अस्ट्रेलियाको क्वीन्सल्यान्ड विश्वविद्यालयमा कार्यरत नेपाली वैज्ञानिक प्रोफेसर भेष भण्डारीले पत्ता लगाउनुभएको (ड्राइङ प्रविधि) फलफूल पकाउन प्रयोग गरिने पाउडरको हाल विश्वव्यापी रूपमा माग बढिरहेको छ । प्रोफेसर भण्डारीले आविष्कार गरेको नयाँ प्रविधिले फलफूल पकाउन प्रयोग हुने परम्परागत इथाइलिन ग्यासलाई धुलो (पाउडर) मा रूपान्तरण गर्न सक्छ । यो प्रविधिको विकासले बजारमा फलफूल पु¥याउनुअघि सुरक्षित, प्रभावकारी र सहजरुपमा त्यसलाई पकाउन मद्दत गर्नेछ । सो विश्वविद्यालयमा २० वर्षदेखि प्राध्यापनरत भण्डारीले गत महिनामात्र सो प्रविधिको आविष्कार गर्नुभएको हो । हाल नेपाल भ्रमणमा रहनुभएका उहाँले भन्नुभयो– फलफूल तथा गोलभँेडालगायतका उत्पादनलाई फार्मबाट टिपेपछि यसलाई भण्डारण गरी पकाउने झमेला अब पर्दैन र सवारी साधनमा नै यो पाउडर प्रयोग गरी फलफूल तथा तरकारीको मात्राअनुरूप पकाउन सकिन्छ ।
यो प्रविधिले विश्वव्यापी रूपमा काम गर्न सक्छ र सजिलैसँग र सानो वा ठूलो मात्रामा लिएर पनि हिँड्न सकिन्छ । भण्डारण गरी ग्याँसको प्रयोग गरी फलफूल पकाउन लगानी र खर्च धेरै हुने भएकाले यसलाई सजिलो र आधुनिक प्रविधिका रूपमा विश्वकै माग आएको छ– उहाँले भन्नुभयो । वैज्ञानिक भण्डारीले भनाई, “यसको व्यावसायिक उत्पादन भर्खरै सुरु हुन थालेको छ । तर अस्ट्रेलियासहित युरोप, अमेरिका र एसियाका एक सयभन्दा बढी देशबाट सो उत्पादनको माग सुरु भइसकेको छ ।”
उहाँले सो प्रविधिको आविष्कार अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयको प्रयोगशालामा नै गर्नुभएको हो । उहाँ कृषि, भूमि तथा बागबानी विषयका विज्ञ हुनुहुन्छ । आफूले विद्यावारिधिको तयारी गर्दैदेखि र गरिसकेपछि समेत गरी निकै लामो समयको अध्ययन, अनुसन्धान र परीक्षणपछि यो प्रविधिको आविष्कार गरेको उहाँले जानकारी दिनुभयो । “सिलिन्डरमा राखिएको ग्यास महङ्गो, चलाउन कठिन र असुरक्षित हुने गरेको थियो,” प्रो भण्डारीले भन्नुभयो, “यी बेफाइदा हटाउने प्रयासस्वरुप हामीले पाउडर बनाउने प्रयास थाल्यौँ र अहिले सफल भएका छौँ । अब यसको व्यावसायिक उत्पादन चाँडै हुनेछ ।” विगतमा बगैँचाबाट फलफूल टिपेर बजारसम्म पु¥याउनेक्रममा सिलिन्डरमा राखिने इथाइलिन ग्यासको प्रयोग गर्ने गरिन्थ्यो । इथाइलिन ग्यासका सिलिन्डर विस्फोट हुने खतरा विगतमा रहने गरेकामा अब त्यस्तो ग्यासलाई पाउडरमा रूपान्तरण गरिएको छ, प्रो भण्डारीले भन्नुभएको छ ।
प्रो भण्डारीले आविष्कार गरेको नयाँ पाउडर केरा, आँप, घिउफल (एभोकाडो) र गोलभेँडाजस्ता फलफूलमा छर्किएर निश्चित तापक्रम र आद्रता कायम गर्नासाथ त्यो ग्यासमा पुनः रूपान्तरण भई फलफूल पकाउन थाल्छ । उहाँको अनुसन्धानको कार्यमा क्वीन्सल्यान्ड विश्वविद्यालयमै उहाँको निर्देशनमा विद्यावारिधि अध्ययनरत बीन होले सहयोग गरेको विश्वविद्यालयद्वारा हालै प्रकाशित एक जर्नलमा उल्लेख गरिएको छ । भण्डारीले भन्नुभयो– मेरा पिएचडी विद्यार्थीमध्ये चारजनाको यसमा सहयोग रहेको छ । मैले यो अनुसन्धानका लागि एक्लै पनि चार वर्ष खर्चिएको छु ।
प्राध्यापक भण्डारी भन्नुहुन्छ– यसअघि फलफूल पकाउनका लागि प्रयोग हुने प्रविधि निकै महङ्गो र झन्झटिलो पनि थियो, अब भने २० टनको ट्रकमा राखिएका केरालाई तीन हजार किलोमिटर यात्रा गर्दा ४० ग्राम मात्र यो पाउडर राखिदियो भने यसले बाटोमै केरा पकाइदिन्छ । उहाँलाई यो अति महत्वपूर्ण आविष्कारमा अतुलनीय योगदान पु¥याएको तथा ड्राइङ प्रविधिमा निकै लामो समयदेखि सेवा पु¥याएको भन्दै एक विश्वप्रसिद्ध अवार्ड “एक्सीलेन्स इन ड्राइङ अवार्ड” पनि हालै प्रदान गरिएको छ । चीनको झियामेनमा हालै आयोजित खाद्य प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा प्रो भण्डारीलाई उद्योग र कृषिमा ड्राइङसम्बन्धी फ्रान्सेली सङ्घ (अफ्सीया) को संयोजनमा स्थापित सो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो । यो अवार्ड प्रत्येक चार वर्षमा कृषि क्षेत्रमा उत्कृष्ट अनुसन्धानको कार्य गर्ने एकजना वैज्ञानिकलाई प्रदान गरिन्छ । उहाँले सो विश्वविद्यालयमा विद्यावारिधि (पिएचडी) गर्ने विद्यार्थीहरुलाई आवश्यक निर्देशन प्रदान गर्दै आउनुभएको छ । सो विश्वविद्यालयमा सन् १९९२ देखि निरन्तर प्राध्यापन गर्दै आउनुभएका उहाँले फुड इन्जिनियरिङ विषयमा फ्रान्सबाट विद्यावारिधि गर्नुभएको थियो ।
काठमाडौँ विश्वविद्यालयमा आफ्नो विषयमा प्रस्तुति दिन र विशेषगरी जोमसोम भ्रमण गर्न १५ दिनका लागि हालै नेपाल आउनुभएका उहाँ भन्नुहुन्छ– म अस्ट्रेलियन गैरआवासीय नेपाली भए पनि यो आविष्कारपछि पनि विश्वका सञ्चारले समाचार लेखे र त्यसमा नेपाली मूलका अस्ट्रेलियन प्रोफेसर भनेर लेखेकोमा मलाई निकै गर्व लागेको छ । विश्वको जुनसुकै कुनामा रहे पनि नेपाललाई कहिल्यै नबिर्सने भन्दै उहाँले सम्पूर्ण नेपाल घुम्ने मेरो रहर छ र केही समयपछि पूरै नेपाल भ्रमणका लागि मैले समय छुट्टयाएर आउने योजना बनाएको छु भन्नुभयो । त्यतिबेलै नेपालमा भण्डारीहरुको उद्भवका बारेमा पनि खोज्ने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो । प्युठानको बिजुवार टारीमा विसं २०१४ मा जन्मिनुभएका भण्डारीले दाङको घोराहीबाट एसएलसी, वीरगन्जको ठाकुरराम क्याम्पसबाट विज्ञान विषयमा प्रमाणपत्र र भारतबाट डेरी प्रविधिमा स्नातक उत्तीर्ण गर्नुभएको थियो । पछि सोही विषयमा थाइल्यान्डको प्रतिष्ठित एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी र फ्रान्सबाट स्नातकोत्तर र विद्यावारिधि गर्नुभएको थियो ।
साभार: गोरखापत्र