किन हुन्छ जाडोमा हर्टअट्याकको जोखिम ?
स्वीजरल्याण्डको लाउजन विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार जुलाई–अगष्टमा भन्दा डिसेम्बर–फेब्रुअरीमा हृदयाघात (हर्टअट्याक)का बिरामी बढी देखिएका छन् । एक लाख मानिसमा जुलाई–अगष्ट र डिसेम्बरदेखि फेब्रुअरीसम्मगरी दुई फरक–फरक मौसममा अध्ययन गरिएको थियो । त्यसक्रममा तिनीहरुको रक्तचाप, ब्लड सुगर, कोलेस्टेरोल र पेटको साइज मापन गरिएको थियो । जसमा एकहजार मानिसमा जाडो मौसममा हृदयाघातको जोखिम बढी भएको पाइएको थियो ।
यसैगरी मुसामा गरिएको अर्को अनुसन्धानले जाडोमा रक्तनलीको लेयर बढ्ने र मुटुको नशा पनि मोटो हुने भएकाले रगतको आपूर्ति कम हुँदा हृदयाघात हुनसक्ने देखाएको थियो ।
जाडो मौसममा रगतमा कोलेस्टेरोललगायतका रिस्क फ्याक्टरको मात्रा बढ्ने कुरा प्रमाणित नै भएको छ । त्यसैले जाडो मौसम हृदयाघातको जोखिमपूर्ण मौसम मानिन्छ । त्यसैले जाडोमा मोटोपन घटाउने, सुगर नियन्त्रण गर्ने तथा कोलेस्टेरोल नियन्त्रण गर्नुपर्छ । चुरोटमा हुने निकोटिनले नशा खुम्च्याउँने भएकाले हृदयाघातको जोखिममा रहेका मानिसले चुरोट सेवन गर्नु हुँदैंन । यसले सानो आकारको मुटुको नशालाई बढी असर गर्छ । त्यसैले चुरोट सेवन गर्नेलाई जाडोमा हृदयाघात हुने सम्भावना बढी हुन्छ ।
हिउँ, चिसो हावा र कम तापक्रमले मुटु रोगीलाई बढी असर गर्छ । त्यसैले कम तपाक्रम हुने देशमा चिसोका बेला हृदयाघात भइसकेका वा जोखिममा रहेका मानिसलाई बाहिर नजाने सल्लाह दिइन्छ । धेरै चिसो तापक्रम हुने नर्वे, फिनल्याण्ड, रुसजस्ता मुलुकमा त ७० वर्ष उमेर काटेका मानिसलाई घरबाहिर ननिस्कन नै भनिन्छ । जाडो मौसममा मुटु रोगीमा हृदयाघात हुनुको अर्को कारण घाम लाग्ने र भिटामिन डीको कमी हुनु पनि हो । भिटामिन डीले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
विशेषगरी बिहानको समयमा हृदयाघात हुने सम्भावना बढी हुन्छ । बिहान उठ्ने बेलातिर र उठ्नेबित्तिकै हृदयाघात भएको पाइएको छ । चिसो हावा चलेको बेलामा झन् बढी हुन्छ । चिसो मौसममा फोक्सोसंबन्धी (सिओपिडी) का बिरामीलाई पनि हृदयाघात हुने सम्भावना बढी हुन्छ ।
मुटुको कुनै भागमा आकस्मिक रुपमा रक्तप्रवाह नहुँदा मुटुको मांशपेसीको मृत्यु हुन्छ, जसलाई हृदयाघात भनिन्छ । मुटुको मांशपेसीका तीन तह हुन्छन्– एपि कार्डियम (मुटुको बाहिरी भाग) मायो कार्डियम (बीचको भाग) र एन्डो कार्डियम (भित्री भाग) । यी तीन भागमध्ये कुनै पनि भागमा रगत सञ्चार नभएको खण्डमा हृदयाघात हुन्छ । तीनै भागमा रगत नपुग्ने भएमा सबैभन्दा खतरनाक हृदयाघात हुन्छ ।
यदि घरमा मुटुका रोगी छन् भने परिवारका सदस्यलाई बिरामी तथा रोगका बारेमा थाहा हुनु जरुरी छ । मुटु रोगी वा मधुमेहका बिरामीलाई बायातर्फको छाती दुख्ने समस्या सुरु भएमा तुरुन्त अस्पताल लैजानुपर्छ । अर्को कुरा हृदयाघातको जोखिममा रहेको मानिस वा उनका परिवारले इमर्जेन्सी औषधिका बारेमा पनि हल्का जानकारी राख्न जरुरी छ । जसले गर्दा अस्पतालसम्म लैजाने समय पाउँन सकिन्छ । हृदयाघात भएमा कार्डियाक मसाज दिने गरिन्छ । हृदयाघात हुँदा मुटु जथाभावी धड्किएको हुन्छ, जसलाई फिब्रिलेसन भनिन्छ । त्यसलाई ठीक ठाउँमा ल्याउँन छातीको देब्रेतर्फ एकमुक्का हानेर कार्डियाक मसाज गर्दा मुटुको चाल ठीक ठाउँमा आउँन सक्ने सम्भावना हुन सक्छ । तर त्यसका बारेमा सही ज्ञान हुनु जरुरी छ ।
हृदयाघात अकस्मात हुने भएकाले त्यसका लक्षणका बारेमा चनाखो हुनुपर्छ । छातीको बायातिर दुख्नु, छाती भारी हुने र दुखिराखेमा जोखिममा रहेका मानिस अस्पताल पुग्नुपर्छ । छाती दुख्नेसंगै पसिना आउँने, रिंगटा लागेमा हृदयाघात हुनसक्ने सम्भावनाको लक्षण हुन सक्छ ।
डा. अनिल भट्टराई, पिएचडी
मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर
किन हुन्छ हृदयघात ?
अप्रत्याशितरूपमा अपर्झट हुने, आपतकालीन व्यवस्थापन हुन नसके ज्यानैसमेत जान सक्ने र बाँचिहाले पनि जीवनभर परालम्बी र पराश्रित हुनुपर्ने तर जोखिम र कारकहरुको उचित निदान गरी हटाउन सके उल्ट्याउन पनि सकिने हुन्छ यो रोग। यसैका कारण संसारभर १ करोड ७५ लाख मानिस प्रत्येक वर्ष मारिन्छन्। मर्नेहरुमा पश्चिमेली भन्दा पूर्वेलीकै संख्या ज्यादा छ। जोखिम कारक तत्वहरु चिनेर समयमै जीवनशैली परिवर्तन गरी अमेरिका, क्यानडा, फ्रान्स र अस्ट्रेलियाका रोगीले २५ वर्षमा यो रोगको महामारीलाई ५० प्रतिशतले, फिनल्यान्ड र जापानीहरुले ६० प्रतिशतले घटाएका छन् तर रोगका कारक तत्वहरुसँग अनभिज्ञ दक्षिण एशियाका सहरी जनसमुदायले भने यो रोगलाई ४०० प्रतिशतका दरले बढाएका छन्।
उल्ट्याउन नसकिने कारण
१) उमेर :- ३० वर्ष उमेर पार गरेछि धमनीहरुमा स“ाघुर्याोउने समस्या स्वस्थ व्यक्तिमा पनि सुरु हुन्छ र ४० वर्ष कटेपछि सबैलाई जोखिममा जाक्छ।
२) पुरुष लैंगिकता :- हृदयघातका ८० प्रतिशत घटना पुरुषमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्छन्। महिलालाई आस्ट्रोजान नामक हारमोनले र नारी व्यक्तित्वले हृदयघातबाट बचाउने वैज्ञानिक दावी छ तर महिनावारी सुकेका, पाठेघर तथा डिम्बाशयका अपरेसन गरेका गर्भ निरोधक चक्की खाने र धेरैचोटि गर्भपात गराएका महिलालाई पुरुषबराबर नै हृदयघात हुने जोखिम रहन्छ।
३) पारिवारिक इतिहास :- हृदयघात अनुवंशिक रोग पनि हो। हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुव्ला पातला भए पनि उनीहरुको कलेजोले प्राकृतिकरूपमै धेरै कोलेस्टेरोल बनाउने भएकाले हृदय रोग लाग्छ।
उल्ट्याउन सकिने कारण :
१) उच्च रक्त संयुक्त कोलेस्टेरोल :- कोलेस्टेरोल रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो। शरीरलाई चाहिने तत्व भए तापनि यसको रक्त मात्रा सामान्य (२०० मिग्रा/डेली) भन्दा ज्यादा भएमा धमनी साँघुर्यातउने आथेरोस्क्लेरोसिस् भन्ने रोग लाग्छ। माछा, मासु, अण्डा, दूध, दही, क्रिम, मख्खन, चीज, बटर, नौनी जस्ता प्राणीजन्य चिल्लोमा मात्र कोलेस्टेरोल पाइन्छ। वनस्पतिजन्य चिल्लोमा पाइदैन।
२) उच्च रक्त एलडिएल कोलेस्टेरोल :- यो कोलेस्ट्रोलले बोक्ने लिपोप्रोटिन हो। यसलाई खराब कोलेस्ट्रोल पनि भनिन्छ। खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यति नै एलडिएलको मात्रा बढ्छ। ज्यादा भएको एलडिएल चाँडै अक्सिडाइज हुन गई प्लाक बनाउँछ। प्लाक बनाउनुका अलाबा यसलेेे रक्त नलीलाई रिल्याक्स गराउने इन्डोथेलियम डिराइभ रिल्याक्सिङ फ्याक्टरको उत्पादन कम गराएर नशाहरुलाई टाइट राखिरहन्छ र नशा साँघुर्यािउँछ।
३) उच्च भिएलडिएल कोलेस्ट्रोल :- यो लिपोप्रोटिनलाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउँछ। ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आएपछि यो एलडिएल बन्छ। बनेको एलडिएल प्रतिक्रियात्मक भई मुटु रोग लगाउँछ।
४) उच्च रक्त ट्राइग्लिसिराइड :- ट्राइग्लिसिराइडलाई बोलचालको भाषामा खाने तेल भनिन्छ। पाचनपश्चात ट्राइग्लिसिराइड फ्याटी एसिड र ग्लिसरालमा परिवर्तित हुन्छन्। यी फ्याटी एसिड अनस्याचुरेटेड, स्याचुरेटेड र ट्रान्स फ्याटी एसिडका रूपमा शरीरमा अवशोषित हुन्छन्। हृदय स्वास्थ्यका लागि पोली अनस्याचुरेटेड फ्याटलाई अलि राम्रो भने पनि स्याचुरेटेड र ट्रान्स फ्याटी एसिड मुटुका लागि अत्यन्त हानिकारक मानिन्छन्। सबै वनस्पति घ्यु (हाइड्रोजेनेटेड फ्याट) र रिफाइन्ड घ्यु तेल, स्याचुरेटेड फ्याट हुन्। तेलको अति तथा अप्राकृतिक उपयोग पनि मुटु रोगको कारण बन्न पुग्छ।
५) निम्न रक्त एचडिएल कोलेस्ट्रोल :- यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ। यसले फ्रि कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मद्दत गर्छ र मुटु रोग लाग्नबाट बचाउँछ।
६) उच्च टोटल कोलेस्ट्रोल र एचडिएल अनुपात :- यो अनुपात मुटु रोगको महत्वपूर्ण सूचकांक हो। यो अनुपात ज्यादा भएमा मुटु रोगको उच्च जोखिम रहन्छ।
७) उच्च रक्तचाप :- रक्त नलीमा रगत बग्दा रगतले रक्त धमनीहरुमा दिएको अतिरिक्त दबाबलाई रक्तचाप भनिन्छ। लामो समयसम्म रगतले रक्त नलीको भित्तामा दबाब दिँदा धमनीहरुको भित्री पत्र (इन्डोथेलियम) क्षतिग्रस्त भई उक्त भागमा कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रुत गतिमा हुन पुग्छ।
८) मधुमेह :- मधुमेह हुँदा बढेको ग्लुकोजले स–साना रक्तनलीलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता कम गरिदिने हु“दा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मद्दत गर्छ। यसो हु“दा रक्तनलीहरुमा चाँडै बोसो जमी हृदय रोग लाग्छ।
९) मोटोपन :- भोजनबाट प्राप्त वा शरीरमा आफैं बनेको चिल्लो पदार्थ ऊर्जामा परिवर्तित हुन नसकी तौल बढी बडी मास सूचांक ३० के.जी प्रति वर्गमिटर भन्दा धेरै भएको अवस्थालाई मोटोपन भनिन्छ। मोटोपन भएकाहरुको बोसो तन्तुले र एडिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्छ जसलाई मुटु रोगको कारक मानिन्छ।
१०) निष्त्रि्कय जीवन :- मुटु रोगले श्रम र व्यायाम नगरी निष्त्रि्कय जीवन जीउनेहरुलाई ज्यादा मन पराउँछ। फलतः मुटु रोग चाँडै लाग्ने सम्भावना रहन्छ आदि।
केन्द्रीय सदस्य, हृदय रोग निवारण प्रतिष्ठान
हृदयाघात कसरी हुन्छ ?
कोरोनरी आर्टरीभित्र रक्तप्रवाह अचानक बन्द भएमा हृदयाघात हुन्छ । समयमै पुनः रक्तप्रवाह नभएमा उक्त कोरोनरी आर्टरीबाट रक्तसञ्चार हुने मुटुको मांसपेशी मरेर जान्छ । यस्तो भएमा असर परेको मुटुको उक्त भागले काम गर्न छाड्छ र मुटु सधैंका लागि कमजोर हुन जान्छ ।
तर, अत्यन्तै डरलाग्दो अवस्था त्यो बेला उत्पन्न हुन्छ, जब अचानक रक्तसञ्चारमा अवरोध भएर मुटुभित्र रसायनको अस्थिरता हुन्छ । यसले मुटुको चालमा परिवर्तन ल्याउँछ । यसलाई एरिद्मिया भनिन्छ । यसले गर्दा मुटुको चाल अत्यन्तै कम वा बढी भएर बिरामीको अचानक मृत्यु हुन सक्छ । विभिन्न अध्ययनका अनुसार हृदयाघात भएको आधाभन्दा बढी मानिसको मृत्यु अस्पताल पुग्नु अगावै भइसक्छ । हृदयाघात भएको पहिलो २४ घण्टा ज्यादै जोखिमपूर्ण मानिन्छ । किनभने अत्यधिक मृत्यु २४ घण्टाभित्रै हुनेगर्छ ।
हृदयाघात भएको कसरी थाहा पाउने ?
हृदयाघात अकस्मात हुने रोग भएकाले छाती दुख्ने तथा यससंग संबन्धित अन्य लक्षण पनि अचानक नै सुरु हुन्छन् । छातीको बीच भागमा वा बायाँतिर दुख्नु वा पोलेको जस्तो अनुभव हुनु, छातीमा दबाब महसुस गर्नु वा मन्द मन्द दुखिराख्नु जस्ता लक्षण देखा पर्न सक्छन् । छाती दुख्नुको संगै अरु लक्षण जस्तै, पसिना आउनु, वाकवाकी लाग्नु, उल्टी हुनु, डर लाग्नु, छटपटी बढ्नु, मुटु ढुकढुक हुनु, रिंगटा लाग्नु आदि समस्या छन् भने हृदयाघात भएको सम्भावना झन् प्रबल हुन्छ ।
हृदयाघातका कारण भएका बिरामीमा यस्ता लक्षण देखिनासाथ यथाशिघ्र आकस्मिक सुविधा भएको अस्पताल पु¥याई इसिजि गराइहाल्नुपर्छ । लक्षणको आधारमा हृदयाघातको शंका भएका एस्प्रिन औषधिको ३०० मिग्रा घरमै दिन मिल्छ ।
हृदयाघातको सुनौलो घण्टा (गोल्डेन आवसर)
हृदघात भएको बिरामीले छाती दुखेको १२ घण्टाभित्रै अस्पताल पुग्नुपर्छ । आवश्यक उपचार समयमै पाउँदा बन्द भएको रक्तनलीमा पुनः रक्तसञ्चार हुने सम्भावना बढी हुन्छ । रक्तप्रवाह समयमै पुनः सञ्चालन भएमा मुटुका मांसपेशी निष्कृय हुनबाट जोगिन्छन् । छाती दुखेको ३ घण्टाभित्र अस्पताल पुगेर आवश्यक उपचार हुन पाएमा कोरोनरी आर्टरीमा रक्तप्रवाह गराउन सकिने सम्भावना बढी हुन्छ । छाती दुख्न थालेपछि जति चाँडो अस्पताल पुगेर उपचार गराउन सकिन्छ, त्यति नै धेरै मुटुको मांसपेशी जोगाउन सकिन्छ ।
छाती दुखेको १२ घण्टापछि रक्तप्रवाहलाई सुचारु गर्न सकिने सम्भावना कम हुन्छ । त्यसैले छाती दुखेको १२ घण्टापछि अस्पताल पुगेमा असर परेको मुटुको मांसपेशी निष्कृय भइसकेको हुन्छ । यस्तो अवस्थामा उपचार गरेर बन्द भैसकेको रक्तनलीलाई खोले पनि केही फाइदा नहुन सक्छ । त्यसैले छाती दुखेको २४ घण्टापछि अस्पताल पुगेर एन्जिओप्लास्टी गरेमा पनि फाइदा हुने सम्भावना न्युन हुन्छ ।
अस्पतालको इमर्जेन्सीमा गरिने जाँचहरु
हृदयाघातको शंका भएको बिरामीलाई तुरुन्तै इमर्जेन्सीको खाटमा सुताएर इसिजी गर्नुपर्छ । अस्पताल पुगेको १० मिनेटभित्रै उपलब्ध चिकित्सक वा मुटुरोग विशेषज्ञले इसिजि हेरिसकेको हुनुपर्छ । इसिजी बाहेक सामान्य रगतको जाँच र ट्रोपोनिन भन्ने रगतको जाँच पनि गरिन्छ । यो जाँचले चिकित्सकले हृदयाघात भएको वा नभएको पुष्टि गर्न सक्छन् । हृदयाघातको निदान विशेषगरी लक्षणका आधारमा र इसिजी या ट्रोपोनिनको रिपोर्टअनुसार गरिन्छ ।
हृदयाघातको प्रमुख उपचार
बन्द भएको कोरोनरी आर्टरीलाई खोल्नु र रक्तप्रवाहलाई पुनः सन्चालन गर्नु नै हृदयाघातको प्रमुख उपचार हो । रक्तप्रवाहलाई जति सक्दो चाँडो र पूर्ण रुपमा सञ्चालन गर्नु महत्वपूर्ण कदम मानिन्छ । बन्द भएको नलीलाई दुई तरिकाले खोल्न सकिन्छ । प्रथमः औषधि र दोस्रो एन्जिओप्लास्टी । कुन बिरामीलाई औषधि र कुनलाई एन्जिओप्लास्टी उपचार गर्ने हो, यसको निर्णय उपचारमा संलग्न चिकित्सकले धेरै कुरामा विचार गरेर गर्नुपर्ने हुन्छ।
एन्जिओप्लास्टी भन्नाले कोरोनरी आर्टरीमा तार छिराएर बेलुन र स्टेन्टको मद्दतले रक्तप्रवाह सुचारु गर्ने भन्ने बुझिन्छ । औषधिले आर्टरीमा भएको क्लटलाई पगालेर रक्त प्रवाह सुचारु गर्छ । दुवै तरिकाको आ–आफ्नै फाइदा र बेफाइदा हुने भएकाले उपचारमा संलग्न विशेषज्ञले नै आफ्नो बिरामीको लागि उपयुक्त तरिका छान्ने गर्छन् । तर, सुविधा भएको ठाउँमा एन्जिओप्लास्टी नै सर्वोत्तम उपचार मानिन्छ । कुनै कारणवश एन्जिओप्लास्टी गर्न नमिल्ने अवस्था भएमा बिरामीलाई औषधिद्वारा नै उपचार गरिन्छ ।
भइसकेपछि के–के सावधानी लिनुपर्छ ?
१) उपचारका बारेमा :- चिकित्सकको सल्लाहअनुसार नै औषधि खानुपर्छ । आफ्नै इच्छाले मात्र कम गर्नु, बढाउनु वा खाँदैं नखानुले अर्को हृदयाघात निम्त्याउन सक्छ । चिकित्सकको सल्लाहअनुसार इसिजी, इकोकार्डियोग्राफी र पोटासियमको जाँच समय समयमा गराइराख्नुपर्छ ।
२) शारीरिक गतिविधिका बारेमा :- शारीरिक गतिविधि सामान्य रुपले कति दिनमा गर्ने हो, सो कुराको जानकारी चिकित्सकसंग लिनुपर्छ । बिरामीले बिस्तारै बिस्तारै प्रतिदिन गतिविधि बढाउँदैं लैजानुपर्छ र लगभग २, ३ हप्तापछि अफिस जाने या सामान्य कार्य गर्न सक्नेहुन्छ । हेभी एक्सरसाइज गर्नुहुँदैंन । यसका बारेमा आफ्नै मुटुरोग विशेषज्ञसंग छलफल गर्नुपर्छ ।
३) यौनक्रिया र गाडी चलाउनेबारे :- यौनक्रियामा संलग्नता र गाडी चलाउने काम ३ हप्तापछि गर्न मिल्छ । तर, यसबारे पनि डाक्टरको सल्लाह लिनुपर्छ ।
४) खानाका बारेमा :- खानामा नुन, चिनी र चिल्लो कम गर्नुपर्छ । सागपात र फलफुल बढी खानुपर्छ । खाना खाएपछि तुरुन्तै हिड्नु हुँदैंन । खाना थोरै–थोरै बरु धेरैपटक खान मिल्छ । मुटु रोगीले दिउँसो खाना खाएपछि एकछिन भएपनि सुत्नु वा आराम गर्नु जरुरी छ ।
५) धूमपान र मदिरा सेवनका बारेमा :- हृदयाघात भइसकेका व्यक्तिले एउटासमेत चुरोट सेवन गर्न मिल्दैन । अरुले सेवन गरेको धुवाँले पनि नराम्रो असर गर्छ ।
-डा. ओममूर्ति अनिल
साभारः नागरिक र ईखबर