यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » , » च्याउखेतीका लागि रु आठ लाख अनुदान

च्याउखेतीका लागि रु आठ लाख अनुदान

जिल्ला कृषि विकास कार्यालय पर्साले च्याउखेतीलाई प्रोत्साहन गर्नका लागि अनुदान रकम प्रदान गर्ने भएको छ ।
जिल्लाका विभिन्न ग्रामीण भेगका च्याउखेती गरिरहेका महिला तथा युवा कृषकलाई लक्षित गरी अनुृदानस्वरुप रकम प्रदानको तयारीमा कार्यालय जुटेको हो । जिल्ला कृषि विकास समितिको निर्णयअनुसार सरकारी नीतिअनुसार पर्साका २० जना कृषकलाई अनुदानस्वरुप च्याउखेतीका लागि रकम प्रदान गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय पर्साका च्याउखेती विभागका प्राविधिक सहायक दिदेश सिंहले जानकारी दिनुभयो ।

उहाँले कृषकलाई आत्मनिर्भर बनाउनका लागि र च्याउखेतीलाई जिल्लामा प्रोत्साहन गर्नका लागि अनुदानस्वरुप रकम प्रदान गर्न लागिएको बताउनुभयो ।
विशेषगरी प्रति कृषक रु ४० हजारका दरले २० जना कृषकलाई गरी जम्मा आठलाख रुपैयाँ च्याउखेतीमा अनुदान दिन लागिएको बताउनुभयो । यसका लागि आज भोलिबाट नै पहिलो किस्ता कृषकलाई दिइने उहाँले बताउनुभयो । उहाँका अनुसार अनुदान पाउने कृषकमा जिल्लाको ठोरी गाविसका मीना लामा, सरस्वती लामा, नुनुमायाँ श्रेष्ठ, कमला कुमारी श्रेष्ठ, अमृतबहादुर श्रेष्ठलगायत छन् भने निर्मलबस्तीकी गङ्गामायाँ श्रेष्ठ, शङ्करशरैयाकी सुशीलादेवी थरुनी, बिन्दा देवी, बिरुवागुठीकी सरस्वती भट्टराई, भगवती शर्मा, गोविन्दपुरका गोखु राउत, अलौंका परमेश्वर यादवलगायत २० जना रहेका छन् ।

पर्सामा कन्या प्रजातीको च्याउको मात्रैखेती हुने प्राविधिक सिंहको भनाइ रहेको छ । यहाँका कृषकले हाल प्रतिकिलो रु २०० मा कन्या प्रजातिको च्याउ बिक्री गर्दैआइरहेका छन् । पर्सा सदरमुकाम वीरगन्जसहित जिल्लाको अधिकांश गाविसमा च्याउखेती गर्ने कृषक रहेको जिल्ला कृषि विकास कार्यालय पर्साको च्याउ फाँटको अभिलेखालयमा उल्लेख छ । रासस