महावीर पुन
समाजसेवी
अध्यापन शुरू गरेको २ वर्षमै स्थायी भएको जागीरबाट उनले १२ वर्ष नपुग्दै राजीनामा दिए । फेरि गन्तव्य बनाए काठमाडौंलाई । तर, योपटक उनको काठमाडौं यात्रा अलि फरक थियो । गाउँमा आफूले पढाएको विद्यार्थीले पछि अमेरिका जाने सल्लाह दिएपछि जागीरका अन्तिम समय उनको मन यतैतिर ढल्किएको थियो ।
त्यसो त महावीर पुनलाई आफ्नो नाम अघिपछि धेरै विशेषण झुन्ड्याइदिएको मन पर्दैन । तर, पनि विश्वकै चर्चित वेबसाइट पेज विकिपिडिया उनलाई ‘नेपालकै शिक्षक’ भनेर सम्बोधन गरिरहन्छ । उनी अझै उस्तै ‘गाउँले’ स्वभावका छन्, जसलाई शहरिया तडकभडकसँग केही लिनुदिनु छैन । उनी आफ्नै काम गरिरहन्छन्, नाफाघाटामा उनलाई अल्झिनुछैन । भन्छन्, ‘काम गर्ने समयमा मलाई त्यति धेरै कुराको ख्याल हुँदैन, केवल कामको बाहेक’ । आखिर उनलाई इतिहास रच्नु पनि त छैन । त्यसैले प्रतिस्पर्धाभन्दा धेरै पर पुगेर उनी कहिले एउटा विकट गाउँदेखि अर्को विकट गाउँमा वायरलेस प्रविधि जडान गरिरहेका भेटिन्छन् त कहिले इको टुरिजमबाट गाउँलेको उत्थान भन्दै लागिपरेका ।
महावीर ‘डुअर’ हुन्, अर्थात् काम गरिरहने मान्छे । कुराभन्दा काममा उनको विश्वास अलि बलियो छ । उनले सङ्घर्षलाई धेरै नजिकबाट बुझेका छन् । बाल्यकालदेखिको प्रायः समय उनले सङ्घर्षसँग बिताइरहेका छन् । जन्मथलो म्याग्दीको अति विकट गाउँ नाङ्गी होस् अथवा ‘करीअर’को नाममा पूर्वी चितवनदेखि काठमाडौं अनि अमेरिका जाँदा, उनलाई सबैभन्दा बढी साथ त्यही सङ्घर्षले नै दियो । ६ भाइबहिनीमध्ये जेठा पुनलाई ठूलो काम आँट्न कहिले पारिवारिक आर्थिक स्रोतले रोक्यो त कहिले गुजारा टार्नमात्र पुग्ने जागीरले । बाल्यकाल प्रायः भेडाबाख्रा चराउँदै बिताएका पुनले अक्षर सिक्न पनि त्यस्तो औपचारिक कक्षाकोठामा समय बिताउन पाएनन् । सामान्य दिन बिताउँदै नाङ्गीमा निम्न माध्यमिकसम्मको अध्ययन पूरा गरेपछि उनी पूर्वी चितवन झरे । घरबाटै पठाइदिने साधारण खर्चमा उनले एसएलसी उत्तीर्ण गरे । तर, उनलाई डर भने अङ्गे्रजी विषयको नतीजाको थियो ।
यसपछि उनको अध्ययन यात्रा काठमाडौं मोडियो । घरबाट बुबाले पठाएको खर्च पुर्याएर उनले अमृत साइन्स कलेजबाट आईएससी पूरा गरे । अङ्गे्रजीमा उनको कमजोरी आईएससीको नतीजाले पुष्टि गरिदियो । त्यसपछि उनलाई सधैं काठमाडौं बस्न सक्छुजस्तो लागेन । ‘घरबाट पैसा पठाइदिनुपर्यो भन्न पनि मनले मानेन,’ उनी सम्झन्छन् । त्यसपछि एकजना साथीको सहयोगमा चितवनमा पढाउने जागीरमा लागे उनी । चितवनमा १२ वर्ष अध्यापनको काम गरेपछि उनलाई लाग्यो ‘अब यसरी काम छैन, केही नयाँ त गर्नैपर्छ’ । जीवन धान्ने बाटो भए पनि जागीरले उनलाई त्यति सन्तुष्ट भने बनाउन सकेन । वास्तवमा उनकै शब्दमा जागीरबाट उनी ‘वाक्क’ भइसकेका थिए । जे होस् जागीरबाट भाइबहिनी पढाउन सकेकोमा भने उनलाई केही सन्तुष्टि लाग्छ ।
अध्यापन शुरू गरेको २ वर्षमै स्थायी भएको जागीरबाट उनले १२ वर्ष नपुग्दै राजीनामा दिए । फेरि गन्तव्य बनाए काठमाडौंलाई । तर, योपटक उनको काठमाडौं यात्रा अलि फरक थियो । गाउँमा आफूले पढाएको विद्यार्थीले पछि अमेरिका जाने सल्लाह दिएपछि जागीरका अन्तिम समय उनको मन यतैतिर ढल्किएको थियो । त्यसपछि सञ्चयकोषमा जम्मा भएको केही रकम पनि झिकेर उनी अमेरिका जाने चक्करमा लागे । ६ महीनापछि उनका लागि अमेरिकाबाट खुशीको खबर आयो । खबर थियो– अमेरिकाको नेब्रास्का विश्वविद्यालयमा छात्रवृत्तिमा पढ्न पाउने । यो उनलाई आश्चर्यमै पार्ने खबर थियो । त्यसपछि उनी लागे अमेरिका ।
अमेरिकामा उनले नयाँ जागीर पाए, पढिरहने । २ वर्ष त्यहाँ रहँदा दैनिक १८ घण्टासम्म उनले पढ्नेमात्र काम गरे । उनका लागि अर्को सुविधा पनि थियो, खाली समय प्रविधिसम्बन्धी कक्षा लिन पाउने । यस्तो कक्षा उनलाई निकै रमाइलो लाग्यो । पछि त प्रविधिका विभिन्न क्षेत्र उनको रुचिको विषय नै बन्यो । अध्ययनपछि उनले अमेरिका छोड्ने निधो गरे । त्यति नै बेला उनले अर्को निर्णय गरे ‘नेपाल जाने, जागीर नगर्ने बरु आफ्नै काम गर्ने’ । आखिर उनी जागीरबाट पहिलै वाक्क भइसकेका थिए ।
नेपाल फर्कनासाथ उनी आफ्नो जन्मगाउँ नाङ्गी पुगे । त्यहाँ केही समय बिताएपछि उनले गाउँको परिवेशलाई अलि व्यावहारिक भएर बुझ्ने प्रयास गरे । यही क्रममा उनले गाउँमा उच्च माध्यमिक विद्यालय बनाउने भनेर कम्मर कसे । त्यतिबेलासम्म पनि उनको गाउँमा उच्च शिक्षाको सुविधा थिएन । विद्यालय निर्माणको क्रममा सामान ल्याउनलैजान गाउँगाउँमा हिँडेरै पुग्नुपर्ने अवस्था देखेपछि उनलाई अर्को ‘आइडिया’ फुर्यो । गाउँहरूबीच प्रविधिमार्फत कुराकानी गराउने । उनको यही सोचले जन्मियो ‘नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट’ । यो प्रोजेक्टले दुर्गम गाउँमा वायरलेस प्रविधिमार्फत सञ्चार सम्पर्क सम्भव बनायो । पछि उनको यो अभियानलाई एशियाको नोबेल पुरस्कार मानिने ‘म्यागसेसे पुरस्कार–२००७’ बाट पनि सम्मानित गरियो । तर, उनको यो काम सम्मानका लागि भने थिएन । उनी एउटा अभियानमा थिए, गाउँ नै परिवर्तन गर्ने ।
पुन एउटा कामपछि अर्को योजना बनाउन उत्तिकै माहिर छन् । आफ्नो सपनाजस्तै वायरलेस प्रोजेक्टले वृद्धवद्धादेखि बालबालिकासम्म रमाएको देख्दा उनी पनि रमाउँछन् । तर, उनको अनुहार गाउँलेको त्यो रमाइलोपनलाई थप रमाइलोमा कसरी बदल्ने भन्नेमा मात्र चिन्तित रहेको देखिन्छ । उनीसँग भेट्दा लाग्छ, कुराकानी आफूसँग गरे पनि उनी दिमागबाट भने आफ्नै कामबारे मात्र सोचिरहन्छन् । त्यस्तै, सोच बनाए उनले वायरलेस प्रोजेक्टपछि । गाउँलाई ‘इको–टुरिजम’का रूपमा बदल्ने । यो सपना पनि वायरलेस प्रोजेक्टजस्तै नदेखिएरै शुरू भयो । पछि यसको प्रभाव यति पर्यो कि, गाउँका अधिकांश मानिसलाई अहिले यो गरिखाने बाटो बनेको छ । उनको यो अभियानले पदयात्राका दुईओटा नयाँ रूट पनि पत्ता लगायो । अहिले नाङ्गी क्षेत्रका प्रत्येक घर आफैमा कमाउने थलो बनेका छन् । बेरोजगारहरू पर्यटकलाई सेवासुविधा दिने काम गरिरहेका छन् । उता, वायरलेसबाट स्थानीयहरू भने राजधानीमा रहेको काठमाडौं मोडल अस्पतालका डाक्टरसँग स्वास्थ्यका विषयमा कुरा गरिरहेका भेटिन्छन्छन् त विद्यार्थीहरू कम्प्युटरमा इण्टरनेटबाट नयाँ विषय ‘सर्फ’ गरिरहेका ।
इको–टुरिजम अभियान पनि अहिले राम्रोसँग सञ्चालित छ । तर, यत्तिमा उनको मन कहाँ मान्छ र ? गाउँ बदल्ने उनको मन अहिले देशै बदल्ने सोचमा चुर्लम्मै डुबेको छ । आफ्नो यो नयाँ सोचलाई गति दिन उनले काठमाडौंको ठमेलस्थित सगरमाथा बजारमा नेपाल कनेक्शन नामक रेष्टुराँ सञ्चालनमा ल्याएका छन् । यो रेष्टुराँबाट प्राप्त नाफा पनि उनी गाउँकै विकासका लागि समर्पण गर्छन् । उनी रेष्टुराँमा फाट्टफुट्टमात्र भेटिन्छन् । आफ्नो नयाँ सोचका लागि आर्थिक स्र्रोत जुटाउन साथीहरूसँग छलफल गर्ने ठाउँमात्र बनेको छ रेष्टुराँ, उनका लागि । तर, गफैका लागि भने उनीसँग समय छैन ।
देशबाट युवा पलायन भइरहेको दृश्यले उनको चित्त दुखाउँछ । त्यसैले, उनी यो अवस्था निराकरण गर्न नयाँ सोच बनाइरहेका छन् । सोच यस्तो छ, ‘एउटा आविष्कार केन्द्र खोल्ने । विदेश पलायन भइरहेकालाई यसबाट तालीम प्रदान गर्ने । आर्थिक स्रोत भने हाइड्रोपावर निर्माण गरेर जुटाउने । हाइड्रोपावरका लागि सबैसँग आग्रह गर्ने । तर, अनुदान भने नमाग्ने । पछि शेयर जारी गर्ने । अनि बैङ्कहरूबाट ऋण माग्ने । अन्तिममा आविष्कार केन्द्र खोल्ने । देशका युवालाई देशमै रोजगारीको बाटो पहिल्याइदिने । अनि समृद्ध नेपाल बनाउने ।’
प्रस्तुति : विश्वास रेग्मी
साभार : अभियान