दशकअघि आफ्नो बारीमा तरकारी खेती सुरु गर्दा फुलेक ९ चित्रेका ४३ वर्षीय
किसान श्याम गुरुङसँग १ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति थिएन। तरकारीको
व्यावसायिकखेती सुरु गरेको यस अवधिमा उनले १ करोडभन्दा बढीको सम्पत्ति
जोडेका छन्। उनी आफ्नो उत्पादन आफैं भारतीय बजार कलकत्तासम्म पुर्याउँछन्।
मुस्किलले खान, लगाउन पुग्ने गुरुङको परिवार अहिले जिल्लाकै नमुना किसानमा
गनिन्छ।
एक वर्षमै करोडौंको तरकारीको कारोबार हुने यो गाउँमा सुरुमा उनको झुप्रो घर थियो। लुगाफाटो पनि पुर्याएर लगाउनुपर्ने। गाउँलेहरू परम्परागत रूपमा गरिँदै आएको मकै र आलुखेतीमा विश्वास राख्थे। गरिबी र अभावले जकडेका बेला उनी आफैंले नयाँ सोच निकाले तरकारीखेती गरेर परविारको गुजारा चलाउने। त्यही साल खेती गरेको बेमौसमी बन्दा, काउली, मूला र रायोको सागले राम्रै आम्दानी दियो।
त्यसपछि परिवारै व्यावसायिक बेमौसमी तरकारी खेतीमा लाग्यो। 'त्यसबेला मेरो के थियो र?' बारीमा बन्दाको झार उलेख्दै गरेका गुरुङले भने, 'खान, लगाउन मुस्किल थियो। तरकारीले नै यहाँसम्म ल्याइपुर्यायो।' उनीसँग अहिले तरकारी बोक्ने ट्याक्टर र ट्रक छन्। इटहरीमा घडेरी छ। पहाडमा टिनले छाएको घर छ। तरकारी खेतीका लागि प्रशस्त जमिन छ। वर्षमा १० लाखको हाराहारीमा आफैंले उब्जाएको तरकारी बिक्री गर्छन्। जीवन सानसँग बितेको छ।
धनकुटा मूर्तिढुंगा ९ का ५४ वर्षीय जगत काफ्ले १५ वर्षअघि जंगलमा गाउँलेको आरा काट्ने काम गर्थे। यस कामले परिवार पाल्न मुस्किल परेपछि उनले पनि पाखोबारीमा व्यावसायिक रूपमा बन्दाको खेती सुरु गरे। त्यसताका ड्याङ बनाएर बीचमा बन्दा, वरिपरि मूला र रायोकोसँग रोप्दा राम्रैसँग फाइदा भयो। एउटै जमिन, हावापानी र समयमा बेग्लाबेग्लै प्रजातिका तरकारी खेती गर्दा एउटाको मूल्य घटे पनि अर्कोले राम्रै भाउ पाउने हुँदा कहिल्यै नोक्सान बेहोर्नु परेन। 'मिसि्रत तरकारीखेती गर्दा कहिल्यै नोक्सान हुँदैन,' तरकारीखेतीको फाइदाबारे बताउँदै काफ्लेले भने। धरान-धनकुटा हुँदै सिंधुवा बजारसम्म भर्खरै गाडी आउन थालेको थियो। सिंधुवा-वसन्तपुर सडक खन्ने काम हँुदै थियो। त्यसताका सिंधुवा बजारबाट नुन पिठ्युँमा बोकेर वसन्तपुरमा ल्याएर समेत उनले बिक्री गरे। हप्तामा एक दिन हुने त्यो व्यापारबाट समेत सुखले परिवार पाल्न नसकेको पीडालाई यही तरकारी खेतीले भुलाइदिएको छ। अहिले उनीसँग दुईवटा ट्रक छन्। झापामा एक बिघा खेती छ। पहाडमा बन्दा खेतीका लागि ३० रोपनीभन्दा बढी जग्गा जोडेका छन्। फुलेक ९ चित्रेका अर्का किसान होम रायमाझीको सफलताको कथा उस्तै छ। बेमौसमी तरकारी खेती सुरु गरेको १२ वर्षमा तीनवटा गाडीका मालिक बनेका छन् उनी। तरकारी खेतीबाट भएको आम्दानीले उनले ट्रक, ट्याक्टर र मोटरसाइकल जोडेका हुन्। खेतीका लागि जग्गा जमिन प्रसस्त किनेका छन्। दुःखले परिवार पाल्ने यी किसान परिवारलाई तरकारी खेतीले छोटै समयमा लाखौंको मालिक बनाएको छ। तरकारी खेतीबाट पहाडको लेकमा लखपति हुने किसानको सूची लामो छ।
बमौसमी तरकारीमा लागेका यहाँका प्रत्येक किसानले सिजनमा २ लाखदेखि १३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको किसान रायमाझीले बताए।
बेमौसमी तरकारी खेती यति सजिलै किसानको जीवनमा कायापलट ल्याउने माद्यम बनेको भने होइन। यसका लागि किसानले मिहिनेत गरेका छन् नै, आफ्नो उत्पादन आफंै बजारमा पुर्याउँछन्। व्यापारीले आफ्नो उत्पादन थोरै मूल्यमा खरिद गरी धेरै नाफा खाएर बिक्री गर्ने गरेकाले किसानले आफ्नो उत्पादन तिनलाई नदिने निर्णय गर्दै सहकारी संस्था स्थापना गरे। जसले यस क्षेत्रमा उत्पादन हुने तरकारीलाई सीमापार सोझै भारतीय बजारमा पुर्याउने काम गरिरहेको छ। सहकारी संस्थामार्फत तरकारी बिक्री गर्दा तौलमा नठगिने र मूल्य बढी पाइने गरेको किसानको भनाइ छ। सहकारीमार्फत नै किसान मल, बीउ, विषादी ल्याउँछन्। कृषि विकास कार्यालयले प्राविधिक सेवा उपलब्ध गराएको छ। अहिले यस क्षेत्रका किसानको मुख्य पेसै तरकारी खेती भएको छ। किसानको उत्साह, मिहिनेत र आम्दानी देखेर कृषि विकास कार्यालयले तरकारी पकेट क्षेत्र घोषणा गरेर सघाइरहेको वरिष्ठ कृषि प्रसार अधिकृत सत्यदेव मण्डलले बताए।
तेह्रथुमसहित धनकुटा र संखुवासभाका हजारौं किसान व्यावसायिक बेमौसमी तरकारी खेतीमा लागेपछि डेढ दशकको अवधिमा कायापलट भएको हो। यी किसानको जीवनशैलीमा अहिले परिवर्तन आएको छ। धनकुटाको सिंधुवाको बाटो भएर दैनिक २५ ट्रक हरियो ताजा तरकारी भारतीय बजारतर्फ जाने गरेको सिंधुवा बहुउद्देस्यीय सहकारी संस्थाले जनाएको छ।
साउन महिनाको पहिलो साताबाट कात्तिकको अन्त्यसम्म बन्दा, काउली, मूला, आलु, साग, खुर्सानीलगायतका तरकारी कारोबार हुने यी जिल्लाका १५ गाविसमा तीन महिनाको अवधिमा २० करोड भारतीय रुपैयाँ भित्रिन्छ। पहाडका गाउँमा तरकारीले भारतीय मुद्रा भित्र्याउन ठूलो सहयोग पुर्याएको धनकुटाको सिधुवामा रहेको सिंधुवा कृषि भण्डारका प्रबन्ध निर्देशक मेघेन्द्र गुरुङले बताए।
'सामूहिक व्यवस्थापन' नारा दिएर भण्डारको व्यवस्थापनमा तेह्रथुमसहित संखुवासभा र धनकुटाको १५ बढी गाविसको तरकारी भारतीय बजार सिलगुढी र कलकत्तासम्म पुग्ने गरेको प्रबन्ध निर्देशक गुरुङले बताए। तेह्रथुमका वसन्तपुर, सुङनाम, फुलेक, हमरजुङ, आङदिम, संखुवासभाको तामाफोक र धनकुटाको मुर्तिढुंगा, मारेककटहरे, परेवादिन, सान्ने, पाख्रीवास, भिरगाउँ, तेलीयालगायतका सडक दायाँबायाँका गाविसको तरकारी बारीबाट टिपेको दिनमा नै भारतीय बजारमा पुग्छ। किसान भारु पैसा थापेर र्फकन्छन्।
तरकारीको व्यावसायिक खेतीमा तीन जिल्लाका २० हजारभन्दा बढी किसान संलग्न छन्। सहकारी संस्थामा आबद्ध भएर तरकारी खेतीमा लागेका किसानको संख्या १५ हजार नाघेको छ। पहिले नेपालका पूर्वी तराईका बजारमा मात्र खपत हुने तरकारी किसान आफैंले सीमापार बजार खोजेका हुन्। किसान बारीबाटै भारतीय बजारमा बन्दाको मूल्य बुझ्छन्।
साभार : कान्तिपुर
प्रकाशित मिति: २०७१ भाद्र ४