पानीबाट चल्ने मोटरसाइकल
१ लिटर पानीले २५० किलोमिटरअन्तराष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिरहेका बेला मोटरसाइकल चलाउनका लागि पेट्रोलको आवश्यकता परेन भने तपाईलाई पेट्रोलको मूल्य जति घटेको पनि कुनै वास्ता नहोला । सुन्दा अचम्म लाग्ला मोटरसाइकलमा पेट्रोल नहाले मोटरसाइकल कसरी चल्छ ? यदी तपाईले मोटरसाइकल चलाउँनका लागि पानीको प्रयोग गर्न पाउनुभयो भने के होला ? तपाई पक्कै पनि खुसी हुनुहुनेछ तर, यसभन्दा पहिले तपाई हैरान पनि हुनुहुनेछ की कसरी चल्न सक्छ मोटरसाइकल पानीले ?
तर, मोटरसाइकल पानीले चलाउन सम्भव भएको देखाएका छन् । भारतको चण्डिगढमा कक्षा १० मा पढ्ने एक छात्रले आफूले पानीबाट मोटरसाइकल चलाउन सक्ने प्रविधी विकास गरेको दावी गरेका छन् । उनले १ लिटर पानीले २ किलोमिटरको दूरी पार गर्न सकिने समेत बताएका छन् । एक सरकारी विद्यालयमा पढ्ने नित्य आशीषले आफ्नो भौतिकशास्त्रका शिक्षकको सहयोगमा पानीबाट मोटरसाइकल चलाउन सक्ने खालको एक किट तयार गरेको भारतीय सञ्चारमाध्मयले जनाएका छन् । उक्त किटलाई नित्यले एक प्रदर्शनीमा समेत प्रदर्शन गरेका थिए ।
नित्यको भनाईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भाष्कर र पंजाब केसरी ले हरेक मोटरसाइकलमा यस्तो किट प्रयोग गर्ने सकिने लेखेका छन् । नित्यले उक्त किटमा पानी हालेपछि एचएचओ सेलमा जान्छ, त्यहाँ इलेक्ट्रोलाइसिस हुन्छ । इलेक्ट्रोलाइसिस भएपछि त्यहाँ अक्सिजन ग्याँसको उत्पादन हुन्छ जसले इन्जिनलाई चलाउँछ भनेका छन् ।
पेट्रोल हाल्दा मोटरसाइकलबाट धुँवा निस्किन्छ तर पानी हालेर चलाउँदा पानी नै निस्किन्छ । यसले वातावरण प्रदुषण हुनबाट समेत जोगाउने नित्यलाई उदृत गर्दै भारतीय सञ्चारमाध्मयले लेखेका छन् ।
उक्त किट तयार गर्नका लागि नित्यलाई ३ हप्ता लागेको थियो भने करिब ३ हजार रूपैयाँ खर्चिनुपरेको थियो । उक्त किटको प्रयोगले मोटरसाइकलको गति ५० किलोमिटरसम्म पुग्न सक्छ । किटमा यदी २ लिटर पानी राख्ने हो भने ५ सय किलोमिटरको दूरी पार गर्न सकिन्छ ।
किटमा पानी सकिएपछि किटमा पानी मात्र परिवर्तन गरे पुग्ने नित्यले बताएका छन् । किटमा २ लिटर पानीभन्दा धेरै पानी हाल्न सकिँदैन । नित्यले यसभन्दा पहिले सोलार एयर कन्डिस्नर समेत तयार गरिसकेको बताइएको छ
पानीबाट मोटरसाइकल कसरी चलाउन सकिन्छ भन्नेबारे जानकारी दिनको लागि एउटा भिडियो राखेको छु हेर्नुहोस ।
पानीबाट चल्ने कार
१ लिटर पानीले ४० किलोमिटरपेट्रोल डिजेलको लाइन मा बस्दा दिक्क हुनुभएको छ? तेलको महंगीलाई सामना गर्न नसक्ने अवस्तामा पुग्नु भएको छ? छ भने तपाईलाई एउटा खुसीको खबर! सवारी साधन चलाउन अब पेट्रोल, डिजेलको आव्स्यकता नपर्ने प्रविधि पता लागेको छ. भर्खरै पाकिस्तानी इन्जिनिअर ले पानी को प्रयोग गरेर चलाउन मिल्ने कारको सफल आबिस्कार गरेका छन्. एक असफल ठानिएको सपनालाई वाकर अहमद ले सफल तुल्येदियेका हुन्. पाकिस्तानी सांसदहरु, बैज्ञानिक यबं बिद्यार्थीहरुको माझ उनले आफ्नो कार गुडाएका थिए. हाल बेरोजगार रहेका पाच सन्तानका बाबु ४० बर्से यी इन्जिनेअर ले सन् १९९० मा मेकानिकल इन्जिनिअर मा ग्रयाजुएट गरेका थिए.
१००० सी सी को कारमा १ लिटर पानी हाले तेस्ले ४० कि मी को दुरी तय गर्न सकिने दाबि उनले गरेका छन. तेस्तै यो प्रविधि प्रयोग गरेर मोटरसाइकल ले भने १५० कि मी को दुरी तय गर्न सकिने उनको दाबि छ. उनले आबिस्कार गरेको यो प्रबिधिले पानीमा भएको हाइड्रोजन र ओक्सिजन लाइ टुक्राउने छ. निस्किएको हाइड्रोजन ले कारलाई सजिलै चलाउन मिल्छ.
जापान , अमेरिका र श्रीलंका लगाएत अन्य देशहरुमा पनि यस प्रकारको दाबी नभएका होइनन तर तिनलाई खै किन हो बेवास्ता गरिएको थियो. पानीबाट कार चलाउन सकिन्छ भन्ने सैदान्तिक ज्ञान पहिलानै पत्ता लागेको स्विकार्दै अहमद ले यो अविस्कार लाइ आफ्नो ब्यबहारिक प्रयोग मात्र भएको बताएका छन.
पाकिस्तानीहरुले भने यो कारलाई आफ्नो स्वोतन्त्रता दिबसको उपहार ठानेका छन्. ४३ डी.से को तापक्रम पुग्ने पाकिस्तान मा नेपालमा झैँ दैनिक २० घण्टा लोडसेडिंग हुने गरेको छ. पेट्रोल डिजेल को अभावका कारण तेहा पनि पेट्रोलको लामै लाइन लाग्नु पर्ने स्तिथि कायम छ. “ यो आविस्कारले हाम्रो देशको इनर्जी समस्या समाधान हुनेछ भने लाखौले रोजगार पाउने निश्चित छ” न्यु वोर्क टाइम्स संगको टेलिफोन बार्तामा ति बैज्ञानिकले भनेका थिए.
पाकिस्तानी इन्जिनियर वाकर अहमदले बनाएको पानीबाट चल्ने कार सम्बन्धि भिडियो हेर्नुहोस ।