४४ वर्षीय उनका श्रीमान् पौडेलले पनि समाजशास्त्रमा एमफिल तथा शिक्षाशास्त्र र साहित्यमा स्नातकोत्तर गरेका छन् । १६ भन्दा बढी पुस्तक लेखेका उनी हाल विद्यावारिधि गर्दैछन् । सैनामैना नगरपालिका ४ पर्रोहा लखनपारामा यी दम्पत्तीले ३ वर्षअघि खोलेको ‘सैनामैना सामुदायिक बाख्रापालन तथा नश्ल सुधार केन्द्र’ अहिले जिल्लाकै नमुना फर्म बनेको छ । केन्द्रमा पुग्ने जो कोहीले पनि यी दम्पत्तीलाई सुरुमा कामदार नै होला भन्ने ठान्छन् र फर्कंदा उनीहरूको लगन र मेहनतलाई सबैले वाहवाही गरेर फर्कन्छन् ।
नेपालबाट युवा पलायनको भयावह रूप देखेर आफूहरु स्वदेशमै केही गर्न खोजेको पौडेल बताउँछन् । “हामीजस्ता पढेलेखेका व्यक्तिहरू नै विदेशमा पलायन नभई आफ्नै देशमा केही गर्नुपर्छ भनेर पशुपालन र त्यसमा पनि बाख्रापालनमा लागेका हौं” उनी भन्छन्, “विदेशिएका नेपालीलाई हाम्रो कामले प्रेरणा दिन सकोस् र स्वदेशमै आएर केही गरून् भन्दै यो पेशा अपनाएका हौं ।”
पौडेल दम्पत्तीको फार्ममा अहिले विभिन्न १३ जातिका ३६४ बाख्रा छन् । एक वर्षमा विभिन्न नश्लका थप ४ सय पाठापाठी तयार गर्नु नै लक्ष्य रहेको पौडेलको भनाइ छ । मासु प्रयोजनका लागि नभई नश्ल सुधार गरिएका पाठापाठीहरू सस्तो दरमा कृषकहरूलाई उपलब्ध गराउनु आपूmहरूको लक्ष्य रहेको पौडेलले बताए । “हामीले उच्च पहाडी क्षेत्रदेखि तराईसम्म पाल्न सकिने उन्नत नश्लका बाख्रा पालेका छौ, त्यसैमार्फत ब्रिडिङ गरी कुन क्षेत्रमा कुन नश्लका बाख्रा पाल्दा कृषकलाई फाइदा हुन्छ, त्यही नश्लको उपलब्ध गराउँछौ” उनले भने ।
आफूहरू नाफामुखी नभै व्यवसाय विस्तारमा लागेको उल्लेख गर्दै पौडेलले बोयर क्रस पाठापाठी १५ सय रुपैयाँ प्रतिकिलोमा नै बिक्री गरिने गरिएको बताए । फर्ममा विश्वकै उत्कृष्ट मानिने बोयर ९अस्ट्रेलियन, अमेरिकन र बन्दिपुरे०बोकाबाट क्रस गराइएका पाठापाठी रहेका छन् । यस्तै, संसारकै ठूलो शरीर र छिटो बढ्ने अस्ट्रेलियन बिट्टल, सबैभन्दा स्वादिस्ट मासु मानिने अफ्रिकन बारबरी बाख्राका पाठादेखि अजमेरी, ब्ल्याक बंगाल, मुडुलो, जमुनापारी, तराई बाख्रा, खरीलगायतका उन्नत जातका बाख्राका पाठापाठी उत्पादन हुने गरेका छन् ।
फार्ममा अहिलेसम्म १ करोड ५० लाख लगानी भएको छ । करिब १० बिघा जमिन लिजमा लिएर पौडेल दम्पतीले बाख्रा पालनमा हात हालेका हुन् । जिल्लामै यो केन्द्र नमुनाका रूपमा रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा। गान्धीराज उपाध्यायले बताए । सबै बाख्राको बिमा गराइएको उनको भनाइ छ ।
पौडेल दम्पतीले बाख्रासँगै घाँस खेतीमा पनि उदाहरणीय काम गरेका छन् । लिजमा लिएको जग्गामध्ये करिब ६ बिघामा घाँस खेती गरिएको छ । बाख्रा फार्मका लागि घाँस त्यही उत्पादन हुन्छ भने देशका विभिन्न ३५ जिल्लामा घाँस र घाँसका बिरुवा पठाउने गरेका छन् ।
साभार: खबर कारोबारले
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !