यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » , » 'कृत्रिम मांसपेशीबाट मानव अंगको निर्माण टाढा छैन'

'कृत्रिम मांसपेशीबाट मानव अंगको निर्माण टाढा छैन'

 मृत व्यक्तिबाट मुटु झिकेर सफलतापूर्वक प्रत्यारोपण गर्ने कार्डियोथोरासिक शल्यचिकित्सक कुमुद धितालले कृत्रिम मांसपेशीबाट आवश्यक मानव अंग निर्माण टाढा नरहेको बताएका छन् ।
'मुलुकका विज्ञहरूले सर्वोत्कृष्टका लागि पर्खेर बस्नुको सट्टा हरेक क्षेत्रमा उपयुक्त पहल गर्नु अत्यावश्यक छ,' ग्रान्डी
इन्टरनेसल हस्पिटलमा सोमबार विशेष सम्मान कार्यक्रममा उनले भने, 'कसैले भन्छन् किन तपाईं नेपाल जस्तो मुलुकमा मुटु प्रत्यारोपणबारे सोच्नु हुन्छ, जहाँ स्वास्थ्य सेवा दिने अत्यधिक आवश्यकता छ ।'
आफ्नो समाजको स्तर माथि उठाउन धेरै काम गर्नुपर्ने उल्लेख गर्दै उनले
भने, 'तपाइर्ंले सर्वोत्कृष्टताका लागि पर्खनु आवश्यक छैन, सबैथोक एकै समयमा गर्नुपर्छ ।'
मुटु प्रत्यारोपणमा वर्तमान सफलताले प्रत्यारोपण चिकित्सा क्षेत्रमा क्रान्ति ल्याउने जनाउँदै डा.धितालले यसअघि कान्तिपुरसँगको कुराकानीमा भनेका थिए, 'पहिलो पटक गर्न डर हुन्छ तर सधैं परिपूर्णता खोजिराख्दा जहिल्यै सफलता प्राप्त हुँदैन । त्यसैले कहिलेकाहीं जोखिम समेत मोल्नुपर्छ ।' आफ्नो काम मुटु प्रत्यारोपणको क्षेत्रमा कोसेढुंगा भए पनि कुनै चमत्कार भने नरहेको समेत डा.धितालले सोमबार पनि उल्लेख गरे ।
प्रत्यारोपणको समय मृत मुटुलाई एक मेसिनभित्र विशेष तरल पदार्थमा राखिन्छ । डा.धितालका अनुसार प्रत्यारोपणका लागि छानिएको मुटु रगत जमेर सुन्निएको अवस्थामा हुन्छ । यो विशेष प्रणालीले गर्दा मृत मुटु पुनः धड्किन थाल्छ । उक्त प्रणालीमा भएका रगत र अक्सिजनको नसालाई मृत दाताबाट झिकिएको मुटुसँग विज्ञहरूले जोड्छन् । जसले गर्दा विस्तारै मुटुमा रगत र अक्सिजनको सञ्चार हुन थाल्छ र यो सामान्य मुटुझैं धड्किन्छ । दाताको मुटुको तापक्रम शरीरको तापक्रमसम्म पुगेपछि मुटुलाई अक्सिजनको अभावले गर्दा भएको क्षतिसमेत उक्त प्रणालीको सहयोगले हटाइन्छ र जीवित व्यक्तिमा प्रत्यारोपण गरिन्छ ।
विश्वमा प्रत्यारोपणको भविष्यबारे चर्चा गर्दै धितालले आगामी दिनमा मुटुलाई प्रतिस्थापित गर्ने चिकित्सकीय उपकरणको विकाससमेत सम्भव रहेको जनाए । मुटुको भल्भ, तन्तु आदि बनाउन थालिएको जनाउँदै कृत्रिम मांसपेशीको सहयोगले मुटु लगायतका आफूलाई चाहिने जस्तो अंग निर्माण हुने दिनसमेत टाढा नरहेको जनाए । उनले यस्तो हुनमा पुनः उत्पन्न गर्न सकिने चिकित्सा पद्घति, उपकरण र जिन प्रत्यारोपणको संयोजन रहने उल्लेख गरे ।
डा. कुमुद धिताल सोमबार राजधानीमा आयोजित कार्यक्रममा ।
साभार : कान्तिपुर