प्रिन्ट गरेर प्राप्त गर्नेछन् ।
आयोगका प्रवक्ता राजीव गौतमले नेपाल विविध सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर, नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह अन्तर्गतका विभिन्न उपसमूहका पदहरु र सर्वे समूह, अमिन पदको दरखास्त फारम परीक्षणको रुपमा अनलाइन प्रणालीमार्फत स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।
यस प्रणाली सञ्चालनप्रतिको प्रतिक्रिया हेरेर आगामी दिनमा बाँकी पदका लागि पनि अनलाइन विज्ञापन शुरु गर्ने तयारीमा आयोग लागेको उनले बताए ।
कसरी भर्ने जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
अनलाइन फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
साभार: काठमाण्डु टुडे

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !