अस्ट्रेलियामा कार्यरत एक नेपाली डाक्टरले धडकन बन्द भएको मुटु फेर्ने अपरेशन सफलतापूर्वक सम्पन्न गरेका छन् । सिड्नीको न्यु साउथ वेल्स विश्वविद्यालयका सहप्राध्यापक कुमुद धितालको टोलीले काम गर्न छाडेको मुटु अर्को विरामीमा फेर्न सकिने प्रविधिको विकास गरेको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छ । यो प्रविधिबाट अङ्ग दान गर्ने विधिमा
परिवर्तन हुनसक्ने अनुमान डाक्टरहरुले गरेका छन् ।
यसअघि डाक्टरहरुले मस्तिष्क मृत भइसकेको व्यक्तिको शरीरमा रहेको तर धडकन कायम रहेको मुटु फेर्न सक्थे । कहिले काँही यस्ता मुटुलाई बरफमा राखिन्थ्यो तथा बिरामी भएको स्थानतर्फ लगिन्थ्यो । सिड्नीको सेन्ट भिनसेन्ट अस्पताल तथा भिक्टर चाङ कार्डिक रिसर्च इन्स्टिच्युटले २० मिनेट बन्द भएको मुटुमा पुनः धडकन सञ्चालन गर्न सकिने र त्यसलाई बिरामीमा प्रतिस्थापन गर्न सकिने विधि विकास भएको जानकारी दिएका छन् । यस विधिअनुसार हालसम्म तीन बिरामीमा मुटु प्रतिस्थापन भइसकेको उनीहरू अझै जिउँदो रहेको जानकारी दिइएको छ । तेस्रा बिरामी हाल सघन उपचार कक्षमा रहेका छन् ।
सिड्नीको न्यु साउथ वेल्स विश्वविद्यालयका सहप्राध्यापक कुमुद धितालले यस प्रकारको शल्यक्रिया तीन व्यक्तिमा मात्र गरिएको बताउनुभयो । उहाँले दाताको मुटुलाई अन्यत्र लैजान सकिने ‘हार्ट इन अ बक्स’ (एउटा बाकसमा मुटु¬) नामक मेसिनमा संरक्षणका लागि तयार गरिएको घोलमा न्यानो रूपमा राखिने र त्यसलाई अन्यत्र लैजान सकिने बताउनुभयो । उहाँले हालसम्म तीन भिन्न अस्पतालबाट ल्याइएको मुटु बिरामीमा प्रतिस्थापन गरिएको बताउनुभयो ।
साभार: उज्यालो अनलाईनप्रकाशित मिति: २०७१- कत्तिक-०८