रूपन्देही जिल्लाको मध्यभागमा पर्ने गंगोलिया गाविसको २२ बिघा जमिनमा सीपी शर्माले वि.सं. २०६५ सालमा अष्ट्रिच र्फमको स्थापना गरेका छन्। अष्ट्रिच सबैभन्दा ठूलो पन्छी मानिन्छ। यो र्फममा २ हजार ५ सय अष्ट्रिच छन्। मानिसले जस्तै टेक्ने तर बीचभागबाट छुट्टएिर दुईतिर फैलिएको पञ्जा भएको, घाँटी निकै लामो, आँखामाथि परेला पनि भएको अष्ट्रिचको यो र्फमको निरीक्षण/अवलोकन गर्न दैनिक करिब ३ सय मानिस आउँछन्। विद्यार्थीहरूका लागि त यो र्फमको अवलोकन अनिवार्य गन्तव्यका रूपमा विकसित भैसकेको छ। अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका सीपी शर्माले अस्ट्रेलिया, एसिया तथा युरोपतिर अष्ट्रिचको व्यवसायिक पालनबाट प्रभावित भै मानवस्वास्थ्यमा यसको मासुको महत्व बुझेर यो र्फम स्थापना गरेका हुन्। अस्ट्रेलियाबाट १ सय अन्डा र साथमा ह्याचरी मसिन ल्याई अष्ट्रिच र्फमको स्थापना गरिएको हो। नेपालको हावापानी, जलवायु तथा माटोमा अष्ट्रिचको व्यावसायिक उत्पादन सम्भव हुने-नहुने संशय त छँदै थियो त्यसमाथि यो र्फमलाई निरन्तरता दिइ दिगोरूपमा सञ्चालन गर्न सकिने-नसकिने चुनौती पनि टड्कारो थियो तर शर्माले हरेस खाएनन्। सम्बन्धित सबैलाई आश्वस्त पारी बैंक, वित्तीय संस्था एवं विश्व बैंकको समेत लगानी जुटाएर दोस्रो ठूलो चरा 'इमु' समेत र्फममा समावेश गरी शर्माले यो र्फमको स्थापना गरेरै छाडे। अहिलसम्म यो र्फमको लगानी १ अर्ब रुपैयाँ पुगिसकेको छ। हाल दाङ जिल्लाको बेलझुन्डीस्थित संस्कृत विश्वविद्यालयको १ सय ६० विघा जमिन लिजमा लिइ यसको व्यावसायिकतालाई थप विस्तार गर्दैर् त्यहाँ २ हजार अष्ट्रिच पाल्न थालिएको छ। यसको आहारमध्ये ६० प्रतिशत घाँसबाट आपूर्ति हुने भएकाले स्थानीय किसानहरूलाई घाँस उत्पादन गर्न लगाई र्फमले खरिद गर्छ। त्यसका अतिरिक्त गहुँ, मकै, कोदो, भट्टमास, नुन र तेल मिसाएर दाना पनि दिइन्छ। एउटा अष्ट्रिचलाई दैनिक औसत ७ किलो आहारा ख्वाउनुपर्छ।
अधिकतम २ सय ५० किलोसम्म तौल हुने प्रौढ अष्ट्रिचको औसत तौल २ सय किलो हुन्छ भने एउटा अन्डाको तौल १ किलो। अन्डाको मूल्य २ हजार रुपैयाँ र त्यसको ब्रोक्राको मूल्य १ हजार रुपैयाँ पर्छ। अन्डाबाट निस्किएको चल्ला ७० हजार रुपैयाँमा बिक्री गरिन्छ। अष्ट्रिचको मासुमा ओमेगा ३ र ७ पाइन्छ जुन मानव स्वास्थ्य विशेष गरी मुटु रोगीका लागि अत्यन्त लाभदायक भएकाले यसको माग पनि त्यतिकै छ। हाल मासुको मूल्य गंगोलियामै २ हजार रुपैयाँ प्रतिकिलो छ भने काठमाडौंमा २ हजार ३ सय रुपैयाँ। यसको कुनै पनि सहउत्पादन फाल्नु पर्दैन। प्वाँखबाट ज्याकेट, फेसन आइटम्स, अन्डाको बोक्राबाट शो-पिस, बोसोबाट कस्मेटिक्स तथा छालाबाट जुत्ता-चप्पल एवं ज्याकेट आदि बन्छ। यसको हड्डीको धुलो माछाको उत्तम आहार हो।
बुटबलबाट १७ किलो दक्षिण तथा बुटबल-भैरहवा मार्गको मधवलियाबाट ३ किलो मिटर दूरीमा अवस्थित कृषि पर्यटन स्थलका रूपमा विकसित हुँदै गएको यो र्फममा पुग्न काठमाडौं-बुटवल २ सय ४० किलोमिटरको ६ घन्टाको यात्रा तय गर्नुपर्छ भने पोखराबाट १ सय ६० किलोमिटर तथा नारायणघाटबाट १ सय १४ किलोमिटर दूरी छिचोल्नुपर्छ।
साभार: साप्ताहिक