नेपालमा व्यावसायिक कृषिको सुरुवात गर्ने 'सिप्रेड' २५ औं वर्षमा प्रवेश
नेपालको कृषि क्षेत्रलाई तपाईले कसरी मुल्याङ्कन गर्नुभएको छ ?
नेपालको कृषि क्षेत्रलाई मूल्याङ्क गर्दा हामीले २, ३ वट कुराहरुमा विशेष ध्यान दिनु पर्ने हुन्छ । कृषि क्षेत्रमा भएका कार्यक्रम हरु लक्षित क्षेत्रमा पुगको छन वा छैनन । अर्को भौगोलीक दृष्टीकोणले सवै क्षेत्रमा ति कार्यक्रम पुगेका छन की छैनन् । अहिलेको कृषि भनेको आधुनिक कृषि हो । अव आधुनिक कृषि हुनुपर्छ विश्व वाजरसंग प्रतिस्प्रर्धी हुनु पर्छ । उत्पादनको बजार पनि आवश्यक छ ।
सिप्रेडले कृषिको व्यवसायिकरणका अहिले कस्ता कस्ता कार्यक्रम ल्याएको छ ?
हेर्नुस कृषिमा जति धेरै सम्भावना छन् त्यति धेरै चुनौतिहरु पनि छन् । उत्पादकत्व बढाउन सकिएको छैन भने उत्पादकत्व बढाउने केही कार्यक्रम ल्याईएपनि अरु प्रकृतिक प्रकोपको चुनौति मुख्य भएको छ । जलवायु परिवर्तन अनुकुलन कृषि प्रविधीको विकास गर्नु पर्ने देखिन्छ जुन सिप्रेडले केही प्रयास गरेको छ । त्यस्तै सिप्रेडले कृषिको व्यवसायि करण मात्र हैन बजारीकरणका लागि पनि केही कार्यक्रमहरु गरिरहेको छ। सरकारले पनि व्यवसायिकणका लागि केही कार्यक्रम ल्याएको छ तपाईहरु पनि यही विषयमा कार्यक्रम गरिरहनुभएको छ ।
तपाई सन्तुष्ट हुनुहुन्छ ?
स्पष्ट रुपमा भन्नु पर्दा जति हुनुपर्ने हो त्यती हुन सकेको छैन । नवौ योजना पछि नेपालको अर्थ तन्त्रमा कृषिको योगदान हेर्नेहो भने कृषिको बढिनै छ । तर अव विभिन्न कारण यो राम्रोे हुन सकेको छैन । व्यवसायिकरण त छ । तर उत्पादन मात्रा पु¥याउन सकिएको छैन । ठूलो मात्रामा उत्पादन गर्न नसक्नु मा मलाई चिन्ता लागेको छ ।
नेपालमा कृषि उत्पादनको व्यवसायिकरणको मुख्य समस्या के हो त उसोभए ?
कृषिमा अहिलेको मुख्य समयमा भनेको व्यवसायिक अभ्यास भयो तर त्यसको मात्रा पुग्न सकेको छैन । अर्को पूर्वाधार वन्न सकेको छैन । वैज्ञानीक र प्रविधी युक्त कृषि कर्म अगाडी बढ्न सकेको छैन । अर्को सोचमा परिवर्तन आउनुपनि आवश्यक देखिन्छ ।
सिप्रेडको आगामी कार्ययोजना के छ ?
हो योजना विहिन कुने अभियान हुँदैन यदी त्यसो हो भने त्यो अभियान नै होईन । सिप्रेड पनि २५ वर्ष देखी योजनावद्ध ढंगबाट नै याँहा सम्म आएको छ र भोलीका दिनमा आफुलाई अझै अब्बल वनाउन चाहन्छ । सिप्रेडले अहिलेसम्म केही पाठ सिकेको छ । अव अहिलेसम्म सिकेको पाठलाई सिकाईका रुपमा लिएर आगामी यात्रा तया गर्ने छ । साना किसानहरुलाई सहकारीमा संगठित गरेर उत्पादनलाई वजार सम्म पु¥याउन एकीकृत गर्ने अभियान चलाउने छौ । हामी अहिले ६० जिल्लामा काम गरिरहेका छौ अझै यसलाई बढाउने आवश्यकता देखेका छौ ।
सरकारले पनि कृषि क्षेत्रमा विभिन्न कार्यक्रमका नाममा धेरै रकम छुट्टाएको छ । यि कार्यक्रम साँच्चै राम्रा छन् ?
मैले राम्रो र नराम्रो भन्न मिल्दैन । सरकारले अहिले ल्याएका केही कार्यक्रम राम्रा छन् । सरकारले घोषणा गरेको युवा लक्षित कार्यक्रम धेरै राम्रो कार्यक्रम हो । तर यस अघि गर्नुपर्ने कार्यहरु धेरै छन् । ति पुरा ग¥यो गरेन भन्ने मुख्य कुरा हो । युवालाई कृषिमा लाग भन्ने तर त्यसको बजार, सडक, प्रविधी, सिप क्षमताका कार्यक्रम भएन भने त्यो कार्यक्रम असफल हुन्छ ।सरकारी र गैर सरकारी कायक्रममा केही फरक छ हेर्नुस ? म लामो समय कृषि विभागको महानिर्देशक भएर काम गरिसकेको अनुभवले पनि के देखाउँछ भने सरकारको बाटो लामो देखिन्छ । तर गैर सरकारी संस्थाहरुले निश्चित क्षेत्रमा निश्चित कार्य गर्ने भनेको हुन्छ र आएको बजेट जे जति छ त्यो सोझै जाने भएकाले काम छिटो छरिटो गर्न सकिन्छ । के भनौ भने समग्रमा सरकारका कार्यक्रम राम्रा छन् ति कार्यक्रमलाई पुरा गराउनका लागि एकद्धरा नीति अवलम्वन गर्न सके राम्रो हुन्छ ।
गैर सरकारी संस्था र सरकारी निकायको समन्वय कक्तिको आवश्यकता देख्नुहुन्छ ?
हो कार्यक्रम कही पनि डुप्लीकेसन हुनु राम्रो कार्यक्रम होईन । अरुसंस्थाको बारेमा कुरा नगरौ सिप्रेडको सवालमा यो तपाईले भनेजस्तै दोहोरोपना नहुने कार्यक्रम मात्र गरिरहेको छ । सिप्रेडले सरकार कै लगानी रहेको कुनै पनि कार्यमा लगानी गरेको छैन । सके सवै गैर सरकारी संस्थाले यस्तो कार्य गरे राम्रो हुन्छ ।
समग्र नेपालको कृषि क्षेत्रको सुधारका लागि सिप्रेडको योगदान कस्तो छ ?
हो आज भन्दा २५ वर्ष पहिले नेपाल विउमा परनिर्भर थियो र कृषिको व्यवसायिक उत्पादनको सोच सम्म नभएको समयमा स्थापना गरिएको संस्था सिप्रेडले ठूला ठूला अप्ठ्यारका विच आफुलाई अव्बल सावित गर्ने प्रयास गरेको छ । सिप्रेडले धेरै काम ग¥यो भन्ने मसंग कुनै आँट छैन तर केही ग¥यो भन्ने विश्वास छ । यदी सिप्रेड नहुँदो हो त अहिले लाखौ नेपाली किसान अर्वो रकम तरकारीको विउका लागि विदेश पठाउन वाध्य हुन्थे । हजारौ किसानहरु कुनै तेस्रो मुलुकमा स्वदेश सम्झँदै अमुल्य पसिना चुहाई रहेका हुन्थे । कृषिको व्यवसायिकरण र बजारी करणका वारे वल्ल चर्चा चल्न सुरु हुन्थ्यो होला तर यो कुरा सिप्रेडले २५ वर्ष अगावै सुरु गरेर आफुलाई अलिक फरक संस्थाका रुपमा देखाएको छ । तर गर्न अझै धेरै वाँकी छ । केही बगरहरु हरियाली भएका छन् अझै धेरै बगरलाई हरियाली वनाउनु छ ।
साभार: कृषि टुडे
कृषिविज्ञ डा. हरिकृष्ण उपाध्यायले २५ वर्षअघि यो कुरा नसोचेको भए नेपालका लाखौं रोपनी जमीनमा बेमौसमी तरकारी यति छिट्टै व्यापक हुने थिएन ।अहिले रुखो, बालुवाले भरिएको जमीनमा तरकारी लहलह भइरहेको छ । किसानहरु आफ्नै गाडीमा लोड गरेर तरकारी बेच्न सक्ने भएका छन् । पढेलेखेका युवाहरु कृषिमा भविष्य देख्दै होमिदै गएका छन् । बैंकहरु किसान खोज्दै गाउँघर डुलिरहेका छन् ।
आफ्नो स्थापनाको २५ औं वर्ष मनाउने क्रममा आमन्त्रण गरिएको पत्रकार सम्मेलनमा सिप्रेडका संस्थापक डा. उपाध्यायमा सन्तुष्टिको आभाष देखिएको थियो । ‘हामीले अहिलेसम्म २ लाख ६५ हजार किसान परिवारलाई व्यवसायिक कृषिमा सहभागी गराइसक्यौं’ करिब ५६ जिल्लामा विभिन्न कार्यक्रम लिएर पुगेको सिप्रेडको प्रगति सुनाउँदै उनी मख्खिएका थिए । अहिलेसम्म ५५८ सहकारी, १४ हजार कृषक समूह, १० वटा लघु जलविद्युत, ७२ हजार साना सिंचाइ गरी विभिन्न उत्पादनमूलक संस्था खडा गरिसकेको उनले बताए ।
रुखो र उपयोगविहीन देखिने रोड करिडोरमा तरकारी खेती गराइ कृषिको व्यवसायिकीकरणमा सिप्रेडले मार्गनिर्देश गरेको छ । मौसममा निर्भर खेती पद्धतिसँगै बेमौसमी तरकारी खेती गराइ किसानलाई दिगो आम्दानी गर्न सक्ने तरिका पनि यसले सिकाएको छ ।
करोडौं रुपैंयाँ बीऊ आयातमा खर्च हुने अवस्थालाई घटाएको छ । किसानलाई आफ्नै खेतबारीमा बीऊ उत्पादन गर्न सिकाएको छ । आफ्नै घर, आँगनमा तरकारी, फलफूल फलाउने सीप पनि दिएको छ । माछा र बंगुर पालेर पनि मनग्ये आम्दानी लिन सकिने ज्ञान पनि प्रसार गरेको छ ।
नेपाली किसानको आर्थिक हैसियत उकास्न नगदेवालीको विकल्प नभएको डा. उपाध्यायको ठहर छ । ‘एक रोपनी जमीनमा ५ हजारको धान पनि फल्दैन, तर २० हजारको तरकारी फलाउन सकिन्छ ‘ उनले उदाहरण दिँदै भने ‘तरकारी निर्यात गरेर पनि मज्जाले कमाउन सकिन्छ ।’
सिप्रेडका बागवानी विज्ञ इन्द्रराज पाण्डे किसानको मौलिक सीप र आकांक्षालाई परिष्कार गर्दै उत्पादन योजना बनाउँदा नतिजा राम्रो आएको बताउँछन् । ‘हामीले एकतर्फी योजना बनाउनु हुँदैन, उनले भने ‘किसान पनि विद्धान छन् । अनुभवले खारिएका छन् ।’ सिप्रेडका कार्यकारी निर्देशक भरत उपाध्यायले बजारको विश्लेषण गरेर मात्र कृषि उत्पादन योजना बनाउनुपर्नेमा जोड दिए । ‘भाऊ पाइन्छ भन्दैमा जथाभावी रोपेर हुँदैन । लगानीको आधारमा स्थानीय र बाह्य बजारको पहुँच विश्लेषण गर्नुपर्छ’ उनले उल्लेख गरे ।
नेपालमा बेमौसमी तरकारी खेतीको सूत्रधार सिप्रेडले अहिले देशका २७ जिल्लामा तरकारी, फलफूल, माछा, पशुपालन लगायतको क्षेत्रमा किसानलाई सीप हस्तान्तरण गरिरहेको छ । किसानलाई खेतबारीमै पुगेर हातेमालो गर्ने हुँदा हजारौं किसानको भरोसा समेत बनेको छ सिप्रेड । संस्थापक डा. हरिकृष्ण उपाध्यायले हँसिलो मुहारमा भने, ‘हामी किसान खोज्दै खेतबारी पुग्छौं, किसान पनि हामी खोज्दै आइरहन्छन् । हामी एकै परिवारका सदस्य जत्तिकै भएका छौं, यो नै हाम्रो सफलता हो ।’
विगत २४ बर्षदेखि संस्थाले बेमौसमी तरकारी उत्पादन, तरकारी बीउ उत्पादन, पोषण सुधारका लागि घरबगैँचा र मत्स्यपालनजस्ता उदाहरणीय काम गर्दै आएको छ । संस्थाले हालसम्म ६० जिल्लामा ८७ ओटा परियोजना सञ्चालन गरेको छ ।
कृषकले विभिन्न आयोजनाबाट रू.६ अर्ब ५० करोड बराबरको आयआर्जन गर्न सफल भएको संस्थाका कार्यकारी निर्देशक भरतप्रसाद उपाध्यायले बताए ।
साभार: अनलाइनखबर
कृषि क्षेत्रको व्यवसायिक उत्पादन र बजारीकरणका लागि वि.सं. २०४८ सालमा स्थापना भएर अहिले सम्म निरन्तर कृषि र कृषकको वृति विकासमा लागिरहेको संस्था सिप्रेडका कार्यकारी निर्देशक हुन् भरत उपाध्याय । लामो समय कृषि विकास मन्त्रालय अन्तर्गत रहेर काम गरेका उनी नेपालमा जलवायु परिवर्तन अनुकुल कृषिको विकास गरिनुपर्ने र बजारको माग अनुसार उत्पादनमुखी ब्यवसायीकरणमा जोड दिने उपाध्यायसंग सिप्रेडको रजत जयन्तीको सेरोफेरोमा रहेर न्युज एग्रोकर्मी संगम महतसँग गरिएको कुराकानी ।
नेपालको कृषि क्षेत्रलाई तपाईले कसरी मुल्याङ्कन गर्नुभएको छ ?
नेपालको कृषि क्षेत्रलाई मूल्याङ्क गर्दा हामीले २, ३ वट कुराहरुमा विशेष ध्यान दिनु पर्ने हुन्छ । कृषि क्षेत्रमा भएका कार्यक्रम हरु लक्षित क्षेत्रमा पुगको छन वा छैनन । अर्को भौगोलीक दृष्टीकोणले सवै क्षेत्रमा ति कार्यक्रम पुगेका छन की छैनन् । अहिलेको कृषि भनेको आधुनिक कृषि हो । अव आधुनिक कृषि हुनुपर्छ विश्व वाजरसंग प्रतिस्प्रर्धी हुनु पर्छ । उत्पादनको बजार पनि आवश्यक छ ।
सिप्रेडले कृषिको व्यवसायिकरणका अहिले कस्ता कस्ता कार्यक्रम ल्याएको छ ?
हेर्नुस कृषिमा जति धेरै सम्भावना छन् त्यति धेरै चुनौतिहरु पनि छन् । उत्पादकत्व बढाउन सकिएको छैन भने उत्पादकत्व बढाउने केही कार्यक्रम ल्याईएपनि अरु प्रकृतिक प्रकोपको चुनौति मुख्य भएको छ । जलवायु परिवर्तन अनुकुलन कृषि प्रविधीको विकास गर्नु पर्ने देखिन्छ जुन सिप्रेडले केही प्रयास गरेको छ । त्यस्तै सिप्रेडले कृषिको व्यवसायि करण मात्र हैन बजारीकरणका लागि पनि केही कार्यक्रमहरु गरिरहेको छ। सरकारले पनि व्यवसायिकणका लागि केही कार्यक्रम ल्याएको छ तपाईहरु पनि यही विषयमा कार्यक्रम गरिरहनुभएको छ ।
तपाई सन्तुष्ट हुनुहुन्छ ?
स्पष्ट रुपमा भन्नु पर्दा जति हुनुपर्ने हो त्यती हुन सकेको छैन । नवौ योजना पछि नेपालको अर्थ तन्त्रमा कृषिको योगदान हेर्नेहो भने कृषिको बढिनै छ । तर अव विभिन्न कारण यो राम्रोे हुन सकेको छैन । व्यवसायिकरण त छ । तर उत्पादन मात्रा पु¥याउन सकिएको छैन । ठूलो मात्रामा उत्पादन गर्न नसक्नु मा मलाई चिन्ता लागेको छ ।
नेपालमा कृषि उत्पादनको व्यवसायिकरणको मुख्य समस्या के हो त उसोभए ?
कृषिमा अहिलेको मुख्य समयमा भनेको व्यवसायिक अभ्यास भयो तर त्यसको मात्रा पुग्न सकेको छैन । अर्को पूर्वाधार वन्न सकेको छैन । वैज्ञानीक र प्रविधी युक्त कृषि कर्म अगाडी बढ्न सकेको छैन । अर्को सोचमा परिवर्तन आउनुपनि आवश्यक देखिन्छ ।
सिप्रेडको आगामी कार्ययोजना के छ ?
हो योजना विहिन कुने अभियान हुँदैन यदी त्यसो हो भने त्यो अभियान नै होईन । सिप्रेड पनि २५ वर्ष देखी योजनावद्ध ढंगबाट नै याँहा सम्म आएको छ र भोलीका दिनमा आफुलाई अझै अब्बल वनाउन चाहन्छ । सिप्रेडले अहिलेसम्म केही पाठ सिकेको छ । अव अहिलेसम्म सिकेको पाठलाई सिकाईका रुपमा लिएर आगामी यात्रा तया गर्ने छ । साना किसानहरुलाई सहकारीमा संगठित गरेर उत्पादनलाई वजार सम्म पु¥याउन एकीकृत गर्ने अभियान चलाउने छौ । हामी अहिले ६० जिल्लामा काम गरिरहेका छौ अझै यसलाई बढाउने आवश्यकता देखेका छौ ।
सरकारले पनि कृषि क्षेत्रमा विभिन्न कार्यक्रमका नाममा धेरै रकम छुट्टाएको छ । यि कार्यक्रम साँच्चै राम्रा छन् ?
मैले राम्रो र नराम्रो भन्न मिल्दैन । सरकारले अहिले ल्याएका केही कार्यक्रम राम्रा छन् । सरकारले घोषणा गरेको युवा लक्षित कार्यक्रम धेरै राम्रो कार्यक्रम हो । तर यस अघि गर्नुपर्ने कार्यहरु धेरै छन् । ति पुरा ग¥यो गरेन भन्ने मुख्य कुरा हो । युवालाई कृषिमा लाग भन्ने तर त्यसको बजार, सडक, प्रविधी, सिप क्षमताका कार्यक्रम भएन भने त्यो कार्यक्रम असफल हुन्छ ।सरकारी र गैर सरकारी कायक्रममा केही फरक छ हेर्नुस ? म लामो समय कृषि विभागको महानिर्देशक भएर काम गरिसकेको अनुभवले पनि के देखाउँछ भने सरकारको बाटो लामो देखिन्छ । तर गैर सरकारी संस्थाहरुले निश्चित क्षेत्रमा निश्चित कार्य गर्ने भनेको हुन्छ र आएको बजेट जे जति छ त्यो सोझै जाने भएकाले काम छिटो छरिटो गर्न सकिन्छ । के भनौ भने समग्रमा सरकारका कार्यक्रम राम्रा छन् ति कार्यक्रमलाई पुरा गराउनका लागि एकद्धरा नीति अवलम्वन गर्न सके राम्रो हुन्छ ।
गैर सरकारी संस्था र सरकारी निकायको समन्वय कक्तिको आवश्यकता देख्नुहुन्छ ?
हो कार्यक्रम कही पनि डुप्लीकेसन हुनु राम्रो कार्यक्रम होईन । अरुसंस्थाको बारेमा कुरा नगरौ सिप्रेडको सवालमा यो तपाईले भनेजस्तै दोहोरोपना नहुने कार्यक्रम मात्र गरिरहेको छ । सिप्रेडले सरकार कै लगानी रहेको कुनै पनि कार्यमा लगानी गरेको छैन । सके सवै गैर सरकारी संस्थाले यस्तो कार्य गरे राम्रो हुन्छ ।
समग्र नेपालको कृषि क्षेत्रको सुधारका लागि सिप्रेडको योगदान कस्तो छ ?
हो आज भन्दा २५ वर्ष पहिले नेपाल विउमा परनिर्भर थियो र कृषिको व्यवसायिक उत्पादनको सोच सम्म नभएको समयमा स्थापना गरिएको संस्था सिप्रेडले ठूला ठूला अप्ठ्यारका विच आफुलाई अव्बल सावित गर्ने प्रयास गरेको छ । सिप्रेडले धेरै काम ग¥यो भन्ने मसंग कुनै आँट छैन तर केही ग¥यो भन्ने विश्वास छ । यदी सिप्रेड नहुँदो हो त अहिले लाखौ नेपाली किसान अर्वो रकम तरकारीको विउका लागि विदेश पठाउन वाध्य हुन्थे । हजारौ किसानहरु कुनै तेस्रो मुलुकमा स्वदेश सम्झँदै अमुल्य पसिना चुहाई रहेका हुन्थे । कृषिको व्यवसायिकरण र बजारी करणका वारे वल्ल चर्चा चल्न सुरु हुन्थ्यो होला तर यो कुरा सिप्रेडले २५ वर्ष अगावै सुरु गरेर आफुलाई अलिक फरक संस्थाका रुपमा देखाएको छ । तर गर्न अझै धेरै वाँकी छ । केही बगरहरु हरियाली भएका छन् अझै धेरै बगरलाई हरियाली वनाउनु छ ।
साभार: कृषि टुडे
व्यावसायिक कृषि प्रवर्धनको प्रतिबद्धता
उराठलाग्दो डाँडो र रुखो जमीनमा पैसा फलाउन सकिदैन ? बाह्रै मास खट्दा पनि दुइ छाक खान नपुग्ने किसान समृद्ध बन्न सक्दैनन् ? जबसम्म रुखो डाँडोमा हरियाली बनाउन सकिदैन, किसानलाई आफ्नै भूमिले पाल्न सक्ने बनाउन सकिदँैन, तबसम्म हामीजस्ता कृषि विज्ञको के काम ?कृषिविज्ञ डा. हरिकृष्ण उपाध्यायले २५ वर्षअघि यो कुरा नसोचेको भए नेपालका लाखौं रोपनी जमीनमा बेमौसमी तरकारी यति छिट्टै व्यापक हुने थिएन ।अहिले रुखो, बालुवाले भरिएको जमीनमा तरकारी लहलह भइरहेको छ । किसानहरु आफ्नै गाडीमा लोड गरेर तरकारी बेच्न सक्ने भएका छन् । पढेलेखेका युवाहरु कृषिमा भविष्य देख्दै होमिदै गएका छन् । बैंकहरु किसान खोज्दै गाउँघर डुलिरहेका छन् ।
आफ्नो स्थापनाको २५ औं वर्ष मनाउने क्रममा आमन्त्रण गरिएको पत्रकार सम्मेलनमा सिप्रेडका संस्थापक डा. उपाध्यायमा सन्तुष्टिको आभाष देखिएको थियो । ‘हामीले अहिलेसम्म २ लाख ६५ हजार किसान परिवारलाई व्यवसायिक कृषिमा सहभागी गराइसक्यौं’ करिब ५६ जिल्लामा विभिन्न कार्यक्रम लिएर पुगेको सिप्रेडको प्रगति सुनाउँदै उनी मख्खिएका थिए । अहिलेसम्म ५५८ सहकारी, १४ हजार कृषक समूह, १० वटा लघु जलविद्युत, ७२ हजार साना सिंचाइ गरी विभिन्न उत्पादनमूलक संस्था खडा गरिसकेको उनले बताए ।
रुखो र उपयोगविहीन देखिने रोड करिडोरमा तरकारी खेती गराइ कृषिको व्यवसायिकीकरणमा सिप्रेडले मार्गनिर्देश गरेको छ । मौसममा निर्भर खेती पद्धतिसँगै बेमौसमी तरकारी खेती गराइ किसानलाई दिगो आम्दानी गर्न सक्ने तरिका पनि यसले सिकाएको छ ।
करोडौं रुपैंयाँ बीऊ आयातमा खर्च हुने अवस्थालाई घटाएको छ । किसानलाई आफ्नै खेतबारीमा बीऊ उत्पादन गर्न सिकाएको छ । आफ्नै घर, आँगनमा तरकारी, फलफूल फलाउने सीप पनि दिएको छ । माछा र बंगुर पालेर पनि मनग्ये आम्दानी लिन सकिने ज्ञान पनि प्रसार गरेको छ ।
नेपाली किसानको आर्थिक हैसियत उकास्न नगदेवालीको विकल्प नभएको डा. उपाध्यायको ठहर छ । ‘एक रोपनी जमीनमा ५ हजारको धान पनि फल्दैन, तर २० हजारको तरकारी फलाउन सकिन्छ ‘ उनले उदाहरण दिँदै भने ‘तरकारी निर्यात गरेर पनि मज्जाले कमाउन सकिन्छ ।’
सिप्रेडका बागवानी विज्ञ इन्द्रराज पाण्डे किसानको मौलिक सीप र आकांक्षालाई परिष्कार गर्दै उत्पादन योजना बनाउँदा नतिजा राम्रो आएको बताउँछन् । ‘हामीले एकतर्फी योजना बनाउनु हुँदैन, उनले भने ‘किसान पनि विद्धान छन् । अनुभवले खारिएका छन् ।’ सिप्रेडका कार्यकारी निर्देशक भरत उपाध्यायले बजारको विश्लेषण गरेर मात्र कृषि उत्पादन योजना बनाउनुपर्नेमा जोड दिए । ‘भाऊ पाइन्छ भन्दैमा जथाभावी रोपेर हुँदैन । लगानीको आधारमा स्थानीय र बाह्य बजारको पहुँच विश्लेषण गर्नुपर्छ’ उनले उल्लेख गरे ।
नेपालमा बेमौसमी तरकारी खेतीको सूत्रधार सिप्रेडले अहिले देशका २७ जिल्लामा तरकारी, फलफूल, माछा, पशुपालन लगायतको क्षेत्रमा किसानलाई सीप हस्तान्तरण गरिरहेको छ । किसानलाई खेतबारीमै पुगेर हातेमालो गर्ने हुँदा हजारौं किसानको भरोसा समेत बनेको छ सिप्रेड । संस्थापक डा. हरिकृष्ण उपाध्यायले हँसिलो मुहारमा भने, ‘हामी किसान खोज्दै खेतबारी पुग्छौं, किसान पनि हामी खोज्दै आइरहन्छन् । हामी एकै परिवारका सदस्य जत्तिकै भएका छौं, यो नै हाम्रो सफलता हो ।’
विगत २४ बर्षदेखि संस्थाले बेमौसमी तरकारी उत्पादन, तरकारी बीउ उत्पादन, पोषण सुधारका लागि घरबगैँचा र मत्स्यपालनजस्ता उदाहरणीय काम गर्दै आएको छ । संस्थाले हालसम्म ६० जिल्लामा ८७ ओटा परियोजना सञ्चालन गरेको छ ।
कृषकले विभिन्न आयोजनाबाट रू.६ अर्ब ५० करोड बराबरको आयआर्जन गर्न सफल भएको संस्थाका कार्यकारी निर्देशक भरतप्रसाद उपाध्यायले बताए ।
साभार: अनलाइनखबर
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !