पत्रकार बन्ने मनसायले काठमाडौं आएका थिए— विनोद सापकोटा । यद्यपि उनको बाटो मोडियो । नेपाली साहित्यमा स्नातक गरेपछि सापकोटा जन्मथलो चितवन फर्किए अनि बाँझो खेतमा आलु रोप्न थाले । पढेलेखेका मानिसले कुटो कोदालो समात्नु समाजका निम्ति आश्चर्यजनक नै मानिन्छ । 'जागिर नखाएर किन खेतीपाती गरेको ?' उनले बारम्बार यही प्रश्नको सामना गर्नुपथ्र्यो ।
'सुरुमा निराश भइयो,' विनोद सम्झिन्छन्- 'सबै छाडेर विदेश जाउँ कि जस्तो पनि लाग्यो,' तर 'एकपटक प्रयास गरौं न' भन्ने लागेपछि उनले अविचलित मन खेतीमै लगाए । स्थानीय खोलाको पानी मोटरले तानेर सिँचाइ गरिएको आलु उनको खेतमा फल्यो । व्यापारीहरू बारीमै आए । बारीबाटै ८० हजार रुपैयाँमा आलु उठ्यो ।
३० हजार रुपैयाँ लगानी कटाएर आलुले ४० हजार रुपैयाँ मुनाफा दियो ।
बाँझो खेतमा आलु फलाएपछि छिमेकीहरूले पनि त्यसको अनुसरण गर्न थाले । यसबाट उनी थप हौसिए अनि गाईपालनतर्फ लागे । घाँस खेतीका लागि साढे चार बिघा जग्गा भाडामा लिए । आधुनिक गोठ बनाए । गोठमा उन्नत जातको गाई थपिँदै गयो । प्रशस्तै दूध उत्पादन हुन थालेपछि डेरी पनि सञ्चालनमा ल्याइयो । त्यहीबाट दही, घिउ आदि उत्पादन हुन थाल्यो । स्कुल पढ्दाका एक सहपाठीलाई व्यवस्थापनको जिम्मेवारी दिए । अर्का साथीलाई प्राविधिकका रूपमा खटाए । ७ जना तन्नेरीलाई पूर्णकालीन रोजगारी दिए । हेर्दाहेर्दै यसले 'सौगात एनिमल र्फम'को नाममा बृहत्तर रूप लियो ।
आधुनिक कृषिमा योगदान गरेको उल्लेख गर्दै सरकारले उनलाई 'राष्ट्रिय युवा प्रतिभा सम्मान' दियो, नगद एक लाख रुपैयाँसहित । सापकोटालाई त्यसअघि दुग्ध विकास बोर्डले ५० हजार रुपैयाँसहित पुरस्कृत गरिसकेको थियो । कृषिकर्मबाटै पुरस्कार र सम्मान प्राप्त हुने क्रम जारी रह्यो । उनले 'उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार' पनि पाए । 'त्यसपछि त सबैतिर चर्चा भयो' विनोदले गर्व गरे- 'सुरुमा खिस्याउनेहरू समेत खेती हेर्न र सिक्न आउन थाले ।'
अहिले 'सौगात एनिमल र्फम' ले इच्छुक किसानहरूलाई पशुपालनसम्बन्धी विभिन्न प्रशिक्षणसमेत दिन थालेको विनोद बताउँछन् । उनको र्फममा विभिन्न जिल्लाका किसान अध्ययन भ्रमणका लागि आउने गरेका छन् । 'यहाँ आएपछि धेरै साथीहरू विदेश जानुभन्दा खेती गर्नु उत्तम भन्ने टुंगोमा पुग्छन्' युवा तथा खेलकुद मन्त्रालयले ४८ जिल्लाका युवालाई गाई र्फम अवलोकनका लागि पठाएको स्मरण गर्दै विनोदले सुनाए- 'अनि, घर फर्किएपछि खेतीमा लाग्ने बताउँछन् ।' यस किसिमको सकारात्मक प्रभावले उनलाई ऊर्जा मिल्ने गरेको छ ।
यतिबेला उनलाई नपुग्दो केही छैन । आम्दानीको स्रोत मनग्य छ । छिमेकले पत्याएका छन् । यद्यपि कृषि क्षेत्रप्रति राज्यको अनुदार नीतिका कारण उनको मन नराम्रोसँग बिझाउँछ । नामको पछाडि 'किसान' विशेषण जोड्दा उनीसँग सरकारी कार्यालयमा हेपिनु परेको तितो अनुभव छ । 'श्रीमतीलाई समेत तपाईंको श्रीमान् के गर्नुहुन्छ भन्दा उनी सही जवाफ दिन्नन्' उनले ठट्यौली गरे- 'किसान नभनेर पत्रकार भनिदिन्छिन् ।'
गाई र्फम दर्ता गराउन जाँदासमेत हाँसोको पात्र बन्नुपरेको विनोद सम्झन्छन् । 'गाईवस्तु त जसले पनि पाल्छन् नि' भन्दै कर्मचारीहरूले उनलाई हतोत्साही गरेका थिए । किसानले आत्मगौरव गर्ने ठाउँ नपाएकाले नै यो क्षेत्रबाट युवाहरू पलायन भएको उनको ठहर छ ।
त्यसैले सापकोटा अहिले कृषि विकासमा युवा संरक्षण अभियानमा समेत लागेका छन् । यही अभियानअन्तर्गत उनी ४५ जिल्ला पुगेका छन् । स्थानीय युवाहरूलाई भेटेर अन्तक्रिर्या गरेका छन् । उनीहरूले गरिरहेको खेती प्रणालीका सम्बन्धमा प्रतिवेदन तयार गरेका छन् । निर्वाहमुखी खेती प्रणालीलाई कसरी व्यवसायिक बनाउने भन्ने ज्ञान बाँडेका छन् । 'शिक्षित युवाहरूलाई खेतीपातीमा लगाउनुपर्छ,' सापकोटालe भने- 'साथै कम लागतमा धेरै आम्दानी लिने खेती प्रणाली पनि अपनाउनुपर्छ ।'
हालै मात्र उनले 'कृषकको अदालत' नामक पत्रिका दर्ता गराएका छन् । उक्त पत्रिकामार्फत उनी किसानका वास्तविक समस्याहरू उजागर गर्ने, कमी कमजोरी औंल्याउने तथा सरोकारवाला निकायलाई आवश्यक दबाब दिने तयारीमा छन् । कृषकको अदालतलाई रेडियो तथा टेलिभिजन कार्यक्रममार्फत पनि प्रसारण गर्ने सापकोटाको योजना छ ।
साभार : साप्ताहिक