यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » , » कृत्रिम गर्भाधानमा नेपालमै उत्कृष्ट बन्यो चितवन

कृत्रिम गर्भाधानमा नेपालमै उत्कृष्ट बन्यो चितवन

चितवन, २ साउन । कृत्रिम गर्भाधान गराउने कार्यमा चितवन नेपालमा नै सबैभन्दा अगाडि देखिएको छ ।
गाई र भैँसीलाई कृत्रिम गर्भाधान गराउने अभियानअन्तर्गत यस वर्ष ३२ हजार ४८३ वटा गाईभैँसीमा कृत्रिम गर्भाधान गरी चितवन नेपालमै पहिलो हुन सफल भएको हो ।
भर्खरै सकिएको आर्थिक वर्षमा २८ हजार ९७८ गाई र तीन हजार ५५० भैँसीमा कृत्रिम गर्भाधान गराइएको कार्यालयका प्रमुख डा रामकुमार कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएको वर्षमा २६ हजार पशुमा कृत्रिम गर्भाधान गराइएको थियो । यस्तै रूपन्देही दोस्रो र नवलपरासी तेस्रो गर्भाधान गराउने जिल्ला हुन सफल भएको हो ।

रूपन्देहीमा ३१ हजार र नवलपरासीमा २५ हजार कृत्रिम गर्भाधान गराइएको कार्कीले जानकारी दिनुभयो । कृत्रिम गर्भाधान आयोजना लागू भएका  नेपालका ३५ जिल्लामा यो अभियान सञ्चालन गरिएको थियो ।
यो प्रविधिबाट थोरै दूध दिने गाई या भैँसीबाट धेरै दूध दिने गाई उत्पादनका लागि नश्ल सुधार गर्न अभियान सुरु गरिएको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ ।
चितवनमा सामुदायिक एआइ सेन्टर स्थापना गरेरै अभियान चलाइएको छ । कार्यालयमै आएर यो सेवा लिएमा कृषकबाट रु २५ मात्रै लिने गरिएको र घरघरमा गएर सेवा शुल्क लिने गरिएको कार्यालय प्रमुख डा कार्की बताउनुहुन्छ ।

सरकारले २०६८ सालबाट कृत्रिम गर्भाधान सेवालाई देशका ३५ जिल्लामा कृत्रिम गर्भाधान आयोजनाअन्तर्गत अभियानात्मक कार्यक्रम सञ्चालन गरेको छ । कृत्रिम गर्भाधानबाट भैँसीमा ५५ प्रतिशत र गाईमा ७० प्रतिशत सफल भएको देखिएको छ । यो सेवालाई आगामी दिनमा अझै प्रभावकारी बनाउने योजना कार्यालयको छ ।
साभार: नेपलीकिसान 

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !