यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » , » गड्यौला पालेर बार्षीक १५ लाख आम्दानी

गड्यौला पालेर बार्षीक १५ लाख आम्दानी

इटहरी – सिप र जाँगर भए आम्दानीका लागि कहि गइरहनु पर्दैन । आप्mनै गाँउ ठाँउमा पनि मनग्गे आम्दानी गर्न सकिन्छ । सुनसरी तरहराका किसान प्रम फुयाँलले यही कुरा प्रमाणित गरिदिनु भएको छ ।
कृषी बिकास कार्यालयमा २२ बर्ष जागिर खाएर अवकास पाउनु भएका फुयाँलले गड्यौला पालनबाट बर्षका १५ लाख रुपैयाँ भन्दा बढि आम्दानी गरिरहनु भएको छ ।
धेरै लाई लाग्छ गड्यौला पालेर पनि कतै आम्दानी हुन्छ ? तर फुयाल भन्नु हुन्छ –‘गड्यौलाको खेतिबाट जागीरबाट भन्दा राम्रो आम्दानी मिलेको छ ।’ गड्यौला पालन गर्न थाल्नु भएको दुई बर्ष भएको छ 

कृषी विकास कार्यालयमा काम गर्दा सिकेको सिप प्रयोगमा ल्याएको उहाँले बताउनु भयो । जागिरबाट अवकास पाएपछि उहाँले घरमै गाईको फारम खोल्नु भयो । गाई बस्तुको गोवरको सदुपयोग गड्यौला पालनबाट हुन सक्ने देखेर यो काम थालेको हुँ उहाँले भन्नु भयो –गर्दा यही पनि धेरै थोक हुने रहेछ ।

उहाँ अहिले गड्यौलाको कल्चर ( अण्डा र गड्यौला सहितको माटो ) र गड्यौलाले खाएर बनाएको कम्पोष्ट मलको बिक्री गर्नु हुन्छ । अहिले बजारमा गड्यौलाका कल्चरको प्रति किलो सात सय रुपैयाँ र कम्पोष्ट मलको १६ रुपैयाँ प्रतिकिलो पर्छ । उहाँले उत्पादन गरेको कम्पोष्ट मल अहिले पश्चिम नेपालको दाङ्ग सम्म पुग्ने गरेको छ ।
पूर्वका बिभिन्न स्थानमा समेत बिक्री भइरहेको छ । कृषी सहकारी, कृषक समूह र व्यबसायीक कृषी कर्म गर्नेहरुले घरैबाट मल र कल्चर लैजाने गरेको उहाँले बताउनु भयो ।

एक कठ्ठा जग्गमा १५ लाख
एक कठ्ठा जग्गाबाट उहाँले १५ लाख रुपैयाँ बर्षको आम्दानी गर्नु हुन्छ । यसका लागि लगानी पनि छैन । झडै १० धुर जग्गामा उहाँले गड्यौलाको पिठ बनाउनु भएको छ । ५ फिट गहिरो खाल्डोमा उहाँले पाकेको गोबर ,कुिहने झरापातहरु केराको दाम्चा ,जलकुम्भी, भुस लाई तह तह मिलाएर राख्नु हुन्छ ।
सो ठाँउलाइ अध्ययारो पारेर माथिबाट गड्यौला र गड्यौलाको फूल हालिदिनु हुन्छ । ५ महिना पछि कम्पोष्ट मल तयार हुन्छ । यो फोहोरबाट मोहोर बनाउने उपाया हो । उहाँले भन्नु भयो –‘खेर गएका झारपात बाट पनि आम्दानी गर्न सकिन्छ ।’

अर्गानिकमा फाइदा
अहिले आर्गनिक उत्पादनमा जोड दिन थालिएको छ । रसायनिक मल हालेर उत्पादन गरिएका तरकारी र फलफूलबाट मानिसको स्वास्थयमा असर पर्ने भन्दै रसायनिक मल प्रयोग नगरिएको खानेकुरा खान चिकित्सकहरुले सल्लाहा दिने गरेका छन् । रसायनिक मलको बिकल्पको रुपमा गड्यौला पालन गरेर बनाइएको कम्पोष्ट मल प्रभाबकारी हुने जिल्ला कृषी बिकास कार्यालय सुनसरीका बालि संरक्षण अधिकृत तृप्तीनारायण मिश्रले बताउु भयो ।

उहाँका अनुसार बालीलाइ चाहिने पौष्टिक तत्व गड्यौलाले खाएर बनेको कम्पोष्ट मलमा पाइने र बाली नालि फस्टाउने जानाकरी दिनु भयो । थोरै जग्गामा मनग्गे आम्दानी गर्ने किसान प्रेम प्रसाद फुयालका कुरा सुन्ने हो भने नेपलमा केहि छैन भनेर निराश हुनेहरुका लागि आशाको उज्यालो देखिन सक्छ । तर पनि सरकारी निती र योजनाहरु भने फरिनु पर्ने उहाँको सुझाब छ ।

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !