दाङमा बाहिरी जिल्लाबाट ७० प्रतिशत माछा भित्रिने गरेको छ । उत्पादन भएको अनुपातमा माछाको माग बढि भएपछि ७० प्रतिशतसम्म दाङमा माछा आयात गर्ने गरिएको जिल्ला कृषि विकास कार्यालय दाङका मत्स्य विकास अधिकृत विष्णु खनालले जानकारी दिएका छन् ।
दाङमा बर्दिया, बाँके रुपन्देही र भारतबाट माछा आयात हुने गरेको छ । जिल्लामा अहिले विभिन्न स्थानमा गरि बार्षिक रुपमा ५ सय ५० मेट्रिक टन माछा उत्पादन भइरहेको कार्यालयले जनाएको छ । दाङमा २० देखि ३० प्रतिशत मात्रै माग पुरा हुने गरेको छ ।
माछापालनमा कृषकको आकर्षण
यसैबिच माछाको माग बढेपछि व्यवसायिक माछापालनतर्फ कृषकहरुको आकर्षण बढ्दै गइरहेको छ । कार्यालयका अनुसार अहिले एक सय ४५ हेक्टर क्षेत्रफलमा माछा पालन भइरहेको छ । जो गत वर्षको तुलनामा २५ हेक्टर क्षेत्रफल बढि हो । अन्य खेतिबालीको तुलनामा माछापालनबाट राम्रो उत्पादन हुने हुदाँ पनि यसप्रति कृषकहरुको आकर्षण बढेको अधिकृत खनालले जानकारी दिए । व्यवसायिक रुपमा माछापालन गर्ने कृषकको संख्या ५ सय ४० पुगेको छ ।
विदेशिनुभन्दा स्वदेशमै केहि गर्ने उद्देश्यले डेढ बर्षदेखि टरिगाउँ–५ मा माछा पालन व्यवसाय सुरु गरेका कृषक पदम केसीले घरमै जहान, परिवार सँगसँगै बसेर काम गर्दा रमाइलो पनि हुने र कमाइ पनि हुने भएकाले यो पेशामा सन्तुष्ट रहेको बताए ।
छिमेकीहरुले विदेश गएर कति कमईसके, त पनि विदेश जा भनेर घरमा आमा–बुबाले साहुऋण गरेर ल्याइदिएको एक लाख रुपैयाँले व्यवसाय सुरु गरेको केसी बताउँछन् । पैसा खेर गयो भने तेरो बटा कट्टी हुने गरि तलाईं घरबाट अलग गराउने भन्थे तर, एक बर्षमा राम्रो कमाइ भएपछि अहिले त सबै जना खुशी हुनुहुन्छ उनले भने । एक बर्षको अबधिमा खर्च उठाएर ५० हजार आम्दानी गरेको उनको भनाई छ ।
‘बजारको सम्भावना पनि राम्रो छ र अन्य कृषि व्यावसायभन्दा यो पेशा सजिलो पनि छ, जसले गर्दा सजिलै गरि जीविकोपार्जन चलिरहेको छ ” केसीले भने । बाँकेको शमसेरगंजबाट माछाका भुराहरु ल्याएर दाङका किसानहरुले माछा पालन गरिरहेका छन् । जसमा ग्रास जातका माछाहरु जस्तै रहु, कमन ग्रास, नैनि ग्रास, बैखा लगायतका छन् ।
कार्यालयद्वारा सहयोग
यद्यपि माछापालनलाई व्यावसायीक रुपमा विकास गर्नका लागि कृषि विकास कार्यालय दाङले किसानहरुको सहयोगका लागि दुई किसिमका कार्यक्रमहरु पनि ल्याएको छ । जसअन्र्तगत १४ लाख बराबरको केन्द्रिय कार्यक्रम मिसन फिस र करिब ७ लाख बराबरको कृषिप्रसार कार्यक्रम रहेको छ ।
त्यसैगरि कार्यालयले व्यावसायीक रुपमा माछापालन गर्न चाहने किसानहरुका लागी भुरा ढुवानी अनुदान, पोखरी बिस्तारका लागि १ हेक्टर जलासय क्षेत्रफल बराबर एक लाख अनुदान, माछापालनका लागी विभिन्न तालिमहरुको व्यवस्था गरेको जनाएको छ ।
साभारः रातोपाटी