चितवनको नारायणी नगरपालिका १२ जगतपुरमा प्रांगारिक मल कारखाना सञ्चालनमा आएको छ । १० करोडको लगानीमा 'युनिक बायोटेक अग्र्यानिक प्रालि' ले कारखाना सञ्चालनमा ल्याएको हो । ०६८ बाट कम परिमाणमा धुलो प्रागंरिक मल तथा जैविक विषादी उत्पादन गर्दै आएको उक्त कारखानालाई स्तरोन्नतिका लागि कृषि मन्त्रालयले गत वर्ष मेसिन र औजारका लागि १ करोड ८४ लाख रुपैयाँ अनुदान दिएको थियो । मेसिनरी खरिदमा ५० प्रतिशत सरकारी अनुदान पाएको कारखानाले स्तरोउन्नतिसँगै उत्पादन क्षमता बढाएको हो ।
२६ सय मेटि्रकटन क्षमता रहेको कारखानाले वाषिर्क ५० हजार मेटि्रकटन मल उत्पादन गर्ने क्षमतामा पुगेको युनिक बायोटेकका प्रबन्धक वासुदेव आचार्यले बताए । ४० लाखको लगानीमा सुरु कारखाना करोडमा पुगेको उनले बताए । विभिन्न जिल्लाका ७ जना मिलेर सञ्चालनमा ल्याएका हुन् ।
रासायनिक मलले माटोको उर्वराशक्ति ह्रास, उत्पादन घट्दै गइरहेको, कृषक तथा उपभोक्ताको स्वास्थ्यमा पनि प्रतिकूल असर परिरहेकाले त्यसलाई निरुत्साहित पार्न सरकारी सहयोगमा सञ्चालनमा ल्याइएको सञ्चालक हरिप्रसाद मरहठ्ठाले बताए । सरकारले प्रांगारिक मल उत्पादन गर्ने कारखानालाई मेसिन तथा औजार खरिदमा ५० प्रतिशत अनुदान दिने नीतिअनुरूप दुईपटक गरी यो कारखानालाई १ करोड ८४ लाख उपलब्ध गराएको उनले बताए ।
कारखानाले प्रांगारिक दानेदार मल उत्पादनका लागि चीनबाट करिब ४ करोडको लागतमा अत्याधुनिक मेसिन भित्र्याएको उनले बताए । प्रांगारिक मल बनाउन कच्चा पदार्थका रूपमा गोबर, पिना, हड्डी, गहुँत, असुरो, वनमारा आदि प्रयोग हुने गरेको उनले बताए । उनकाअनुसार, यस वर्ष १० हजार टन मल उत्पादन गर्ने र आगामी वर्षबाट ५० हजार टन उत्पादन गर्ने योजना छ । धुलो मल उत्पादन गरेको कारखानाले गोरखा, कास्की, लमजुङ, तनहुँ, धादिङ, सिन्धुली, रौतहट, सर्लाही, धनुषालगायत देशका २६ जिल्लामा बजार विस्तार गरेको उनले जनाए ।
सरकारले नसकेको मलको आपूर्ति यसले गर्ने जनाइएको छ । 'मलको प्रयोगले खेतीयोग्य जमिनको उर्वरा शक्ति बढाउन सकिन्छ,' कृषि विज्ञ डा. विष्णु थापाले भने, 'त्यसका लागि यसको निरन्तर प्रयोग गर्नुपर्छ ।' ३ वर्ष निरन्तर यसको प्रयोग गर्दा उत्पादन राम्रो हुने उनले बताए । प्रांगारिक मललाई किसानले रुचाएको उनले दाबी गरे ।
प्रांगारिक मलको प्रयोगले माटोको अम्लियपन घटाउने माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गाप्रसाद दवाडीले बताए । 'खेतीयोग्य जग्गमा रासायनिक मल प्रयोग गर्दा माटोमा अम्लियोपन बढेको छ,' उनले भने, 'त्यसैले यस्ता कारखाना सञ्चालनमा सरकारले अनुदानको नीति लिएको छ ।' देशभरिमा १७ यस्ता उद्योग सञ्चालनमा छन् ।
छिमेकी बाराबाट माग आइरहेको छ । बिउ छरेपछि ४० देखि ४५ दिनमा तयार हुन्छ । यसलाई काटेर आवश्यकताअनुसार अन्य खेतमा हाल्न सकिन्छ । सोत्तर बनाएर लाभ लिन सकिने चापागाईं बताउँछन् । 'प्रतिकट्ठा ५० देखि ६० किलोसम्म उत्पादन हुन्छ,' उनले भने, 'प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्ममा बिक्री हुन्छ ।' मल उत्पादन गर्न प्रतिकट्ठा १ देखि डेढ किलोसम्म बिउ छर्दा पर्याप्त हुन्छ ।
कृषि प्राविधिक सहायक उर्मिला श्रेष्ठले मल किसानका लागि अत्यन्त उपयोगी हुने बताइन् । 'लेग्युमेनेसी' परिवारको झारको गिर्खामा 'राइजोबिम' नामक ब्याक्टेरिया हुने र यसले वायुमण्डलमा भएको नाइट्रोजन माटोमा सञ्चित गर्ने काम गर्छ । नाइट्रोजनले उत्पादन बढाउन भूमिका खेल्ने उनले बताइन् ।
साभार: कान्तिपुर
२६ सय मेटि्रकटन क्षमता रहेको कारखानाले वाषिर्क ५० हजार मेटि्रकटन मल उत्पादन गर्ने क्षमतामा पुगेको युनिक बायोटेकका प्रबन्धक वासुदेव आचार्यले बताए । ४० लाखको लगानीमा सुरु कारखाना करोडमा पुगेको उनले बताए । विभिन्न जिल्लाका ७ जना मिलेर सञ्चालनमा ल्याएका हुन् ।
रासायनिक मलले माटोको उर्वराशक्ति ह्रास, उत्पादन घट्दै गइरहेको, कृषक तथा उपभोक्ताको स्वास्थ्यमा पनि प्रतिकूल असर परिरहेकाले त्यसलाई निरुत्साहित पार्न सरकारी सहयोगमा सञ्चालनमा ल्याइएको सञ्चालक हरिप्रसाद मरहठ्ठाले बताए । सरकारले प्रांगारिक मल उत्पादन गर्ने कारखानालाई मेसिन तथा औजार खरिदमा ५० प्रतिशत अनुदान दिने नीतिअनुरूप दुईपटक गरी यो कारखानालाई १ करोड ८४ लाख उपलब्ध गराएको उनले बताए ।
कारखानाले प्रांगारिक दानेदार मल उत्पादनका लागि चीनबाट करिब ४ करोडको लागतमा अत्याधुनिक मेसिन भित्र्याएको उनले बताए । प्रांगारिक मल बनाउन कच्चा पदार्थका रूपमा गोबर, पिना, हड्डी, गहुँत, असुरो, वनमारा आदि प्रयोग हुने गरेको उनले बताए । उनकाअनुसार, यस वर्ष १० हजार टन मल उत्पादन गर्ने र आगामी वर्षबाट ५० हजार टन उत्पादन गर्ने योजना छ । धुलो मल उत्पादन गरेको कारखानाले गोरखा, कास्की, लमजुङ, तनहुँ, धादिङ, सिन्धुली, रौतहट, सर्लाही, धनुषालगायत देशका २६ जिल्लामा बजार विस्तार गरेको उनले जनाए ।
सरकारले नसकेको मलको आपूर्ति यसले गर्ने जनाइएको छ । 'मलको प्रयोगले खेतीयोग्य जमिनको उर्वरा शक्ति बढाउन सकिन्छ,' कृषि विज्ञ डा. विष्णु थापाले भने, 'त्यसका लागि यसको निरन्तर प्रयोग गर्नुपर्छ ।' ३ वर्ष निरन्तर यसको प्रयोग गर्दा उत्पादन राम्रो हुने उनले बताए । प्रांगारिक मललाई किसानले रुचाएको उनले दाबी गरे ।
प्रांगारिक मलको प्रयोगले माटोको अम्लियपन घटाउने माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गाप्रसाद दवाडीले बताए । 'खेतीयोग्य जग्गमा रासायनिक मल प्रयोग गर्दा माटोमा अम्लियोपन बढेको छ,' उनले भने, 'त्यसैले यस्ता कारखाना सञ्चालनमा सरकारले अनुदानको नीति लिएको छ ।' देशभरिमा १७ यस्ता उद्योग सञ्चालनमा छन् ।
हरियो मलबाट मनग्ये आम्दानी
पर्सा (कास)- गादी ७ का अगुवा किसान नयनकुमार शर्मा चापागाईंले हरियो मल -ढैंचा) बेचेर आम्दानी गरिरहेका छन् । दुई दशकदेखि उनले यसको व्यावसयिक खेती गर्दै आएका छन् । यसका लागि उपयोग नभएको बगैंचाको जग्गा सदुपयोग गरेका छन् । अधिकांश बगैंचाधनीले बाँझो राखेकामा उनले सदुपयोग गर्न सकिने सन्देश दिएका छन् । ५ बिघा बगैंचामा खेती गरेका छन् । उत्पादित ढैंचामध्ये अधिकांश बिक्री हुन्छ । नबिकेको मलका रूपमा प्रयोग गरिरहेका छन् । उनी जिल्लाकै प्रथम र एक मात्र हरियो मल उत्पादक किसान बनेका छन् । अहिले माग अत्यधिक छ । जिल्ला कृषि कार्यालयका कृषि प्राविधिकमार्फत उनको मोबाइलमा मलको 'अर्डर' आउँछ ।छिमेकी बाराबाट माग आइरहेको छ । बिउ छरेपछि ४० देखि ४५ दिनमा तयार हुन्छ । यसलाई काटेर आवश्यकताअनुसार अन्य खेतमा हाल्न सकिन्छ । सोत्तर बनाएर लाभ लिन सकिने चापागाईं बताउँछन् । 'प्रतिकट्ठा ५० देखि ६० किलोसम्म उत्पादन हुन्छ,' उनले भने, 'प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्ममा बिक्री हुन्छ ।' मल उत्पादन गर्न प्रतिकट्ठा १ देखि डेढ किलोसम्म बिउ छर्दा पर्याप्त हुन्छ ।
कृषि प्राविधिक सहायक उर्मिला श्रेष्ठले मल किसानका लागि अत्यन्त उपयोगी हुने बताइन् । 'लेग्युमेनेसी' परिवारको झारको गिर्खामा 'राइजोबिम' नामक ब्याक्टेरिया हुने र यसले वायुमण्डलमा भएको नाइट्रोजन माटोमा सञ्चित गर्ने काम गर्छ । नाइट्रोजनले उत्पादन बढाउन भूमिका खेल्ने उनले बताइन् ।
साभार: कान्तिपुर
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !