मुलुकमै पहिलो पटक उपभोक्ताहरुलाई स्वच्छ मासु उपलब्ध गराउने हेतुले ब्लास्ट प्रविधिबाट मासु उपलब्ध गराउने उद्योगको स्थापना भएको छ । उपभोक्ताहरुलाई स्वच्छ मासु उपलब्ध गराउनका लागि नवलपरासीको गैंडाकोटमा यो प्रविधिबाट मासु प्रशोधन उद्योगको स्थापना गरिएको हो । १० करोड रुपैयाँको लगानीमा स्थापना भएको नेपाल मिट प्रोसेसिङ कम्पनीले गैंडाकोटमा पहिलो पटक ब्लास्ट प्रविधिबाट मासु प्रशोधन गर्ने भन्दै उद्योगको स्थापना गरेको कम्पनी प्रमुख बद्रीप्रसाद खनालले जानकारी दिनुभयो ।
चितवन र काठमाडौंको बजारमा कुखुराको मासु आपूर्ति गर्र्दै आएको सो कम्पनीमा १७ जना लगानीकर्ता र दुई कम्पनीबाट ६ करोड रुपैयाँ लगानी भएको छ । यस्तै ग्लोबल आइएमई बैङ्कले उक्त परियोजनाका लागि ४ करोड कर्जा उपलब्ध गराएको छ । ब्लास्ट प्रविधिबाट प्रशोधित कुखुराको मासुको माग बढ्दै गएको र माग भए बमोजिम उत्पादनमा वृद्वि गरिने कम्पनीले जनाएको छ । माइनस ४० डिग्री सेन्टीग्रेडमा ब्लास्ट गरिएको कुखुराको मासुमा हानिकारक जीवाणु नहुने दाबी गर्दै कम्पनीले स्वास्थ्यका लागि यो मासु लाभदायक हुने उल्लेख गरेको छ ।
कम्पनीका सदस्य कल्याण जोशीले ब्लास्ट गरिएको मासुको उपभोग गर्नका लागि अझै उपभोक्तामा विश्वास नभएको भन्दै यसका लागि जनचेतनामूलक कार्यक्रम लागू गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले उपभोक्ताहरुले ब्लास्ट गरिएको मासु भन्दा तत्कालै काटिएको मासु खाने चाहना हुने भएकाले ब्लास्ट गरिएका मासुको उपयोगिताबारे प्रचार प्रसार गर्ने सोचमा रहेको बताउनुभयो । यस्तै पशु सेवा कार्यालय चितवनका वरिष्ठ पशु चिकित्सक रामकुमार कार्कीले ब्लास्ट गरिएको मासुमा जैविक खतरा नहुने बताउनुभयो ।
माइनस ४० डिग्रंी सेन्टीगेटमा ब्लास्ट र माइनस १८ डिग्री सेन्टीग्रेटमा भण्डारण गरिएको मासु ६÷७ महिनासम्म खान मिल्ने कम्पनीले जनाएको छ । कम्पनीका पशु स्वास्थ्य विज्ञ दयाराम चापागाईंले नेपाल मिटले चल्ला उत्पादनदेखि नै गुणस्तर कायम गर्नमा जोड दिँदै आएको भन्दै ह्याचरी र दाना कारखाना पनि आबद्ध भएकाले कुखुरा उत्पादनदेखि उपभोक्तासम्म पु-याउनका लागि सचेत रहेको बताउनुभयो । प्रतिघन्टा एक हजार कुखुरा प्रशोधन गर्ने क्षमता कम्पनीको रहेको छ ।
साभार: आर्थिक दैनिक

0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !