यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » , » हराएको वा चोरी भएको फोन कसरि प्राप्त/कन्ट्रोल गर्ने

हराएको वा चोरी भएको फोन कसरि प्राप्त/कन्ट्रोल गर्ने

सूचना प्रविधीको विकासले मोवाईल गास बास कपास जत्तिकै महत्वपूर्ण बनेको छ। यस्तो आवश्यकताको कुरा मोवाईल हरायो भने कस्लाई चिन्ता नहोला? अझ महङ्गो मोवाईल हरायो भने त दुखद घटना नै बन्न पुग्छ। मोबाईल हराएमा मोबाईलमा रहेका सम्पूर्ण फोन नम्बर र अरु डाटाहरु गुमाइन्छ जसले हामीलाई सानो देखी लिएर ठुलै नोक्सान सम्म पुर्याउन सक्छ। मोबाईल हराउने र चोरी हुने क्रम एकदमै बडीरहेको हुनाले मोबाईल हराउने र चोरी हुने बड्दो चिन्ताको बिषय भएको छ । तर अब तपाइले चिन्ता लिनु पर्दैन किनभने फोन  हराएको वा चोरी भएपछि पनि तपाईंको फोनमा पूर्ण नियन्त्रणमा गर्न सक्नुहुन्छ। यसर्थ चोरी गरिएको फोन चोरका लागि सिर्फ एक खेलौना रूपमा अन्त हुनेछ।

१. Android Device Manager
आफ्नो फोन हराएको छ भने, पहिला यो सुविधाको सहयोग लिनुहोस् । यो सुविधा एन्ड्रोइड स्मार्टफोनमा  'Device Manager' हुन्छ । यसको उपयोगिता यो छ कि तपाइको फोन चोरी भएको अवस्थामा फोन  जहाँ  छ त्यहाँको लोकेशन देखाउंछ । त्यसकोलागि आफ्नो फोनको Android Device Manager सधैं अन राख्नुपर्छ । हुन त तपाइले आफ्नो फोनमा  मेल आईडी राख्न साथ यो आफैं स्वत अन हुन्छ त्यहि पनि  तपाईं एन्ड्रोइड स्मार्टफोनको सेटिङमा गएर अन गर्न सक्नुहुन्छ । त्यसका लागि :

1. पहिला  setting मा जानुहोस् ।

2 अब, Security मा क्लिक गर्नुहोस्।

3. त्यसपछि Device Administrators मा जानुहोस्।

4 अब Android Device Manager मा टिक लगाई अन गर्नुहोस् ।

अर्को अथवा अरु कसैको Smart Phone बाट तपाइको चोरी भएको फोनको Location Track गर्न सक्नुहुन्छ  त्यसका लागि Android Device Manager App डाउनलोड गरि वा Google Search मा गएर Track My Phone अथवा  Android Device Manager लेखेर चोरी भएको फोनको Location Track गर्नसक्नुहुन्छ । याद राख्नुहोस् Location Track गर्दा तपाईंको चोरी भएको फोनमा रहेको  G-mail आईडी ले नै लगिन गरनुपर्ने हुन्छ ।

क. चोरि भएको फोनलाई कन्ट्रोल गर्नुहोस:
Android Device Manager द्वारा चोरिभाएको फोन मार्फत चोरलाई चेतावनी वा संदेश पठाउन सक्नुहुन्छ साथै तपाइले आफ्नो वैकल्पिक नम्बर पनि दिनसक्नु हुन्छ जसमा त्यो मानिसले फोन गरेर फिर्ता दिन सकोस ।  अथवा नयाँ Password राखी चोरी भएको फोनको स्क्रिन लक गरि कन्ट्रोल पनि सक्नुहुन्छ ।

ख. चोरि भएको फोनको Data वा Apps Erase गर्नुहोस् :
यदि तपाईलाई लाग्छ कि त्यो चोरी भएको फोन फिर्ता प्राप्त हुँदैन भने त्यसमा रहेको आफ्नो Data तथा Apps लाई  Erase गरि मेटाउन सक्नुहुन्छ जसलेगर्दा तपाइको Data वा Apps बाट कुनै दुरुपयोग हुन पाउँदैन ।

२. आइएमइआइ (IMEI) नम्बर
आफ्नो मोबाइलको आइएमइआइ नम्बर सुरक्षित राख्नु पर्दछ अथवा त्यसलाई कपिमा टिपेर सुरक्षित राख्न सक्नुहुनेछ । यसले तपाईंको मोबाइल हराएमा भेट्टाउन सहयोग गर्छ । आफ्नो फोनको IMEI नम्बर पत्ता लगाउनका लागि *#06# डायल गर्नुपर्ने हुन्छ अथवा मोबाइलको ब्याट्री निकालेर पनि हेर्न सकिन्छ । हराएको फोन खोज्नका लागि तपाईंले मोबाइलको आइएमइआइ नम्बरसहित प्रहरीलाई उजुरी गर्न सक्नुहुन्छ । यदि त्यस मोबाईलमा आइएमइआइ नम्बर छैन भने तपाईंको सीम यदि युज भएको रहेछ भने पनि मोबाइल भेट्टाउने सम्भावना हुन्छ । त्यसका लागि तपाईंले प्रहरीमा उजुरी दिनुपर्ने हुन्छ ।

३. JEENYA Mobile Security एप्लिकेशन
जेन्या प्रलिले बजारमा ‘जेन्या मोवाईल सेक्युरेटी’ एप्लिकेशन ल्याएको छ । अब तपाईको हराएको मोवाइलको विवरण तपाईले चाहेमा सहजै उपलब्ध हुन सक्ने छ। नेपालका केही सूचना प्रविधि क्षेत्रमा लागेका युवाहरुको समुहले एउटा गजबको मोबाइल एप्लीकेशन निमार्ण गरेका छन् जसले तपाईको हराएको मोवाइलको स्थान र प्रयोग गरेको व्यक्ती एक छिनमै पत्ता लगाउन सकिन्छ। यो एप्लिकेशन एण्ड्रोइड मोबाइलहरुमा उपलव्ध छ। सूचना प्रविधीको क्षेत्रमा काम गदै आएको जेन्या प्रालिले अहिले मोबाईल सुरक्षाको क्षेत्रमा पनि हात हालेको छ। निर्माण गरिएको एप्लिकेशनले तपाईको हराएको मोवाईलमा एउटा यूनिक कोडको मार्फत प्रयोग भएको स्थान र प्रयोग कर्ताको जानकारी सजिलै पत्ता लगाउन सकिन्छ । यो एप्लिकेसन हराएको खण्ढमा सकृय हुने भएकाले मोबाईलमा राखेपछि नदेखिने अथवा काम नगरिरहेको भान हुन सक्छ ।

‘जेन्या मोबाईल सेक्युरेटी’ डाउनलोड गरेपछि त्यो मोबाईल सम्बन्धि सम्पूर्ण जानकारी पाउन मोबाईल भेरिफाइ गर्नु पर्नेछ । भेरीफिकेसन प्रणाली मोबाईल ब्यक्तीको नाममा दर्ता हुन्छ । दर्ता भएको ब्यक्तिले आफ्नो मोबाईल कहाँ छ भनेर जानकारी पाउन सक्छन । भेरीफिकेसन प्रणाली कहाँ र कसरी गर्ने भनेर जेन्या कम्पनीबाट यो एप्लिकेसन डाउनलोड गरिसक्नु भएको मोबाईलहरुमा सम्पर्क गरेर जानकारी दिईनेछ ।
यो एप्लिकेशन एण्ड्रोइड प्रयोग कर्ताले ‘Play Store’ मा ‘JEENYA Mobile Security’ खोज्दा भेटिने छ । यो एप्लिकेशनको सम्पूर्ण जानकारी ‘http://mobilesecurity.jeenya.com‘ मा पाउन सकिन्छ।

४. Where's My Droid एप्लीकेशन
यो एप्लीकेशन Google Play Store बाट नि:शुल्क डाउनलोड गर्न सकिन्छ ।  डाउनलोड गरिसकेपछि Commander मा जानुहोस् र Create Account मा गएर  Username, password, Email (यो Email राख्दा Gmail Account राख्दा राम्रो हुन्छ ) राखिसकेपछि एउटा Security Question माग्छ र त्यो सकेपछि Submit मा click गर्नुहोस । त्यसपछि एउटा नयाँ पेज खुल्छ त्यसमा तपाइको आफ्नो Device को नाम लेखेर Add Device मा click गरि Done मा click गर्नुहोस । अब प्रयोग को लागि तयार भयो तपाइको Email Account मा एउटा भेरिफिकेशनको लिंक Message आउँछ त्यसमा click गरेर भेरिफाई गर्नुहोस् ।

1. साथीको फोनबाट हराएको फोन खोज्ने तरिका :
 क. Message पठाएर
साथीको फोनको Message  Box मा गएर  wmd gps लेखेर तपाइको हराएको फोन नम्बरमा Message पठाउनुहोस ।  अब एकै छिनमा तपाइलाई Message को Reply आउँछ त्यसमा त्यो फोन कहाँ छ भनेर Address दिन्छ, साथै google map को लिंक पनि पठाउँछ जसमा click गरेर map मा फोन भएको ठाउं हेर्न सक्नुहुन्छ ।

ख. घन्टी बजाएर 
साथीको फोनको Message  box मा गएर  wmd ring लेखेर तपाइको हराएको फोन नम्बरमा Message पठाउनुहोस  । अब तपाइको हराएको फोनमा घन्टी बज्न थाल्छ , अब तपाइले आफ्नो फोन भेटाउनु भयो भने Found Phone मा click गरेपछि फोनको घन्टी बज्न छोड्छ ।

2. ल्यापटपबाट हराएको फोन खोज्ने तरिका :
ल्यापटपमा गएर www.wheresmydroid.com Type गर्नुहोस् ।  अब खुलेको वेब साइटमा Commander मा Click गरि खुलेको नयाँ पेजमा Username/Email र Password राखी Login मा Click गर्नुहोस । तपाइको Device को नाम सहितको पेज खुल्छ त्यसमा Find, Rename र  Delete को Option पनि हुन्छ  त्यसमध्ये Find मा click गर्नुहोस् । Find मा Click गरेपछि Location, Ring, Camera, Lock र Wipe को Option देखिनेछ । Location मा Click गरेर हराएको मोबाइल रहेको ठाउं  Quick Location वा Accurate Location बाट पत्ता लगाउन सकिन्छ। त्यस्तै Ring मा Click गरि Make Device Ring मा Click गरि हराएको फोनमा घन्टी बजाउन पनि सक्नुहुन्छ ।
Camera, Lock र Wipe Option भने Pro Version मा मात्र उपलब्ध छ ।



युट्युब लिंक : https://www.youtube.com/watch?v=0OiM_9M5QZ8

त्यस्तै:  Contact Owner, Plan B, Find My Lost Phone इत्यादी जस्ता थुप्रै एप्लीकेशन छन् भने Avg, Lookout अथवा Avast जस्ता Antivirus App को Remote Tracking Facility द्वारा पनि तपाइले आफ्नो हराएको वा चोरी भएको  फोनलाइ लक वा Data डिलिट गरि कन्ट्रोल गर्नसक्नुहुन्छ ।


Apple Phone (iPhone) को लागि 
एप्पलले आइओएस डिभाइसका लागि आफ्नै एन्टी थेफ्ट ऐप फाइन्ड माई आईफोन (Find My iPhone) सुविधा दिएको छ । यसको सेटअफ निकै सजिलो छ र सिंगल एप्पल एकाउन्टबाट सबै डिभाइसलाई व्यवस्थापन गर्न सकिन्छ । आईक्लाउड एकाउन्डमा लग इन गरेपछि कुनै पनि ब्राउजरबाट डिभाइसलाई लोकेट गर्न सकिन्छ । यसपछि फोनमा म्यासेज पठाउन, लक गर्न साथै डाटा डिलिट गर्न पनि सकिन्छ । आइओएस प्रयोगकर्ताले आफ्नो फोन पुन पाउनका लागि सिक्युरिटी वा आईलस्टफाइन्डर पनि प्रयोग गर्न सक्छन् ।

Black Berry फोनको लागि 
ब्लाकबेरीले पनि एन्टिथेफ्ट सल्युसनका लागि ब्लाकबेरी प्रोटेक्ट सुविधा उपलब्ध गराएको छ । यसलाई ब्लाकबेरी एकाउन्टबाट ब्लाकबेरी डिभाइसमा सेट गर्न सकिन्छ । यो एक्टिभ भएपछि सम्पर्क नम्बरहरु, क्यालेन्डर एन्ट्री तथा बुकमार्कहरुको अटो ब्याकअप बनाइदिन्छ । प्रोटेक्ट बेभसाइटमा लगइन गरेपछि डिभाइसको लोकेसन ट्रयाक गर्न सकिन्छ भने म्यासेज पठाउन, लक गर्न र डाटा डिलिट गर्न पनि सकिन्छ ।

Windows फोनको लागि 
विन्डोज फोनको एन्टी थेफ्ट फिचर फाइन्ड माई फोन हो । प्रयोगकर्ताले विन्डोज स्मार्टफोनमा प्रयोग गर्ने आइडीबाट नै यस वेबसाईट लिंकमा साइन इन गर्न सक्छन् । त्यसपछि ब्राउजरमा रहेको म्यापमा फोनको लोकेसन देख्न सकिन्छ । यस ब्राजउरबाट फोनमा ठूलो आवजमा रिङ बजाउन र आवश्यक डाटा डिलिट गर्न पनि सकिन्छ ।

SMS द्वारा फोन खोज्नको लागि  
यदि तपाई नेपालमा हुनुहुन्छ भने नेपालको फोन प्रयोग कर्ता ले SMS बाट यो सेवा प्रयोग गर्न सक्नुहुन्छ ।त्यसका लागि यो उपाय अपनाउनु होला ।

यो सेवा Register गर्न को लागि (FOR REGISTRATION)
सुरुमा मोबाइल को Message Box मा जाने त्यसपछि
reg एउटा space mobile imei no. एउटा space अनि वैकल्पिक मोबाइल नम्बर  Type गर्ने र  ७२७२ मा SMS पठाउने ।

उदाहरणका लागि: Reg 356415025025891 98******** अनि 7272 मा SMS पठाउनुहोस् ।

यति गरे पछी तपाई को मोबाइल मा एउटा मेसेज आउछ, जसमा तपाइको Password रहेको हुन्छ ।
 यो password  लाइ सुरक्षित रुपमा राख्नुहोस तपाइको फोन  हराएमा काम लाग्छ ।

यदि हराएमा (IF LOST)
जुन वैकल्पिक मोबाइल नम्बर दिनुभएको छ त्यस  मोबाइलको Message Box मा जाने त्यसपछि
lost एउटा space mobile imei no.एउटा space अनि  password. Type गर्ने  र ७२७२ मा SMS पठाउने ।

उदाहरणका लागि: lost 356415025025891 1234 अनि 7272 मा SMS पठाउनुहोस् ।

अब यति गरिसके पछि तपाइको वैकल्पिक मोबाइल नम्बरमा तपाइको हराएको फोनको सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ । त्यो प्राप्त जानकारी को आधारमा पुलिस रिपोर्ट गरि फोनको खोजि गर्न सक्नुहुन्छ ।

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !