सुन्दा अचम्म लाग्न सक्छ, एउटै पाठा/पाठीको मूल्य २ लाख करीब १३ हजार रुपैयाँ अर्थात् २ हजार १ सय ५० अमेरिकी डलर । सरकारले देशलाई मासुमा आत्मनिर्भर बनाउन अष्ट्रेलियाबाट भर्खरै मात्र उक्त मूल्य तिरेर नयाँ जातका ४० ओटा पाठी (बाख्रा) तथा ३९ पाठा (बोका) नेपाल भित्र्याएको छ । हाल नेपालमा एउटा भैंसीको मूल्य करीब रू. १ लाखसम्म पर्ने गर्दछ, यसरी हिसाब गर्दा दुई भैंसीबराबर एउटा पाठो वा पाठी आउने भएको छ ।
विश्व बैङ्कको सहयोगमा अष्ट्रेलियाबाट १ सय ७५ ओटा पाठापाठी ल्याउन लागिएको हो । बाँकी बाख्रा आगामी जुनसम्म नेपाल आइपुग्नेछन् । अष्ट्रेलियाबाट मासु प्रयोजनका लागि नेपाल ल्याइएका बोयर जातका बाख्रा हाल कृषि निर्देशनालय खुमलटारमा राखिएको कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए । सरकारले मध्य तथा सुदूरपश्चिमका १२ जिल्लामा मासु उत्पादनका माध्यमबाट पोषण सुरक्षा गर्ने योजनासहित ती पाठापाठी नेपाल ल्याएको हो । देशलाई खाद्य पोषण तथा मासुमा आत्मनिर्भर बनाउन कृषि तथा खाद्य सुरक्षा आयोजनामार्फत नेपालमा ल्याइएको उनले बताए । जन्मिएको १४ महीनामा नेपाल भित्र्याइएका ती पाठापाठीको हालको तौल ४५ किलो रहेको छ । वयस्क तथा मासुका लागि उपयोगी (१८ देखि २२ महीना) भएपछि एउटा बोकाको तौल ७० किलो पुग्ने ठाकुरले जानकारी दिए ।
अष्ट्रेलियन मूलका ती पाठापाठीलाई तनहुँको बन्दीपुर, नेपालगञ्ज एवम् कैलालीको बुढीतोलामा राखिने सरकारको योजना छ । साथै सरकारले प्रजननका लागि सुर्खेतमा १०, दैलेखमा ८ र डोटीमा ८ ओठा बोका उपयोग गर्ने भएको छ । यी क्षेत्रमा छनोट गरिएका बाख्रामा अष्ट्रेलियन बोकाबाट प्रजनन गराई १२ जिल्लाका किसानलाई वितरण गरिने ठाकुरले बताए ।
त्यसैगरी कृषि विकास मन्त्रालयले नागरिकलाई पोसिलो दूध पर्याप्तता बढाउन १ महीनाअघि अमेरिकाबाट सानन जातका ५० ओटा बोका–पाठी नेपाल भित्रयाएको छ । प्रतिबोका/पाठीको करीब २ लाख रुपैयाँ तिरेर नेपाल भिœयाइएका ती बाख्राले बेतमा ९ सयदेखि १ हजार ६ सय लिटरसम्म दूध दिनेछन् । उक्त बाख्रालाई हाल पशुसेवा कार्यालयअन्तर्गतको बाख्रा विकास फार्म चित्लाङमा राखिएको छ । डडेल्धुराका किसानलाई दूध प्रयोजनका लागि उक्त जातको बाख्रा पाल्न प्रेरित गरिने ठाकुरको भनाइ छ । अमेरिकाको डेरी गोट एशोसिएशनमार्फत मन्त्रालयले ती पाठापाठी नेपाल ल्याएको हो । यसको बारेमा विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।
साभारः अभियान