यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » , » राहदानी च्यातेर बंगुर पाल्दै युवा

राहदानी च्यातेर बंगुर पाल्दै युवा

एसएलसी फेल भएको झोँकमा विदेश पलायन हुने सोच बनाएका संखुवासभाको तामाखोप गाविसका एक युवा पासपोर्ट च्यातेर बंगुर पालनमा लागेका छन् । राहदानी लिएर विदेशिन हिडेका संखुवासभाको तामाखोप गाविस–१ का उत्तम तामाङ्ग राहदानी च्यातेर बंगुर पालनमा लागेका हुन् । 

उनले धनकुटा जिल्लाको मुर्तिढुंगा गाविसमा बंगुर फर्म खोलेका छन् । तीन वर्षअघि श्रीमती, एक छोरी, आमाबाबु र तीन दाजुभाइ छोडेर विदेशिन लागेका तामाङ्ग राहदानी च्याती पचास हजारमा १० रोपनी जग्गा लिएर उनले बंगुर पालन थालेका हुन् । 

करिब डेढ लाख खर्चेर बंगुरको खोर बनाई बंगुरका बच्चा किनेर व्यवसाय थालेको उनी बताउँछन् । अध्ययनमा सफल नभएपछि बनएको राहदानी च्यातेर व्यावसाय थालेको ३० वर्षीय उत्तम अहिले बंगुरपालक किसानको रुपमा चिनिन थालेका छन् । 

बंगुर पालन व्यवसाय निकै चुनौतिपूर्ण भएपनि आफूले मेहनेत गरेर राम्रो आम्दानी भएपछि लगानी बढाएर दुई लाख रुपैयाँ पुर्याएको उनको भनाइ छ । तामाङ्गले १० महिना पालेको एउटै बंगुरबाट २२ हजारसम्म आम्दानी गरेका छन् । एक हजार पाँच सयमा किनेको कालो बंगुरको बच्चा १० महिनामा एकसय १० किलोसम्म भएको उनको भनाइ छ । 

फर्मबाट खर्च कटाएर मासिक ३५ देखि ४० हजारसम्म आम्दानी हुने गरेको तामाङ्गको बताउँछन् । अर्गानिक बंगुर उत्पादन गर्ने गरेको बताउँदै तामाङले बंगुरलाई दानाका रुपमा मकै, मदिरा बनाएर फालिने कट र जंगलको झारपात दिने गरेको बताउँछन् ।

धनकुटामै रहेको अनुषन्धान केन्द्र पाख्रिबासमा उत्पादित कालो बंगुरलाई बजार अभाव नहुने भएपछि व्यवसाय दर्ता गर्ने सोच बनाएको उनको भनाइ छ । 

उत्तमले पाँच रोपनीक्षेत्रमा साना ठूला गरी एक दर्जन भिन्न खोर बनाएका छन् । फर्ममा दुई दर्जनबढी बंगुर रहेका छन् । अघिल्लो वर्ष राम्रो आम्दनी भएको बंगुर यो वर्ष तीन दर्जन थप्ने योजना रहेको तामाङले बताए । फर्म चलाउन उनलाई पत्नीले साथ दिएकी छन् । 

जिल्ला कृषि विकास कार्यलय र जिल्ला पशुसेवा कार्यलयमा कुनै योजना नआएको भन्दै टार्ने गरेको उनको अरोप लगाए । ‘व्यवसाय बढाउन ऋण माग्दा धनकुटास्थित कृषि विकास बैंकमा किसानहरुको बोलीको सुनुवाई नै हुँदैन’, उनले भने, ‘राजनीतिक पहुँच र मिलाएर खानेलाई मात्र अनुदान र सहयोग दिने गर्छन् ।’

सरकारले किसानहरुको प्रोत्साहन गर्न नसक्दा व्यवसायमा बिचौलियाको प्रभावले किसान मारमा परेका उत्तमको भनाइ छ । ‘गाउँमा पाँचजना युवा मिलेर व्यवसाय दर्ता गरी बजार व्यवस्थापनको सोच बनाउन थालेका छौं’, उनले भने ।

घरेलु तथा साना उद्योगको रुपमा दर्ता भएका उद्यमीलाई ४० प्रतिशत अनुदानमा सामग्री उपलब्ध गराउनका साथै तालिम दिने गरेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय धनकुटाले जनाएको छ ।
साभार : अन्नपूर्ण पोस्ट