देशमा पशुजन्य र कृषिजन्य उत्पादनको महत्वपूर्ण योगदान रहेको छ । यसरी पशुपालन र कृषिको सम्बन्ध एक अर्कोमा घनिष्ट रहेको छ । मुलुकमा कृषिको योगदान दिनहुँ बढ्दै गएको छ । वि.सं. २०३३÷०३४ मा कृषिको योगदान कुल गार्हस्थ उत्पादनको ८१ दशमलव ५३ प्रतिशत थियो भने वि.सं. २०५२÷०५३ मा उक्त आँकडा ४० दशमलव ४४ प्रतिशत रहेको देखिन्छ । यसरी कुल गार्हस्थ उत्पादन कृषिको अनुपातिक योगदान बढेको देखिएता पनि कृषिको कुल उत्पादनमा ह्रास आएको देखिँदैन । वि.सं. २०५२÷०५३ मा कृषिको कुल गार्हस्थ उत्पादनमा पशुपालनले ३१ प्रतिशत अर्थात् अन्नबालीपछिको दोस्रो स्थान ओगटेको देखिन्छ । राष्ट्रको कृषिबाट आएको गार्हस्थ उत्पादनमा पशुपालनको कुल अंक ५३ प्रतिशतमध्ये पहाड नौ प्रतिशत, उच्च पहाड छ र ३८ प्रतिशत तराईबाट प्राप्त हुनेगरेको तथ्यांक नेपाल राष्ट्र बैंक बहुउद्देश्य घरधुरी सर्वेक्षणमा उल्लेख छ । यो योगदान दूध उत्पादनबाट ४३ दशमलव १३ प्रतिशत र मासुबाट २५ प्रतिशत तथा पशु मल र पशु शक्तिबाट २७ दशमलव ६२ प्रतिशत भएको देखिन्छ । विगत दश वर्षमा दूध उत्पादनमा सरदर दुई दशमलव २५ प्रतिशत बढेको पाइन्छ । त्यसमा पनि गाईको दूध तीन दशमलव शून्य चार प्रतिशत र भैंसीको दूध तीन दशमलव १९ प्रतिशतले वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । देशमा उत्पादित दूधमध्ये गाईबाट ३० दशमलव ८५ प्रतिशत र भैंसीबाट ६९ दशमलव १५ प्रतिशत हुने गर्दछ । गाईको उत्पादित दूधमध्ये ८० प्रतिशत जति जसले उत्पादन गर्दछ उसले नै प्रयोग गर्ने गरेको पाइन्छ । बाँकी २० प्रतिशत मात्र बिक्री गर्ने गरेको तथ्यांक सार्वजनिक भइरहेको र बाँकी दूधमध्ये घिउ तथा अन्य परिकार बनाइने गरेको पाइएको छ । यो दूध उत्पादनको हिस्सा प्रतिव्यक्ति प्रतिवर्ष ४६ दशमलव ८६ लिटर हुन आउँछ । जबकि आधारभूत आवश्यकताअनुसार प्रतिव्यक्ति प्रतिवर्ष ५८ दशमलव सात लिटर हो । यसर्थ एकातिर पर्याप्त मात्रामा दूध उत्पादन भइरहेको छैन भने अर्कोतिर यसबाट पाउने आम्दानी पनि सीमित मात्र देखिन्छ । कृषि वा पशुपालनलाई जीवन निर्वाहको बाटो नजानेर व्यवसायकै रुपमा अवलम्बन गर्नुपर्ने अवस्था आएको छ ।
दूधजन्य पदार्थमा हालै बढाएको मूल्य कृषकले ७१ प्रतिशत पाउने, संस्थाको व्यापारी र दूध बिक्री केन्द्रले २९ प्रतिशत हिस्सा पाउनेछन् । पछिल्लो समय कृषक गाईभैंसी पाल्न छाडी अन्य व्यवसाय सञ्चालन गर्न थालेकोले पनि दूध उत्पादन दिन प्रतिदिन घट्दै गएको छ । दूधको माग बढ्दै गए पनि सोहीअनुरुप उत्पादन हुन नसक्दा मूल्य बढाउनुपरेको हो भन्ने सरकारको आँकलन रहेको बुझिन्छ । तत्काल दूधको मूल्य बढाइएको केही समयपछि अन्य दूग्धजन्य उत्पादनमा समेत मूल्य बढाउने तयारीमा संस्थान रहेको छ । उपत्यकामा दैनिक आठदेखि नौ लाख लिटर दूधको माग रहेको छ । संस्थाले मात्रै दैनिक उपत्यकामा एक लाख ३५ हजार लिटर दूध वितरण गर्ने गरेको छ । यहाँ चाहेजति उत्पादन हुन नसक्दा भारतबाट दूध आयात गर्नुपरेको हो । पछिल्लो समय दूधको उत्पादन नै कम हुन थालेपछि बजारमा मागअनुरुप आपूर्ति गर्न सकिएको छैन । हाल पनि बजारमा दैनिक तीन लाख लिटर दूध अभाव रहेको छ । संस्थानले वार्षिक पाँच करोड रुपैयाँको दूध संकलन गरी बिक्री गर्ने गरेको छ । देशमा दूध उत्पादन बढाउन विगतमा विभिन्न जिल्लामा “गाई माई कार्यक्रम ” सञ्चालन गरिएको संस्थानले जनाएको छ । जसबाट केही वर्षदेखि दूधको उत्पादन वृद्धि हुने संस्थानले बताएको छ । यसबाट कृषकहरु बढ्ने पनि संस्थानले जानकारी दिएको छ । सरकारी स्वामित्वमा सञ्चालन भएको संस्थाले मागअनुरुप दूध वितरण गर्न नसक्दा पछिल्लो समय निजीस्तरबाट सञ्चालित डेरीले दूध बजारको आधा हिस्सा ओगटेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरबदल हुँदा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिसँगै दूधको पनि मूल्य बढाइएको बुझिएको छ । पछिल्लो समय दूधको उत्पादन नै कम हुन थालेपछि बजार मागअनुसार आपूर्ति गर्न नसकिएको संस्थानले बताउँदै आएको छ । स्थानीय उत्पादनले बजार माग धान्न नसकेपछि भारतबाट दैनिक ३० देखि ३५ हजार लिटर दूध आयात गर्ने गरेको छ । बढ्दो जनसंख्यासँगै दूधको माग पनि बढ्दै गएकाले स्थानीय माग पूरा गर्न भारतबाट ठूलो परिमाणमा दूध संस्थानले आयात गर्दै आएको छ । पछिल्लो समय कृषक गाईभैंसी पाल्न छाडी अन्य व्यवसाय सञ्चालन गर्न थालेकाले पनि दूध उत्पादन दिन प्रतिदिन घट्दै गएको छ । संस्थानले वार्षिक पाँच करोड रुपैयाँको दूध संकलन गरी बिक्री गर्ने गरेको छ, जसमा ६० प्रतिशत भैंसीको र ४० प्रतिशत दूध गाईबाट उत्पादन हुने गरेको छ । सरकारी स्वामित्वमा सञ्चालन भएको संस्थानले मागअनुसार दूध वितरण गर्न नसक्दा पछिल्लो समय निजीस्तरबाट सञ्चालित डेरीले दूध बजारको आधा हिस्सा ओगटेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटीबढीको कारणले गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिसँगै दूधको पनि मूल्य बढाएको हो ।
दूधको मूल्यवृद्धि गत पुस १६ गतेदेखि निलो प्याकेटको दूधको उपभोक्ता मूल्य २८ बाट ३२ रुपैयाँ र हरियो प्याकेटको दूधको मूल्य ३२ बाट ३६ रुपैयाँ पुगेको छ । संस्थानले आधा लिटरको प्याकेटमा दूध प्याक गरी बिक्रीवितरण गर्दै आएको छ । सरकारले किसानलाई भने प्रतिलिटर मूल्य समायोजन गर्न भन्दै बढाइएको आठ रुपैयाँमध्ये पाँच रुपैयाँ ५२ पैसा किसानलाई र दुई रुपैयाँ ४८ पैसा उद्योगी र दुग्ध विकास संस्थानले पाउनेछन् । मुलुकभर सात लाख लिटर दूधको माग छ । जसमध्ये चार लाख लिटर मात्रै आपूर्ति हुँदै आएको छ । यो मूल्य ९÷१० महिनापछि बढाएको हो । किसानको दूध उत्पादन लागत बढेको कारण मूल्य बढाइएको, गाईभैंसीको मूल्य, ब्याज, दानाको भाउ बढ्नु र कामदार अभावका कारण दूध उत्पादनको लागत पनि बढेकोले हाल देशभर करिब दुई लाख लिटर अभाव छ । संस्थानले मात्र काठमाडौंमा दैनिक एक लाख ४० हजार लिटर दूध पु¥याउँछ । राजधानीमा संस्थानबाहेक करिब ४५ भन्दा बढी निजी डेरीले पनि दूध बिक्री गर्छन् । यसरी देशको अधिकांश जनसंख्याले कृषि एवं पशुपालनलाई व्यवसाय भनेर अंगीकार नगरेको कारणले गर्दा किसानहरुले आफ्नो श्रमको उचित मूल्य पाउन सकेका छैनन् । अतः पशुपालनलाई एउटा व्यवसायको रुपमा परिचालन गर्न यसमा संलग्न सम्पूर्ण किसान तथा कृषि कार्य गर्ने प्राविधिकहरुमा चेतना जगाउन सक्ने अवसरको सिर्जना गर्नुपर्दछ । यसको लागि सरकारले यस क्षेत्रमा उचित लगानी, आवश्यक पूर्वाधार, सक्षम दक्ष प्रविधिको विकासमा बेलैमा जोड दिनुपर्ने हुन्छ । यसर्थ यस पशुपालन व्यवसायमा विकास भई आज विदेशबाट दूध आयात गर्नुपर्ने स्थितिको समाधान भई स्वदेशमा नै एकातिर दैनिक १५ सय विदेशिने कामदारहरुले काम पाउँनेछन् भने अर्कोतिर दूधको उत्पादन पनि बढ्ने अनुमान सम्बन्धित क्षेत्रले दाबी गरेको छ । देशलाई अझै दैनिक तीन लाख लिटर दूधको माग पनि पूरा हुनेछ । यसबाट विदेशलाई दिने ठूलो धनराशीले स्वदेशको अन्य उद्योगधन्दा सञ्चालन एवं खोल्नको लागि सहयोग पुग्ने कुरामा कसैको पनि दुईमत नहोला ।
समग्रमा भन्नुपर्दा दुग्ध विकास संस्थानले दूध मूल्यमा आठदेखि १० रुपैयाँले वृद्धि गरेको छ । सरकारी स्वामित्वको संस्थानले किसानको मागलाई थेग्न नसकेपछि भाउ बढाउनुपरेको जनाएको छ । त्यस्तैगरी संस्थानका अनुसार गत पुस १६ गतेदेखि लागू हुने गरी हरियो प्याकेटको प्mयाटयुक्त दूधमा प्रतिलिटर १० रुपैयाँ बढाएको हो । यसअघि ७० रुपैयाँ रहेको उक्त दूधका लागि अब उपभोक्ताले ८० रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै नीलो प्याकेट र पहेंलो प्याकेटको गाई दूधमा प्रतिलिटर आठ रुपैयाँ वृद्धि गरेको छ । यसअघि ५६ रुपैयाँ रहेको नीलो प्याकेटको दूधका लागि अब उपभोक्ताले ६४ रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै ६४ रुपैयाँ प्रतिलिटर रहेको पहिलेको प्याकेटको दूधको मूल्य ७२ रुपैयाँ बनाएको छ । संस्थानले यही अनुपातमा किसानको पनि दूधको भाउ बढाइदिने जनाएको छ । यसर्थ अर्कोतिर हेर्ने हो भने व्यवसायीले दूधको मूल्य बढाएर उपभोक्तालाई महँगीको मारमा पार्नुभन्दा सरकारले लागत न्यूनीकरणको पहल गर्नुपर्ने बताएका छन् । डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले दूधको मूल्य बढ्दा व्यवसायीले विरोध नगरे पनि आगामी दिनमा मूल्य बढाउनेभन्दा पनि लागत न्यूनीकरणका लागि पहल गर्नुपर्ने बताए ।
सरकारले लागत बढ्यो भन्दै दूधको मूल्य वर्षैपिच्छे बढाइरहनुभन्दा पनि लागत कसरी घटाउन सकिन्छ भत्रेबारे सोच्नु जरुरी छ, संघले मूल्य समायोजनपछि पनि किसानले दूध बिक्रीमा लागतभन्दा प्रतिलिटर सात रुपैयाँभन्दा बढी नोक्सान व्यहोरिरहेको दाबी गरेको छ । दूध उत्पादनका लागि लागत न्यूनीकरणको कार्यक्रम ल्याउन पनि संघले सुझाव दिएको छ । अतः अर्कोतर्फ हेर्ने हो भने दूधको मूल्य बढाउने सरकारको निर्णयलाई उपभोक्ता अधिकारकर्मीले विरोध गरेका छन् । उपभोक्ताकर्मी प्रेमलाल महर्जनले महँगीको चर्को मार खेपिरहेको समयमा मूल्य नबढाउन सरकारलाई आग्रह गरे पनि जबर्जस्ती दूधको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको छ भन्ने कुरा सर्वत्र चर्चा विषय बनेको छ ।देशमा पशुजन्य र कृषिजन्य उत्पादनको महत्वपूर्ण योगदान रहेको छ । यसरी पशुपालन र कृषिको सम्बन्ध एक अर्कोमा घनिष्ट रहेको छ । मुलुकमा कृषिको योगदान दिनहुँ बढ्दै गएको छ । वि.सं. २०३३÷०३४ मा कृषिको योगदान कुल गार्हस्थ उत्पादनको ८१ दशमलव ५३ प्रतिशत थियो भने वि.सं. २०५२÷०५३ मा उक्त आँकडा ४० दशमलव ४४ प्रतिशत रहेको देखिन्छ । यसरी कुल गार्हस्थ उत्पादन कृषिको अनुपातिक योगदान बढेको देखिएता पनि कृषिको कुल उत्पादनमा ह्रास आएको देखिँदैन । वि.सं. २०५२÷०५३ मा कृषिको कुल गार्हस्थ उत्पादनमा पशुपालनले ३१ प्रतिशत अर्थात् अन्नबालीपछिको दोस्रो स्थान ओगटेको देखिन्छ । राष्ट्रको कृषिबाट आएको गार्हस्थ उत्पादनमा पशुपालनको कुल अंक ५३ प्रतिशतमध्ये पहाड नौ प्रतिशत, उच्च पहाड छ र ३८ प्रतिशत तराईबाट प्राप्त हुनेगरेको तथ्यांक नेपाल राष्ट्र बैंक बहुउद्देश्य घरधुरी सर्वेक्षणमा उल्लेख छ । यो योगदान दूध उत्पादनबाट ४३ दशमलव १३ प्रतिशत र मासुबाट २५ प्रतिशत तथा पशु मल र पशु शक्तिबाट २७ दशमलव ६२ प्रतिशत भएको देखिन्छ । विगत दश वर्षमा दूध उत्पादनमा सरदर दुई दशमलव २५ प्रतिशत बढेको पाइन्छ । त्यसमा पनि गाईको दूध तीन दशमलव शून्य चार प्रतिशत र भैंसीको दूध तीन दशमलव १९ प्रतिशतले वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । देशमा उत्पादित दूधमध्ये गाईबाट ३० दशमलव ८५ प्रतिशत र भैंसीबाट ६९ दशमलव १५ प्रतिशत हुने गर्दछ । गाईको उत्पादित दूधमध्ये ८० प्रतिशत जति जसले उत्पादन गर्दछ उसले नै प्रयोग गर्ने गरेको पाइन्छ । बाँकी २० प्रतिशत मात्र बिक्री गर्ने गरेको तथ्यांक सार्वजनिक भइरहेको र बाँकी दूधमध्ये घिउ तथा अन्य परिकार बनाइने गरेको पाइएको छ । यो दूध उत्पादनको हिस्सा प्रतिव्यक्ति प्रतिवर्ष ४६ दशमलव ८६ लिटर हुन आउँछ । जबकि आधारभूत आवश्यकताअनुसार प्रतिव्यक्ति प्रतिवर्ष ५८ दशमलव सात लिटर हो । यसर्थ एकातिर पर्याप्त मात्रामा दूध उत्पादन भइरहेको छैन भने अर्कोतिर यसबाट पाउने आम्दानी पनि सीमित मात्र देखिन्छ । कृषि वा पशुपालनलाई जीवन निर्वाहको बाटो नजानेर व्यवसायकै रुपमा अवलम्बन गर्नुपर्ने अवस्था आएको छ ।

सरकारले लागत बढ्यो भन्दै दूधको मूल्य वर्षैपिच्छे बढाइरहनुभन्दा पनि लागत कसरी घटाउन सकिन्छ भत्रेबारे सोच्नु जरुरी छ, संघले मूल्य समायोजनपछि पनि किसानले दूध बिक्रीमा लागतभन्दा प्रतिलिटर सात रुपैयाँभन्दा बढी नोक्सान व्यहोरिरहेको दाबी गरेको छ । दूध उत्पादनका लागि लागत न्यूनीकरणको कार्यक्रम ल्याउन पनि संघले सुझाव दिएको छ । अतः अर्कोतर्फ हेर्ने हो भने दूधको मूल्य बढाउने सरकारको निर्णयलाई उपभोक्ता अधिकारकर्मीले विरोध गरेका छन् । उपभोक्ताकर्मी प्रेमलाल महर्जनले महँगीको चर्को मार खेपिरहेको समयमा मूल्य नबढाउन सरकारलाई आग्रह गरे पनि जबर्जस्ती दूधको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको छ भन्ने कुरा सर्वत्र चर्चा विषय बनेको छ ।
साभारः आर्थिक