यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !

सम्भोगमा सन्तुष्टि प्राप्त गर्ने १० सूत्र

यौन मानवीय जीवनको अनिवार्य आवश्यकता हो । यौन जीवन जति आनन्ददाय हुन सक्यो मानिसको वैवाहिक जीवन पनि उत्तिकै सुखमय हुन्छ । तसर्थ, सम्भोगमा संलग्न हुने पुरुष महिला दुवैले यसका बाट चरम सन्तुष्टि लिनका लागि केही कुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ । सम्भोग समझदारीको विषय पनि हो । यस बेला एकअर्कालाई राम्रोसँग बुझ्न सके दुवैले उत्तिकै आनन्दअनुभुति गर्न सक्छन् । सम्भोगमा सन्तुष्टि लिने दश सूत्र निम्न अनुसार छन ।

१. सम्भोग गर्नुपूर्व नुहाउँनुस्, ब्रस गर्नुस् र सफा कपडा लगाउँनुस् ।

२. स्त्रिलाई पाकक्रिद्धारा एकदमै उत्तेजित बनाउँनुस् । स्त्रिको मनोविज्ञान ख्याल गर्न सके उसको अधिकारको सम्मान गरेको ठहरिन्छ । यसले दुवैलाई चरमसुख अनुभव गर्न सहयोग गर्छ ।

३. सम्भोग गर्नपूर्व गालामा, ओठमा र तिघ्रामा क्रमशः चुम्बन गर्नुहोस् । स्त्रीको कुनै पनि अंगलाई उपेक्षा नगरी छातीमा टाँसिएर प्रेम प्रकट गर्नुहोस् ।

४. स्त्रीले सबैभन्दा बढी आनन्द अनुभव गर्ने भनेको पाकक्रिडा र विर्यस्खलको बेला कसिलो अंगालोमा बाधिदा हो । यसबेला उनीहरुले आफूलाई विर्सन्छन् । त्यसैले स्त्रिलाई कसिलो अंगालोमा बाध्न नबिर्सनुहोस् ।

५. एकअर्कालाई उत्तेजित पार्न औलाहरु र जिब्रोको प्रयोग उत्तम हुन्छ । यस क्रममा पुरुषले स्त्रिको प्रशंसा गर्न विर्सनुहुँदैन् ।

६. स्खलित भएपछि योनीबाट लिंग झिक्न हतार नगर्नुहोस । विस्तारै छेउतिर आड लाग्नुहोस् । त्यसबेला स्त्रिको अनुहारमा देखिने तृप्ति तपाइलाई असाध्यै प्रिय लाग्नेछ ।

७. सम्भोग पश्चात सिधै पानी पिउनु हुँदैन । यसले मृगौला कमजोर बनाउँन सहयोग गर्छ ।

८. सम्भोग गर्नुअघि उकुस मुकुुस हुने गरी खानु राम्रो होइन । यसले शरिरलाई असज बनाउँछ ।

९. उपवास वा भोजनपछि तत्काल संम्भोग गर्नु राम्रो होइन । यसो गर्दा ढाड दुख्ने, जाँगर हराउने र दृष्टि कमजोर हुँदै जाने हुनसक्छ ।

१०. अति संम्भोग नगर्नुस्, यसले शरीर क्षीण बनाउँदै लैजान्छ । स्वस्थ यौन जीवन विताउँनको लागि प्रशस्त मात्रामा पौष्टिक आहारा उपयुक्त हुन्छ ।

यौन शक्ति बढाउने ८ मुख्य उपाय

१. खुट्टाको पाइताला भुइँमा टेकेर फूर्तिले बस्नुस् र उठ्नुस् । यस प्रकार प्रतिदिन ५० देखि १०० सम्म डण्ड बैठक लगाउने अभ्यास गर्नुस् । यसले कम्मर र खुट्टा बलियो हुन्छ, वीर्यको शुद्धि र वृद्धि हुन्छ । बुढेसकालमा पनि घुँडाहरूमा दुख्ने व्यथा हुँदैन। उमेर ढलिसके पनि तपाईं सम्भोगमा वेगपूर्ण धक्काहरू सरलतापूर्वक बिनाथकाइ लगाउन सक्नुहुन्छ ।

२. यसै प्रकार सम्भोगको स्थिति जस्तो भएर भुइँमा सुती घचेट्नुस्, अगाडि तान्ने अभ्यास गर्नुस् । ५० बाट बढाएर विस्तारै(विस्तारै ५०० सम्म धक्काहरू रोजै लगाउने अभ्यास गर्नुस् । यसको प्राक्टिसले बुढेसकालमा पनि वेगपूर्ण मैथुन गरेर स्त्री तृप्त गर्न सक्नुहुन्छ ।

३. सिद्धासन अथवा पद्मासनमा बसेर योनीमण्डललाई पुनः पुनः क्रमैले खुम्च्याउने र फैलाउने क्रियालाई आश्विनी मुद्रा भनिन्छ । यो मुद्रा (क्रिया) प्राणको उत्थान र कुण्डलिनी शक्तिलाई जागृत गर्नमा सहायक हुन्छ । वीर्यबाहिनी स्नायुहरूलाई बलियो गर्छ।

४. अपानलाई माथि तानेर गुदालाई संकुचित गर्दै गुदा र लिङ्ग स्थानको रन्घ्रलाई बन्द गर्ने क्रियाको नाम मूल्यबन्ध हो, देब्रे खुट्टाको कुर्कुचोलाई गुदा र लिङ्गको मध्य भागमा दृढताले थिचेर गुदालाई खुम्च्याई जनेन्द्रीय स्थान अर्थात् गुदा र लिङ्गको बीचको केन्द्र स्थानलाई दृढतापूर्वक विस्तारै(विस्तारै माथितिर तानेर राख्ने क्रियालाई मूलबन्ध भन्दछन्। विचारणीय कुरा के छ भने अपान वायुमा उत्तेजना भएर नै कामोत्तेजना हुन्छ र यसको शिथिलताले नै युवा व्यक्ति पनि नपुंसक भएर जान्छ।

५. अर्कै आसनमा यसरी उभिनुस् कि तपाईंका नितम्बहरूको किनाराको मासु आपसमा टाँसियोस्। फेरि सास तानेर गुदालाई माथितिर तानेर राख्नुस् र साथसाथै लिङ्गोत्पादक पेशीहरूको सहाराले लिङ्गलाई माथितिरत श्वासद्वारा तानी रहनुस्। गुदा र लिङ्गको यस प्रकार आंकुचित राख्दै लामो र विस्तारै सास लिएर पेटलाई जतिसके फुलाउने र खुम्च्याउने गरे त्यत्ति नै राम्रो हुन्छ। यस क्रियालाई उभिएर या सुतेर दुवै विधिद्वारा अभ्यास गर्नुहोस्। यी क्रिया रोजै बिहान र बेलुकी ५ मिनेटबाट सुरु गरेर १५(२० मिनेट गर्ने अभ्यास गर्नुपर्छ। जब यस क्रियामा राम्ररी नियन्त्रण गरी लिनुहुन्छ भने यस क्रियालाई खुट्टाको औँलाहरूको बलले उभिएर गर्नुपर्छ र साथै तिम्राको मांसपेसीहरूमा पनि संकोचन गर्ने अभ्यास गर्नुपर्छ।

६. स्त्री सहवासमा जब वीर्यपातको समय आउने जस्तो लागेमा, जब सम्भोगको बेला लिङ्गमा फरफराए जस्तो महसुस भएमा वीर्य विचलित भइरहेको छ, वीर्य स्खलन हुनेवाला छ। यस प्रकार जब लिङ्गद्वारा पुरुषलाई स्त्रीको योनीमा फरफराउने जस्तो आभास भएमा यो सम्झनुपर्छ कि स्त्री स्खलित भइरहेकी छिन्। त्यसबेला दीर्घ सास लिएर वीर्यलाई बलपूर्वक माथि तान्नुस्। यसो गर्नाले वीर्य आफ्नो स्थानमा फर्केर आउँछ। अतः जहिले पनि सम्भोग समयमा लिङ्गमा धड्कन जस्तो महसुस भएमा तुरुन्त नै सम्भोग रोकेर दीर्घ सास लिएर वीर्यलाई आकर्षण गरिहाल्नुस्। यसो गर्नाले पुरुष त स्खलित हुँदैन तर स्त्री अवश्य पनि पटक पटक स्खलित हुन्छिन् र पुरुषको लिङ्ग नरम पनि हुँदैन। याद राख्नुस्, स्त्रीलाई पहिलो पटक स्खलित हुनलाई बढी समय लाग्छ तर दोस्रो, तेस्रो पटक छिट्टै स्खलित हुन्छिन्।

७. सम्भोगको समयमा पुरुषले दीर्घसास लिने बानी बसाल्नुपर्छ। नाकबाट नै सास लिने र फाल्ने गर्नुपर्छ। सम्भोगको समयमा मुखले सास लिएमा तुरुन्त वीर्यपतन हुने सम्भावना हुन्छ। सम्भोगको समयमा पुरुषको सास जति विस्तारै र दीर्घ (लामो) हुन्छ, त्यति नै सम्भोगकाल बढेर जान्छ। यदि यस किसिमको प्राणायमको विधिबाट सम्भोग गर्नुहुन्छ भने पुरुषमा स्तम्भन शक्ति बढेर जान्छ र थकाइ पनि लाग्दैन।

दैनिक यौनसम्पर्क राख्दा पनि गर्भ नरहनुको कारण

सम्भोग पश्चात् हुने वीर्य स्खलनमा शुक्राणुको मात्रा करिव ५० प्रतिशत हुने अनुमान गरिएको छ । वीर्यमा शुक्राणुको मात्रा प्रति मिलिमिटर साढे सात करोडसम्म हुनु पर्दछ ।

कसैको करोडप्रति मिलिमिटर पनि हुन सक्छ । यसमा केही करोड तल–माथि परिरहेकै हुन्छ । वीर्य उत्पादन हुने मुख्य स्थान भनेको वीर्य ग्रन्थी नै हो भने शुक्राणु उत्पादन हुने स्थान अण्डकोष हो । अण्डकोषमा शुक्राणुहरु उत्पादन भएर शुक्रकिट नली हुँदै वीर्य ग्रन्थीमा मिसिन आइपुग्दछ । यस प्रकार वीर्य ग्रन्थीमा आइपुगेका शुक्रकिटहरु सम्भोग पश्चात् वीर्य स्खलन हुँदा सँगै स्खलित हुन्छन् ।

यसमा सम्झिनु पर्ने कुरा के छ भने वीर्य एक किसिमको चिल्लो पदार्थ मात्र हो भने शुक्राणु आँखाले देख्न नसकिने शुक्रकिट हो । स्खलन हुँदा शुक्राणु वीर्यसँगै मिसिएर आउन पायो भने मात्र महिलाले गर्भधारण गर्न सकिन्छ शुक्रकिट चाहिं आएन, केवल वीर्य मात्र स्खलन भयो भने गर्भको सम्भावना नै हुँदैन । शुक्राणु हुँदाहुँदै गर्भधारण हुन सक्छ भन्ने छैन । यसको क्षमता र गतिशीलताको पनि उत्तिकै प्रभाव परेको हुन्छ । यसमा शुक्राणु उत्पादन हुँदा कसरी प्रभाव परिरहेको हुन्छ भन्ने विषयमा उल्लेख गर्न लागिएको छ । अण्डकोषमा शुक्राणु उत्पादन हुने क्रमलाई प्रभाव पार्ने केही फरक तत्वहरु छन् । सर्वप्रथम अण्डकोषमा विकिरणको प्रभाव पर्‍यो भने शुक्राणु उत्पादनमा ह्राश आउन सक्छ ।

जस्तो अनावश्यक रुपमा धेरै एक्सरे गर्नु, क्यान्सरका लागि प्रयोग गरिने केमोथेरापी तथा किटनाशक औषधिको अत्यधिक प्रयोगबाट पनि अण्डकोषमा हुने शुक्राणु उत्पादनमा प्रभाव पर्न सक्छ । त्यस्तै, नशालु औषधिको सेवन मद्यपान तथा धुम्रपानले पनि शुक्राणुको उत्पादनमा असर पार्दछ । किटनाशक औषधिले पार्ने असर अस्थायी मात्र हुन्छ । यसको संसर्गमा नआएपछि स्वतः असर कम हुँदै जान्छ । तर नशालु पदार्थ तथा धुम्रपान, मद्यपानको सेवनबाट पार्ने असर भने दीर्घकालीन रुपमा हुन सक्छ ।

 जो मानिसले यस्ता व्यवहारिक कुराहरु बुझेका छैनन् भने बुझेका मानिसले नबुझेका मानिसलाई परामर्श दिनु पनि कर्तव्य हो । हेरोइन, मरफिन जस्ता नशालु औषधिको प्रयोगले पुरुष हारमोन टेस्टोस्टेरोनको स्तरलाई घटाउँछ । रेस्टोस्टेरोनको स्तर घट्नुको अर्थ भनेको प्रत्यक्ष मात्रामा शुक्राणु उत्पादन घट्नु हो । मादक पदार्थ सेवनको लत बसिसकेपछि पनि यो समस्या उत्पन्न हुन सक्छ । यसको ठीक विपरीत धुम्रपान गर्नेहरुमा भने वीर्यमा शुक्राणु धेरै कठिनपूर्वक मात्र तैरन सक्छ नत्र कत्रेर त्यतिकै बस्दछ ।

यस कारणले गर्दा शुक्राणुको गतिशीलतामा भारी कमी आउँछ । यस्तो अवस्थामा धेरै कम शुक्राणु मात्र उर्वरक हुन्छन् । धेरै ज्वरो आएको अवस्थामा सन्तान जन्माउने उद्देश्यले यौन सम्पर्क गर्नु पनि ठीक हुँदैन । शुक्राणुको संख्या घटाउने क्रममा मानसिक तनाव र असुरक्षाका भावनाले पनि निकै असर पुर्याइरहेको हुन्छ । शुक्राणुको उत्पादनमा असर पुर्याउने खालका अन्य अवस्थाका बारेमा कुरा गर्र्नु पर्दा प्रथमतः अण्डकोष ग्रन्थी जसको शुक्राणु उत्पादन गर्ने क्षमता नहुनु हो भने दोस्रोमा शुक्रकिट नलीमा अवरोध आउन सक्नु हो । परिवार नियोजन गरेको पुरुषहरुलाई गरिने स्थायी उपाय भ्यासेक्टोमी गर्दा पनि केवल शुक्राणु आउने शुक्रकिट नलीलाई मात्र काटेर बाँध्ने काम गरिन्छ ।

अण्डकोषको दुवै ठाउँबाट दुई वटा शुक्रकिट नलीहरु वीर्य ग्रन्थीसम्म पुगेका हुन्छन् । यी शुक्रकिट नलीको मुख्य काम शुक्राणुहरुलाई यसको बाटो हुँदै वीर्य ग्रन्थीसम्म पुर्याउनु हो । भ्याक्सेटोमी गर्दा यही शुक्रकिट नलीको बाटो भएर शुक्राणु जाने–आउने क्रमलाई बन्द गरिन्छ । शुक्रकिट नलीलाई बीचमा यसरी बन्द गरेपछि वीर्य ग्रन्थीमा शुक्राणु पुग्ने कार्य बन्द हुन्छ । अब सम्भोग गर्दा केवल वीर्य तरल पदार्थ मात्र सदाझैं स्खलन हुने काम हुन्छ र वीर्यसँगै शुक्रकिट भने हुँदैन । जसको कारण गर्भधारण हुन सक्दैन ।

पति–पत्नीले गर्भाधान अगाडि अपनाउनुपर्ने सतर्कता

गर्भधारण एउटा प्राकृतिक नियम हो । यो आदिम युगदेखि अनन्तदेखि चल्दै आएको प्रक्रिया हो । गर्भधारणभन्दा अगाडि आमाको स्वास्थ्य अवस्था, उमेर र शारीरिक तन्दुरुस्ती हेर्नु धेरै दृष्टिबाट उचित हुन्छ । महिलाको उमेर १८ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय पर्खिनु नै राम्रो हुन्छ । गर्भधारण आकस्मिक घटनाका रुपमा नभई योजनाबद्ध हुनु राम्रो हुन्छ । यसो भएमात्र आगन्तुक शिशुले राम्रो स्वागत पाउँछ र शिशुको शारीरिक र मानसिक विकास पनि राम्रो हुन्छ । ३५ वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चामा पनि विभिन्न विकृति आउने सम्भावना हुने भएकाले २० देखि ३० वर्ष भएका वेला बच्चा जन्माउनु राम्रो हुन्छ ।

३५ वर्ष नाघेका महिलाले बच्चा नजन्माउनु नै वेश हुन्छ । आमाको उमेर ३५ वर्षभन्दा बढी भएका अवस्थामा आमा र बच्चा दुवैलाई समस्या पर्न सक्छ । जब दम्पत्तीलाई अर्को बच्चाको इच्छा बढ्छ तब पत्नीले तीन महिनादेखि नै परिवार नियोजनका साधन जस्तैः खाने चक्की, डिपोप्रोभेरा सुई, नरप्लान्ट वा पाठेघरमा प्रयोग भएका साधन प्रयोग गर्न छाड्नुपर्छ । महिनावारी नियमित नभएसम्म पुरुषले कण्डोम प्रयोग गर्ने र महिनावारी नियमित भएपछि कन्डम प्रयोग गर्न छाड्दा गर्भ स्वस्थ रहन मद्दत पुग्छ । परिवार नियोजनका साधन प्रयोग गरिरहेका बेला गर्भ रहेमा बच्चा विकृत बन्न वा गर्भपात हुने सम्भावना हुन्छ । जन्मने बच्चा पनि अस्वस्थ र कमजोर हुन सक्छ ।

जसरी राम्रो बालीनाली होस् भनेर किसानले मल, जल र मौसम मिलाई खेतबारी खनजोत गरी उन्नत बीउ छर्दछ । त्यस्तै स्वस्थ र राम्रो बच्चा जन्माउन दम्पत्तिले पनि गर्भधारण गर्नु अगाडिदेखि नै पोसिलो खाना खानुपर्छ । पोषिलो खाना खाँदा पुरुषबाट निस्कने शुक्रकीट पुष्ट, शक्तिशाली, सक्रिय र स्वस्थ हुन्छ । त्यस्तै महिलाबाट निस्कने अण्डा पनि स्वस्थ हुन्छ । पाठेघरमा बच्चा बढ्ने राम्रो वातावरण बन्दछ ।

गर्भधारणको दुई तीन साताअगाडिदेखि नै पति–पत्नी दुवैले कफी, चुरोट, बिडी, सुर्ती, खैनी रक्सी र अन्य लागुपदार्थ खानुहुँदैन । यस्ता पदार्थको अति सेवन गरेमा रोगी बच्चा जन्मने बढी सम्भावना हुन्छ । गर्भधारणभन्दा दुई हप्ता अगाडिदेखि नै महिलाले निन्द्रा लगाउने, पेट पोलेमा कम गर्ने, ज्वरो निको पार्ने औषधि खानु हुँदैन । यसले गर्भपतन गराउने बढी सम्भावना हुन्छ । गर्भ रहिरहेमा यस्ता औषधिले गर्भे बच्चामा शारीरिक र मानसिक विकास राम्रो हुन पाउँदैन । जन्मदा बच्चाको तौल कम हुन्छ । मुख हातखुट्टा र अंगभंग भएको हुन सक्छ । जीउको खानेकुरा शोसेर राख्न शक्ति घट्छ ।
साभार: खबर जेपी 

महिनावारी सम्बन्धि अत्यावश्यक र जान्नै पर्ने कुराहरु


महिनावरी सम्बन्धी केही भ्रम र वास्तविकता :
महिलाहरु आफ्नो स्वास्थ्यका बारेमा जागरुक बन्दै गइरहेका छन् । यद्यपि हाम्रो समाजमा यौन तथा प्रजननको विषयमा महिलाहरु उतिसारो खुल्दैनन् । तथापि शिक्षा र चेतनाको विकाश सँगै यस बारेका अन्धविश्वास तथा गलत परम्परा वा मान्यताहरुमा परिवर्तन हुँदै आएको छ । प्रजनन उमेर समूहका महिलाहरुमा रजस्वला हुनु एक प्राकृतिक नियम हो । तर यहीँ रजस्वलाका विषयमा पनि विभिन्न खाले नकारात्मक मान्यताहरु छन् । रजस्वला बारेका केही मिथक र त्यसबारेको सत्य तथ्य कुराहरु यहाँ प्रस्तुत गरेका छौँ-

१) महिलाहरुमा सामान्यतया एक महिनाको समयमा महिनावारी हुन्छ । कतिपयले यस्तो महिनाबारी ठ्याक्कै २८ दिनमै हुनुपर्छ र नभएमा त्यो खतराको संकेत हो भन्ने ठान्छन् । तर यस्तो होइन । महिलामा महिनावारी चक्रमा निश्चित दिन नहुन सक्छ । कहिले बढि हुनसक्छ र कहिले कम । २८ दिन केवल औषत मात्र हो ।

२) कतिपयले महिनावारी भएको समयमा यौन सम्पर्क गर्दा कुनैपनि हालतमा महिला गर्भवती नहुने र त्यो समय पूर्णरुपमा सुरक्षित हुने ठान्छन् । तर सत्य के हो भने महिनावारी अनियमित हुने महिलाहरुको हकमा अण्डा उत्सर्जन जुनसुकै समयमा पनि हुनसक्छ । त्यसैले महिनावारी भएको बेला हुने यौन सम्पर्कबाट समेत गर्भ रहनसक्छ । तर नियमित रुपमा महिनावारी हुने महिलाको हकमा भने महिनावारी भएको सुरुका ७ दिन लगभग सुरक्षित हुने बताइन्छ ।

३) महिनावारीको बेला कम रगत बग्यो भने त्यस्ता महिलाको गर्भ रहादैन भन्ने गलत धारणा छ । तर त्यो सही होइन । रगतको मात्रा महिला पिच्छे फरक हुनसक्छ ।

४) महिनावारी हुनुपूर्व महिलालाई कुनैपनि पत्तो नहुने धारणा हुन्छ । तर त्यसो होइन महिनावारी हुनु ५ देखि ११ दिन पहिले देखि नै महिलामा अब महिनावारी हुँदैछ भन्ने खालका लक्षण देखा पर्छन् । त्यसमा टाउको दुख्नु, खुट्टा सुन्निनु, ढाड दुख्नु, पेट गडबड हुनु, स्तन फुल्नु वा ढिला हुनु लगायतका हुन् ।

५) किशोरावस्थामा महिलामा नियमित महिनावारी हुन्छ भन्ने छैन । किशोरीहरुमा कहिलेकाहीँ दुइ महिनासम्म पनि महिनावारी नहुन सक्छ र त्यसपछि मात्र महिनावारी हुनसक्छ । यो सामान्य प्रक्रिया हो र यसमा आत्तिइहाल्नुपर्दैन । तर उमेर बढेसँगै वा युवा अवस्थामा प्रवेश गरेसँगै महिनावारी नियमित बन्दै जान्छ । केही दिनको अनियमितताबाट खासै चिन्ता मान्नु नपर्ने भएपछि युवावस्थामा समेत महिनावारीमा अनियमितता भयो भने चिकित्सककोमा सल्लाह लिन जानुपर्छ ।

६) महिनावारी महिलामा एक प्राकृतिक, नियमित तथा स्वभाविक र गौरवको विषय हो । हाम्रो समाजमा अहिलेपनि यसलाई पूर्वजुनिको पाप, नछुने भएको अवस्था वा फोहोर अवस्थाको रुपमा लिने गरिन्छ । महिनावारी महिलाको लागि खुसीको कुरा हो र म प्रजननका लागि सक्षम छु भन्ने प्रमाण पनि हो । किशोरावस्थामा महिनावारीका कारण कतिपय स्कुले किशोरीहरुले मनमा डर, चिन्ता तथा निरासा समेत लिनुपर्ने अवस्था आउनसक्छ र कतिपय अवस्थामा हिनताबोध समेत आउँछ । त्यसैले यस्तो अवस्थामा अभिभावकले आफ्ना छोरीहरुलाई विशेष ध्यान दिनुपर्ने र पाका महिलाहरुले ख्याल गर्नु आवश्यक हुन्छ । यो समयमा पर्याप्त सरसफाइ, उपयुक्त व्यायाम तथा सन्तुलित भोजन आवश्यक हुन्छ ।

महिनावारी गडबडीको समस्या :
( नियमितरुपमा हुने महिनावारी सामान्य अवस्थाभन्दा अगाडि-पछाडि हुने र अधिक मात्रामा रगत बग्ने समस्या आएमा महिनावारी गडबडी भएको मानिन्छ। )
राजधानीको वीर अस्पतालमा महिनावारी गडबडीको समस्या लिएर थुप्रै महिला आउने गर्छन् । यो समस्या लिएर आउनेमध्ये सबैको समस्या एउटै जस्तो भए पनि प्रकार भने भिन्न-भिन्न हुन्छ । स्युचाटार, कलंकीकी मनिषा केही महिनादेखि समयअगावै महिनावारी हुने समस्या लिएर आएकी थिइन् भने डल्लुकी अप्सरा महिनावारी हुँदा अधिक मात्रामा रगत बगेर कमजोरी भएकीले अस्पताल आएकी थिइन् । यस्ता समस्या लिएर वीर अस्पतालमा मात्र नभएर पाटन अस्पताल, शिक्षण अस्पताल, प्रसूति गृहलगायत अन्य अस्पतालमा पनि आउने गर्छन् । यो महिलाहरुको आमसमस्याको रुपमा देखा परिरहेको छ ।

के हो महिनावारी गडबडी ?
कुनै पनि किशोरीहरुमा प्रजनन क्षमता प्राप्त भएको संकेतअनुसार नियमित महिनावारी सुरु हुने गर्छ । सामान्य अवस्थाको महिनावारी २१ दिनदेखि ३५ दिनको बीचमा हुने गर्छ । यसरी नियमितरुपमा हुने महिनावारी सामान्य अवस्थाभन्दा अगाडि-पछाडि हुनु र अधिक मात्रामा रगत बग्ने समस्या आएमा यसलाई महिनावारी गडबडी भएको मानिन्छ ।

वीर अस्पतालको परिवार नियोजन विभागमा कार्यरत वरिष्ठ गाइनोकोलोजिस्ट डा. शान्ति जोशी फरक किशोरी तथा महिलाहरुको फरक कारणले महिनावारी गडबडी हुन सक्ने बताउनुहुन्छ । उहाँका अनुसार यसरी विभिन्न कारणले महिनावारी नियमितरुपमै भए पनि अधिक मात्रामा रगत जाने र धेरै दिनसम्म रगत जाने समस्यालाई मेनोरेजिया भनिन्छ ।
मेनोरेजिया कुनै एक कारणले मात्र हुँदैन । कुनै पनि महिलाको कलेजो, मुटुमा खराबी आई उच्च रक्तचाप भएमा, थाइराइड ग्रन्थिले सामान्य अवस्थामा जसरी काम गर्न नसकेमा, साथै रक्तअल्पताको समस्या देखा परेमा र हेमोग्लोबिनको कमीले पनि रक्तसमस्या देखा पर्न सक्छ । त्यसैले धेरै दिनसम्म रगत बगेमा तुरुन्त सम्बन्धित विशेषज्ञसँग परामर्श लिनु आवश्यक छ ।

प्रसूति गृहकी निर्देशक तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लता वज्राचार्य धेरै महिलाहरुमा महिनावारी गडबडी समस्या देखा परी अस्पताल आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार समयभन्दा अगाडि नै रगत देखा पर्ने समस्याले ग्रसित भएका थुप्रै महिलाहरु परामर्शका लागि अस्पताल आउने गरेका छन् । यसरी समयअगाडि नै महिनावारी हुने समस्यालाई पोलिमेनोरिया भनिन्छ । यो समस्या विनाकारण नै देखा पर्ने गर्छ । यस्ता समस्या महिनावारी सुक्न लागेका, गर्भपतन गराएका किशोरी एवम् सुत्केरी महिलाहरुमा बढी मात्रामा हुने गर्छ ।
पोलिमेनोरिया समस्या महिलाको पिट्युटरी ग्रन्थिले आवश्यकताभन्दा बढी मात्रामा हर्मोन उत्पादन गरेमा हुने गर्छ । पोलिमेनोरिया भएका महिलालाई हर्मोनकै कारणले समस्या भएको हुनाले हर्मोनयुक्त औषधि सेवन गर्नु आवश्यक हुन्छ । डा. वज्राचार्यका अनुसार कहिलेकाहीँ महिलाको जननेन्द्रियको माथिल्लो भागको संक्रमणको कारण पनि महिनावारी गडबडी हुन सक्छ । यदि यसरी संक्रमणले महिनावारी गडबडी भएमा औषधि सेवन मात्र नभएर शल्यक्रिया गर्नुपर्ने अवस्थासमेत आउन सक्छ ।

त्यसै गरी अत्यधिक मोटोपना, मानसिक तनाव, अत्यधिक शारीरिक अभ्यास, पाठेघरको भित्री तहको क्षयरोग, इन्डोक्राइन ग्रन्थिमा गडबडी हुनुका साथै पाठेघरको मुखमा मासु पलाएमा पनि महिनावारी गडबडी हुन सक्ने विज्ञहरुको भनाइ छ । यस्तो अवस्थाको महिनावारी गडबडीलाई ओलिगोमेनिया भनिन्छ ।
महिनावारी गडबडी भएका कतिपय महिलामा समयमा महिनावारी त हुने तर रगत नबग्ने, हल्का संकेत मात्र देखा पर्ने समस्या भएको पाइन्छ । यस्तो प्रकारको महिनावारी गडबडी थाइराइड ग्रन्थिको गडबडी, कुपोषण भएमा, महिनावारी सुक्ने बेलामा, पिल्स चक्कीको अधिक प्रयोगले देखा पर्न सक्छ । जसलाई हाइपोमेनोरिया भन्ने गरिन्छ ।

सामान्य अवस्थामा मात्र नभएर कतिपय महिलाको पाठेघरमा मासु पलाएर बढ्दै गएपछि पाठेघरको क्यान्सर हुनाले पनि महिनावारी गडबडी देखा पर्छ । त्यसैले सामान्य अवस्थाबाट तल-माथि हुनासाथ सम्बन्धित विज्ञको परामर्श लिनु जरुरी हुन्छ । सामान्य हेलचेक्रयाइँले जटिल समस्या उत्पन्न हुन सक्ने र ज्यानसमेत जाने हुनाले समयमै उपचार गर्राई स्वस्थ जीवनयापन गर्नु उचित हुन्छ ।

महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरू :
१. महिनावारीका बेला सरसफाइमा बढी ध्यान पुर्‍याउनुपर्छ । कतिपयमा महिनावारी हुँदा चार दिनसम्म नुहाउनुहुँदैन, यस्तो बेला फोहोरी भएर बस्दा पनि केही फरक पर्दैन भन्ने सोचाइ हुन्छ । यो गलत सोच हो । यस्तो बेला किशोरीहरूको योनिबाट रगत बग्छ तथा शरीरबाट बढी पसिना आउँछ । यसबाट शरीर गन्हाउँछ । त्यसैले दिनहुँ नुहाउनुपर्छ ।

२. महिनावारीका बेला रगत सोस्ने कपडा वा प्याड बेला-बेलामा फेर्नुपर्छ । प्याड फेर्नुअघि गुप्ताङ्ग साबुनपानीले राम्रोसँग पखाल्नुपर्छ । प्याडका रूपमा कपडाको प्रयोग गरी पुनः प्रयोग गर्ने भए त्यो कपडालाई साबुनले धोएर घाममा सुकाउनुपर्छ । घामको किरणले जीवाणु मार्न सहयोग पुर्‍याउँछ ।

३. महिनावारीका बेला केही छुनुहुँदैन, अलग्गै सुत्नुपर्छ नत्र पाप लाग्छ भन्ने कुरा अन्धविश्वास हो । सफाइमा ध्यान पुर्‍याए खाना पकाउन वा अरूलाई छुन हुन्छ । कसैसँग सँगै बस्दा वा आफ्नो ओछ्यानमा सुत्दा केही फरक पर्दैन ।

४. कुनै-कुनै किशोरीको महिनावारी हुनुअघि वा भैसकेपछि योनिबाट सेतो पानी बग्छ । यस्तो हुँदा आत्तिनु वा चिन्ता गर्नुपर्दैन तर पानी धेरै बगे, योनि चिलाउने वा पोल्ने समस्या देखिए तुरुन्त स्वास्थ्यसंस्थामा गई उपचार गराउनुपर्छ ।

५. महिनावारीका बेला धेरै हलचल गर्दा बढी रगत बग्छ भन्ने सोच पनि ठीक होइन । अझ हल्का कसरत गर्न सके शरीरका सबै भागमा राम्रोसँग रगत संचार हुन्छ । कसरतले पेटको मांसपेशीलाई बलियो पार्छ जसले गर्दा महिनावारीका बेला कम्मर दुख्ने समस्या धेरै कम हुन्छ ।

६. महिनावारीका बेला कसै-कसैको तल्लो पेट नराम्रोसँग दुख्छ । यसरी पेट दुखे तातोपानी हालिएको रबरको थैली वा सिसीले सेक्नुपर्छ । पीडा कम गर्न सिटामोल खान सकिन्छ । यति गर्दा पनि पीडा कम नभए चिकित्सकको सहयोग लिनुपर्छ ।

७. बढ्दो उमेरका किशोरीहरूले प्रशस्त मात्रामा लौह तत्व तथा भिटामिनयुक्त खानेकुरा खानुपर्छ । यस्तो तत्व खास गरी हरिया सागपात, तरकारी, फलफूल वा गेडागुडीमा पाइन्छ ।

८. कतिपय किशोरी पढाइ वा कामको व्यस्तताका कारण आफ्नो महिनावारी हुने दिन बिर्सन्छन् । यस्तो भए क्यालेन्डरमा मिति चिनो लगाउनुपर्छ । महिनावारी ठीक-ठीक समयमा नभई धेरै ढिलो वा चाँडो हुने गरे स्वास्थ्यसंस्थामा गई जँचाउनुपर्छ ।

९. महिनावारी हुने समयमा हार्मोनका कारण अनुहार तैलीय हुन्छ । त्यसैले कतिपयको अनुहारमा डन्डिफोर आउँछ । डन्डिफोर कम गर्न बेसन वा मकैको मसिनो पीठो लगाई चिसो पानीले दिनको ३-४ पटक अनुहार धुनुपर्छ ।

१०. महिनावारी महिलाको मातृत्वसँग सम्बन्धित एक जैविक प्रक्रिया हो । महिनावारी सुरु भैसकेका किशोरीले कुनै पुरुषसँग यौन सम्पर्क राखे गर्भ रहन सक्छ । गर्भ रहने प्रक्रियामा यौन सम्पर्कका बेला पुरुषको शुक्रकिट महिलाको अण्ड ग्रन्थिबाट निस्कने डिम्बसँग भेट हुन्छ ।

११. कहिलेकाहीँ किशोरीहरू पहिलो पटक महिनावारी नहुँदै गर्भवती हुनसक्छन् । पहिलो पटक महिनावारी सुरु हुने बेलामा अण्ड ग्रन्थिमा फुल पाकेर निस्कन खोज्दा संयोगवश यौन सम्पर्क भै शुक्रकिटसँग डिम्बको भेट भए यस्तो दुर्घटना हुन्छ । किशोरीहरूले यो विषयमा सजग हुनुपर्छ ।

१२. रातो टीका शुभको प्रतीक हो । मैले किशोरावस्थामा सुनेको कुरा 'महिनावारी हुँदा निधारमा ट्याक्क टीका लाग्छ' भन्ने कुरामा धेरै त्रास थियो । तर मातृत्वसँग सम्बन्धित यो विषय महिलाका लागि त्रास होइन सुखमय आश हो । यद्यपि महिनावारी भएपछि लापरबाही गर्दा त्यसले विभिन्न नकारात्मक असर पार्नसक्छ ।

महिनावारीको दुखाई कम गर्ने घरेलु उपायहरु :
यस्तोमा महिनावारी हुँदा हुने पीडाबाट राहत दिने केहि घरेलु उपचारहरु यहाँ दिइएका छन् जुन कुरालाई तपाईंले खानुपर्ने हुन्छ :-

१. दुध : दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले तपाईंको क्याल्सियमको कमीलाई पूरा गरिदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईंलाई दुध मिठो लाग्दैन भने तपाईंले क्याल्सियमको चक्की पनि खानसक्नुहुन्छ ।

२. मेवाः महिनावारी भएको बेला मेवा खानाले फाइदा पुराउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पिडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

३. गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले माहिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

४. घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ ।

५. तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्ने गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

६. तातो पानीले नुहाउनुहोस्ः तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

७. अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन–चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।

८. व्यायामः हुुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

९. जंक फुडहरुबाट टाढै रहनुहोस्ः मासिक धर्मको बेला आफ्नो खाने व्यवहारमा पनि ध्यान राख्नुहोस् । जति सक्नुहुन्छ जंक फुड नखानुहोस् र रक्सीबाट टाढै रहनुहोस् ।


महिनावारी सम्बन्धि समस्या र त्यसको समाधान :
धेरैजसो महिलाहरू महिनावारी चक्रको समस्याले गर्दा दुखि हुन्छन् तर यो अज्ञानताले अथवा लाज वा झन्झटको कारणले गर्दा लगातार एस्तो समस्यासँग जूधि रहन्छन्। यस्तोमा समस्या भन्नु भन्दा पहिले यो थाहा हुन आवश्यक छ कि महिनावारी के हो ? त्यसकोलागि यहाँ क्लिक गरि महिनावारी सम्बन्धि सम्पूर्ण नालीबेली जान्न सकिन्छ। 

पीडा दायक महिनावारी के हो?
पीडा दायक महिनावारीमा तल्लो पेट दुखाइमा ऐंठनभइ पीडा हुन्छ। कुनै महिलाको छिटो दुखाइ हुन सक्छ जुन आउने र जाने हुन्छ या मन्द रूपमा घोंच्ने खालको दुखाइ पनि हुन सक्छ। यसले गर्दा ढाड दुख्न सक्छ। दुखाइ धेरै दिन पहिले देखि पनि शुरू हुन सक्छ र महिनावारीको एकदम पहिले पनि हुन सक्छ। महिनावारीको रक्तस्राव कम हुने वित्तिकै सामान्यतः यो सकिन्छ।

यस्तो बेलामा निम्नलिखित उपचार गर्न सकिन्छ :- 
१) आफ्नो पेटको तल्लो भाग (नाइटो भन्दा तल) तातोले सेक्नुहोस। ध्यान राख्नुहोस कि सेक्ने प्याडलाइ राखेर नसुत्नुहोला।

२) तातो पानीले नुहाउने गर्नुहोस् ।

३) तातो पानी, दूध, चिया वा अन्य पेय पिउनुहोस् ।

४) तल्लो पेटको छेउछाउमा आफ्नो औंलाले गोलो-गोलो गरि हल्का मालिश गर्नुहोस् ।

५) बाहिर घुम्न निस्कनुहोस् वा नियमित रूपले व्यायाम गर्नुहोस् र कोख वा कम्मर घुमाने खाले व्यायाम पनि गर्नुहोस् ।

६) अन्न, गेडागुडी, फलफूल र तरकारीहरु जस्ता मिश्रित कार्बोहाइड्रेटले भरिपुर्ण आहार लिनुहोस्  जसमा नुन, चिनी, मदिरा तथा क्याफिनको मात्रा कम होस् ।

७) थोरै तर छोटो-छोटो अन्तरालमा खाना खाने गर्नुहोस् ।

८) ध्यान अथवा योग जस्तो विश्राम तरिकाको प्रयोग गर्नुहोस् ।

९) सुत्दा आफ्नो खुट्टा ठाडो पारेर वा खुट्टा खुम्चाएर कुनै एक तर्फ सुत्नुहोस् ।

नोट: यदि स्व-उपचार गर्दा पनि लगातार तीन महीना सम्म दुखाइ ठीक भएन र रगतको ठुलो-ठुलो चोक्टा बग्न थाल्यो भने डाक्टरको परामर्श लिनु पर्छ। यदि महिनावारी हुनुभन्दा पांच दिन भन्दा पहिलेबाट दुखाइ हुनलाग्यो र महिनावारी पछि पनि दुखाई भइरहयो भने पनि डाक्टरकोमा जानुपर्दछ ।

कहिले महिनावारी रक्तस्राव भारी मानिन्छ ?
यदि लगातार छ घण्टासम्म हरेक घन्टा सैनेटरी प्याड रक्तस्रावलाई सोंसेर भरिन्छ र अर्को फेर्नुपर्ने हुन्छ तब त्यसलाई भारी पीरियड भनिन्छ।

भारी महिनावारी रक्तस्रावको कारणहरू निम्न रहेका छन् :
(१) गर्भाषयको पत्रमा केही निस्किनु।

(२) जसलाई अपक्रियात्मक गर्भाषय रक्त स्राव भनिन्छ। जसको व्याख्या हुन पाएको छैन।

(३) थायराइड ग्रन्थिका समस्याहरू

(४) रगत जमेर चोक्टा बन्ने रोग

(५) अन्तरा गर्भाषय उपकरण

(६) दबाव

अनियमित महिनावारी पीरियड के हो ?
अनियमित महिनावारी पीरियड त्यो हो जसमा एक चक्र अवधी दोस्रो चक्रको भन्दा लामो हुन सक्छ, या त्यो धेरै छिटो-छिटो हुन थाल्छ या असामान्य रूपले लामो अवधिले एकदम बिग्रिन थाल्छ। किशोरावस्थाको पहिले केही वर्षहरूमा अनियमित पीरियड हुनु सामान्य कुरा नै हो । हुन सक्छ कि किशोरीको दुई महीनामा एक पटक वा एक महीनामा दुई पटक हुन पनि सक्छ तर यो समयसंगै नियमित हुँदै जान्छ ।

अनियमित महिनावारीका कारणहरु निम्नलिखित छन् :
(१) अज्ञात कारणहरूले इन्डोमिट्रोसिस हुन्छ जसबाट जननेद्रियमा पीडा हुन्छ र छिटो-छिटो रक्त स्राव हुन्छ।

(२) कहिले काँही कारण स्पष्ट हुँदैन तब भनिन्छ कि महिलाको अपक्रियात्मक गर्भाशय रक्तस्राव भएको छ।

(३) अण्डकोषको पुष्टि

(४) दबाव।

सामान्य पांच दिनको अपेक्षा यदि महिनावारी रक्त स्राव दुई या चार दिनको लागि चलिरहे चिन्ता गर्नुपर्ने आवश्यकता छैन। समय संगै पिरियडको स्वरूप बदलिन्छ, एक चक्रले दोस्रो चक्रमा पनि परिवर्तन गर्न सक्छ।

भारी, लामो र अनियमित पीरियड भएमा के गर्नु पर्छ?
(१) महिनावारी चक्रको रिकर्ड राख्ने- कहिले सकिन्छ, कति स्राव भयो (कति प्याड प्रयोग भयो संख्या नोट गर्ने र कति भिजेको थियो) र अन्य कुनै लक्षण तपाईंले महसूस गरेको भए त्यो पनि लेख्ने।

(२) यदि तीन महीना भन्दा धेरै समय सम्म समस्या चलीरहे डाक्टरसंग परामर्श गर्नुहोस् ।

नोट: महिनावारी के हो ? किन र कसरी हुन्छ ? सम्पूर्ण नालीबेली जान्न यहाँ क्लिक गर्नुहोस्

महिनावारी के हो ? किन र कसरी हुन्छ ? सम्पूर्ण नालीबेली

महिनावारी वा मासिकस्राव महिलाहरुमा हुने एउटा नियमित प्रकृया हो। महिलाहरु प्रजनन कृयाको लागि शारीरिक रूपमा सक्षम रहेको यो एउटा संकेत पनि हो। यस्लाई ठेट नेपाली भाषामा 'नछुने हुने' भनिन्छ, जस्को सिधा अर्थले भने झै यो हुने बेलामा महिलालाई भान्छामा छिर्न नदिने, अरुबाट टाढा राख्ने र कतिपय ठाँउमा त छुट्टै झुपडीमा बस्नुपर्ने (छाउपडी)चलन हाम्रो समाजमा अझै छ। साथै यस्तो बेला पूजा गर्न नदिने, धार्मिक कार्यमा भाग लिन नदिने र त्यसो गरे अपशकुन हुन्छ, भगवान रिसाउछन् भन्ने नि गरिन्छ। कतिले त यस्तो बेलामा पूजाआजा, व्रतमा बस्न नमिल्ने भनेर त्यसैको लागि औषधी खाएर महिनावारी पछाडि सार्ने पनि गर्छन्। हाम्रा धर्महरुले र जसको कारणले हाम्रो समाजले पनि महिलाहरुमा हुने यो एकदमै सामान्य शारीरिक प्रकृयालाई अझै सामान्यरुपमा लिईसकेको देखिदैन। स्वयम् महिलाहरुले पनि प्रजनन शिक्षाको कमिले गर्दा यस्लाई सजिलोरुपमा लिन सकिरहेका हुँदैनन्।

मासिकस्राव वा ‘महिनावारी हुनु’ भनेको महिलाको बाहिरी प्रजनन अङ योनीबाट लगभग हरेक २८ दिनमा ३-५ दिनसम्मको लागि रगत बग्ने प्रकृया हो। महिनावारी शुरु हुने उमेर (१३-१४वर्ष) Menarche र महिनावारी रोकिने उमेर (४५-५५वर्ष) Menopause को वरीपरीका केही वर्षहरुमा यो चक्र केही अनियमित हुनु सामान्य मानिन्छ नभए बीचका अवधीमा सामान्य अवस्थामा यो चक्र एकदमै नियमित हुन्छ।

वास्तवमा भन्ने हो भने महिलाहरुको प्रजनन उमेर (लगभग१३-५५ वर्षको उमेर) यही चक्रमा घुमेको हुन्छ, जुन प्राय: २८दिनको हुन्छ। यो किन र कसरी हुन्छ भनेर सरल भाषामा जान्ने प्रयास गरौं। यसको लागि पहिले यो बुझ्न चाहिने केही शब्दहरु र तिनका अर्थ जानौं।


  • महिलाहरुको शरीरमा मुख्य दुई महिला हर्मोन वा केमिकल बन्ने गर्छ; एस्ट्रोजन (Estrogen) र प्रोजेस्टेरोन (Progesterone)
  • मस्तिष्कको तल्लो भागमा रहने पिट्युटरी (Pituitary) ग्रन्थीबाट निस्कने अर्को दुई हर्मोन; एल एच (LH- Luteinizing Hormone) र एफ एस एच् (FSH- Follicle Stimulating Hormone) 
  • महिलाको भित्री प्रजनन अङ्हरु; पाठेघर (Uterus) र डिम्बाशय (Ovary)
  • डिम्बाशय: जसबाट हरेक महिनावारीको लगभग मध्यभागमा एउटा डिम्ब (Ovum) निस्कने गर्छ।
  • पाठेघर जस्मा डिम्बाशयबाट निस्किएको डिम्ब गएर फर्टिलाइजेसनको लागि शुक्रकिट (Sperm)को प्रतिक्षामा १२-२४घण्टासम्म रहन्छ र केही गरी फर्टिलाइजेसन भएमा त्यसलाई हुर्काउने बढाउने गरेर भ्रुण बनाउने काम हुन्छ।
  • फर्टिलाइजेसन (Fertilization) भनेको डिम्ब र शुक्रकिट मिलेर जाइगोट भ्रुण बन्ने प्रकृया हो।
अब महिनावारी चक्रको कुरा गरौं

रगत बग्न शुरु गर्ने दिनलाई पहिलो दिन मानेर यो चक्र प्राय: २८ दिनको हुन्छ। यसलाई दुई भागमा बाढ्न सकिन्छ। यसको मध्य भागतिर डिम्बाशयबाट डिम्ब निस्कन्छ, जस्लाई ओभ्युलेसन (Ovulation) भनिन्छ, यस्लाई आधार मानेर यो अवधीलाई दुई भाग लगाउन सकिन्छ। ओभ्युलेसनभन्दा अघिको अवधी फोलिक्युलर अवधी (Follicular phase) र ओभ्युलेसनभन्दा पछीको अवधी लुटियल अवधी (Luteal phase)।

नयाँ चक्रको शुरुवातसँगै पिट्युटरी ग्रन्थिबाट निस्कने एफ एस् एच् (FSH) हर्मोनको प्रभावले गर्दा डिम्बाशयमा रहेका डिम्ब बन्ने खालका कोषहरु विस्तारै विकसित हुँदै फोल्लिकल (Follicle) बन्छन्। यी केही फोल्लिकलहरु मध्ये हरेक चक्रमा एउटा मात्र फोल्लिकल डिम्ब बन्नको लागि छानिन्छ, जुन अझै विकसित हुँदै ग्राफियन फोल्लिकल (Graffian follicle) बन्छ। यो ग्राफियन् फोल्लिकलले एस्ट्रोजन हर्मोन बनाउछ, जसले पाठेघरको भित्री तह इन्डोमेट्रियम (Endometrium) लाई कोषहरुको तह थपेर बाक्लो बनाउने, रक्तनलिहरु बढाएर रगतको साथमा अक्सिजन, पोषण पुर्याउने काम गर्छ। जती दिनहरु बित्दै जान्छ त्यती ग्राफियन फोल्लिकल ठुलो हुँदै जान्छ (२०-२६ मी.मी.) सम्म त्यस्ले निकाल्ने एस्ट्रोजन हर्मोनको मात्रा शरीरमा बढ्दै जान्छ र उक्त हर्मोनको प्रभावले पाठेघरको भित्री तह नि बाक्लो हुँदैजान्छ।


यो अवधीभर एस्ट्रोजन हर्मोनले पिट्युटरीबाट हुने एल एच् (LH) हर्मोनको उत्पादनलाई नेगेटिभ फिड्ब्याक दिएर दबाएर राखेको हुन्छ। यो चक्रको लगभग बीचमा पुगेपछी, ग्राफियन् फोल्लिकल पूर्ण विकसित भैसकेपछि अचानक एउटा परिवर्तन हुन्छ, जसले गर्दा एस्ट्रोजन हर्मोनले यसअधी नेगेटिभ फिड्ब्याक गरेको दबाएको एल एच् (LH) को उत्पादनलाई अबबाट पोजिटिभ फिड्ब्याक दिएर बढाउन पो थाल्छ। यो पोजिटिभ फिड्ब्याकको कारणले यो बेला महिलाको शरीरमा एल एच् (LH) हर्मोनको मात्रा १० गुणासम्म बढ्नेगर्छ। यो प्रकृयालाई मिड साइकल एल एच् सर्ज (Midcycle LH Surge) भनिन्छ। यो एउटा महत्वपूर्ण प्रकृया हो, यसको लगभग ३६ घण्टापछी डिम्बाशयमा विकसित ग्राफियन फोल्लिकल फुटेर डिम्ब निस्कन्छ। यसरी निस्किएको डिम्ब फेलोपियन ट्युब (Fallopian tube) को बाटो भएर पाठेघरको भित्री भागमा गएर बस्छ। यो बेलामा अर्को परिवर्तन पनि हुन्छ, डिम्ब निकिएपछी बाँकी रहेको ग्राफियन् फोल्लिकल, जस्लाई अब कर्पस लुटियम (Corpus Luteum) भनिन्छ, बाट एस्ट्रोजनको सट्टा अर्को महिला हर्मोन प्रोजेस्टेरोन (Progesterone) हर्मोन धेरै निस्कन थाल्छ। र यही विन्दुबाट महिनावारीको अर्को भाग लुटियल अवधी (Luteal Phase) पनि शुरु हुन्छ।

यस्पछी केही दिनसम्म लगातार बढीरहने प्रोजेस्टेरोन हर्मोनले गर्दा पाठेघरको भित्री भागलाई झन बाक्लो हुने, त्यस्मा ग्रन्थिहरु बढ्दै जाने, त्यसका रक्तनलिहरु लामो तर घुमाउरा हुँदै जाने हुन्छ। यो सबै परिवर्तनको कारण पाठेघर डिम्ब र शुक्रकिट मिलेर बन्ने जाइगोट (Zygote) लाई बचाउन र विकास गर्न तयार भैरहेको हुन्छ। साथै प्रोजेस्टेरोन हर्मोनले पिट्युटरी ग्रन्थीलाई अरु एल एच् (LH) हर्मोन बनाउनबाट पनि रोक्छ, जस्ले गर्दा शरीरमा एल एच् हर्मोनको मात्रा एक्कासी घट्न शुरु हुन्छ। यदी डिम्ब र शुक्रकिट बीच मिलन (फर्टिलाइजेसन) हुनसकेन भने प्रोजेस्टेरोन हर्मोन बनाइरहेको कर्पस लुटियम मर्दै जान्छ र प्रोजेस्टेरोन र एस्ट्रोजन दुवै हर्मोनको मात्रा पनि घट्न थाल्छ।


यसरी घट्दै गएको हर्मोनको कारणले कोषहरु थुप्रिएर, रक्तनलीहरु बढेर, पोषक तत्व थुप्रिएर बाक्लो भएर बसेको पाठेघरको भित्री भागमा परिवर्तन देखिन थाल्छ, विस्तारै रक्तनलीहरु खुम्चिएर मर्न थाल्छन्, अरु कोषहरु पनि मर्न थाल्छन् र रक्तस्रावको रुपमा ती सबै कुरा बाहिर आउछन्। यसैलाई नै महिनावारी भएको भनिन्छ। हरेक महिना महिलाहरुमा हुने हर्मोनहरुको उतारचढाव, पाठेघर, डिम्बाशयमा हुने परिवर्तन, महिनावारीको चक्रमा हुने परिवर्तनहरुमा यो एउटा मात्रै बाहिरबाट देख्न सकिने प्रकृया हो। यो बेलामा लगभग ३-५ दिनसम्म ५०-२००मिली सम्म रगत बग्ने गर्छ। यसरी एउटा चक्र सकिएपछी महिलाहरुमा हर्मोनहरुको मात्राको, डिम्बाशयभित्रको, पाठेघरको भित्री सतहको अर्को नयाँ चक्र फेरी शुरु हुन्छ।


यति थाहा पाइसकेपछी महिनावारी महिलाहरुमा हुने एउटा एकदम नियमित शारीरिक प्रकृया हो भनेर बुझ्न गार्हो नपर्ला। यो बेलामा हुने हर्मोनको उतारचढावका कारणले उनिहरुमा केही शारीरिक तथा मानसिक परिवर्तन देखिने, रगत बाहिर निस्कदा पाठेघर खुम्चने कारणले पेट दुख्ने, ढाड दुख्ने, कमजोरी महसुस हुने हुनसक्छ। यस्तो बेलामा छि: छि: गरेर छुट्याउने, पर एक्लै राख्ने, छाउपडीमा राख्ने भन्दा सरसफाइमा ध्यान दिन लगाउने, माया, सहयोग गर्ने, पौष्टिक खान दिने गर्नुपर्छ।

यस बारेमा अझ राम्ररी बुझ्न तल राखिएको भिडियोहरु हेर्नसक्नुहुन्छ ।

1. Ovulation and menstrual cycle




2. Ovulation





नोट: महिनावारी सम्बन्धि अत्यावश्यक र जान्नै पर्ने कुराहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यौनवर्द्धक खाने कुराहरु

आज म तपाईलाई त्यस्तो केही यौनवर्द्धक खाने कुराहरुको जानकारी लिएर आएको छु जुन तपाई हाम्रो घर छेउछाउमा सजिलै पाउन सकिन्छ । जसको सेवनले तपाइको यौन क्षमतामा पक्कै पनि सुधार भएको तपाइले अनुभूति गर्नुहुने छ । ति यौनवर्द्धक खाने कुराहरु निम्न प्रकारका छन :

१. कुरिलो (Herb) : 

बेलायती बनस्पतिबिद निकोलस कुलपेपरले सत्रौं शताब्दीमा कुरिलो खांदाको यौनेच्छा प्रभावबारे लेख लेखेका थिए । विस्ताारै १९ औं शताब्दीमा फ्रान्समा नवविवाहित महिला पुरुषहरुलाई कुरिलोको विशेष खाना दिनको ३ पटक दिने गरिन्थ्यो । कुरिलोमा विशेष पोटासियम, रेसा, भिटामिन बि ६, ए र थाईमिन र फोलिक एसिड पाईन्छ  । यिनै तत्वहरुले शरिरमा यौनान्दको लागि विशेष भुमिका खेल्दछन् ।


२. हाडे बदाम (Almond) : 


यो बदाम विशेषगरि सन्तान उत्पादकत्वको प्रतिक हो । हाडे बदामको गन्धले विशेषतः महिलामा यौनेच्छा जागृत गर्दछ । यस बदाममा भिटामिनर् इ, म्याग्नेशियम र फाईबर हुने गर्दछ ।


३. एभोकाडो (Avocado) :


धेरैले यसलाई अण्डकोष फल भन्दछन् । स्पेनमा क्याथोलिक धर्म गुरुहरुले यसलाई अश्लिल फलको रुपमा लिएर चर्चमा बन्देज नै लगाएका छन् । यसमा प्रचुरमात्रमा भिटामिन बि ६, पोटासियम, फोलिक एसिड पाईन्छ । यस फलको अन्य गुण मध्ये विशेष  रोगप्रतिरोधकको रुपमा पर्दछ ।


४. केरा (Banana) :

केरामा पोटासियम, म्याग्नेसियम, भिटामिन बि हुन्छ । साथै केरामा प्रचुरमात्रामा चिलेटिन खनिज र ब्रोमिलाईक एन्जायम हुने गर्दछ । जसले पुरुषमा विशेष यौन प्रभाव पार्दछ ।


५. बाबरीको पात (Babri Flower) : 


यसको गन्धले खानालाई स्वादिष्ट बनाउने गर्दछ । यसमा पाईने विशेष  खनिज पदार्थले शरिरलाई यौनेच्छामा सकरात्मक असर गर्ने गर्दछ र्।र् इटालियनहरुले विशेषतः बाबरीको पात अत्याधिक खाने हुनाले संसारमा उनीहरुलाई रोमान्टीक व्यक्ति भनी भनिन्छ ।


६.चकलेट (Chocolate) : 


चकलेटमा विशेषतः फिनाईल, इथाइल र अनन्दमाइड रहेको छ भने दैनिक खाने गर्नुहोस् । यी तत्वहरुले शरिरमा विशेषतः उत्तेजना, आकर्षा र आनन्द बढाउंछ । कोकाओ मिश्रति चकलेटले न्युरोसिष्टमलाई यौन उत्तेजनाको लागि चलायमान गराउंदछ ।


७.अन्जीरको फल (Figs) : 


संसारमा यस फललाई कामुक फलको रुपमा लिईन्छ । यो फल संसारकै एउटा सबैभन्दा पुरानो फलको रुपमा रहेको छ । आदिम कालमा यसलाई प्रेम र सन्तान उत्पादक्त्वको प्रतिकको रुपमा लिईन्थ्यो ।


८. लसुन (Garlic) :

लसुनमा अत्याधिक एलिसिन नामक तत्व हुने हुनाले शरिरको रक्तसंचारमा विशेष भुमिका खेल्दछ र शरिरलाई कामोत्तेजनाको लागि तयार गर्दछ ।


९. मह (Honey) :

महमा प्रचुरमात्रामा बोरन नामक खनिज तत्व हुने र शरिरमा कामोत्तेजनाका लागि विशेष रुपमा प्रभाव पार्ने गर्दछ । साथै महमा अन्य खनिज तत्व, भिटामिन बि, एन्जाइम र फाईटो केमिकल हुने गर्दछ ।

१०. घोंगी 

आदिवासी थारु समुदायले खाने घोंगीले पनि यौनक्षमता बढाउन सघाउ पुर्याउँछ । खासगरी यस्ता प्रजातिका अन्य सी–फुडको सेवनले पनि मानिसको यौक्षमतामा वृद्धि गर्छ ।

११. तुलसीको पात 

तुलसीको पातको सर नियमित खाने गर्नाले मानिको कामेच्छा तथा यौनक्षमतामा वृद्धि हुन्छ । तुलसीमा पाइने आर्जिनिन नामक एमिनो एसिड पुरुषको शुक्राणुको शक्ति बढाउन तथा बाँजोपनलाइ ठिक गर्न सहायक हुन्छ ।

१२. मेथी 

अनुसन्धानद्वारा साबित भैसकेको छ कि मेथीको सेवनबाट कामेच्छा र प्रजनन क्षमता दुवै बढाउँछ । यसमा पाइने सैपोनिन तत्व पुरुषमा पाइने टेस्टोटेरन हार्मोनलाई बृधि गर्छ । मेथीले गर्भाशयको संकुचनलाइ उत्तेजित गराउँछ, प्रसव पिडा कम गराउँछ साथै शिशुको जन्मको प्रक्रियालाई सजिलो बनाउँछ ।

मिन्स भएको कति दिनमा बच्चा बस्छ ?

पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब -अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ।



यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ  १. डिम्ब निष्कासन, २. यौ नसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपण। एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ।

यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ। डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा केही बढी नै बाच्न सक्छन्। त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षित काल मानिन्छ।

नियमित सम्भोग बाट हुने फायदा

''संभोग कृयाको गिन्ती सबभन्दा उपयुक्त व्यायामहरुमा समेत गरिन्छ । संभोगले केवल शारीरिक र भावनात्मक लाभ मात्र दिँदैन यसले महिलाहरुको शारीरिक संरचनामा पनि परिवर्तन आउँछ । संभोगले महिलाहरुलाई धेरै किसिमको रोगहरुबाट मुक्ती मिल्छ ।''

"मासिक धर्म पूरा भएको पाँच सात दिन सम्म महिलाहरु संभोगप्रति निकै आकर्षित हुन्छन् । किनकि मासिक चक्र पूरा भएपछि यौन सम्वन्धि हार्मोनहरु सक्रिय हुन्छन् । तसर्थ महिलाहरुलाई महिनावारी भएको पाँच सात दिन सम्म संभोग गर्दा धेरै आनन्दानुभूति मिल्छ यसको आभ कम्तीमा बाह्र दिन सम्म रहन्छ । संभोग महिलाहरुको शारीरिक आवश्यकताको महत्वपूर्ण भाग हो ।''


संभोगबाट हुने लाभहरु :-

संभोगका समय शरीरमा अधिकांशमात्रामा क्यालोरी जान्छ जसबाट शरीरको अनावश्यक बोँसो घट्छ र महिलाहरु उमेर बढेपनि जवान बनि रहन्छन् । संभोगले उन्मुक्ति बढाउछ र एक अलग किसिमको आनन्दको अनुभव दिलाउछ ।

संभोग एकातिर वैवाहिक सम्वन्धलाई दृढता प्रदान गर्छ त्यहिँ यसले धेरै रोगहरुको निदान गर्छ । सुखमय संभोगले जीवनबाट तनाव कम गर्छ र व्यक्तिलाई खुशी राख्न सहयोग गर्छ ।''

संभोग प्रक्रियाबाट रक्तचापपनि कम हुन्छ र यसलाई नियन्त्रित राख्छ । तथा धेरै किसिमका रोगहरुबाट मुक्ति मिल्छ ।''
संभोगले हृदयलाई मजबूत बनाउछ । यसले मुटुसंग जोडिएका रोगहरुबाट छुटकारा मिल्छ । त्यसैले एक हप्तामा दुई पटक भन्दा बढी संभोग गर्नाले महिलाहरुलाई घातक हर्ट एटेक्टको संभावना न्यून हुन्छ । यौन जीवनमा निरन्तरताबाट अन्तरंगता र सम्वन्ध सदैब राम्रो बनि रहन्छ ।''

निरन्तर संभोगबाट बाथ, टाउको दुख्ने जस्ता अनेक बिमारीबाट राहत मिल्न सक्छ । सम्भोगले महिलाहरुलाइ क्यान्सर सिस्ट जस्ता विमारीको खतरा पनि कम गर्छ भने स्वस्थ निद्राको निम्तिपनि उपयोगी हुन्छ । व्रज्ञानिक तथ्यले के बताउछ भने संभोग पछि मस्त निद्रा पर्छ र स्वास्थलाभ मिल्दछ ।

गर्मि सिजन मा कसरी गर्ने त सेक्स

''अहिले गर्मी को सिजन छ । झन् तराईमा त सहनै नसक्ने गर्मी हुन्छ । यस्तो अवस्थामा सेक्सबाट सन्तुष्ट नभएर धेरै दम्पतीहरु बिजोगमा होलान् । गर्मीमा सेक्स गर्दा पूर्णसन्तुष्टि पाउन गाह्रो हुन्छ । अहिले सेक्स मज्जा होइन सजा बन्न सक्छ । त्यसैले गर्मी महिनामा यी निम्न उपायहरु अपनाएर दामपत्य जीवन शुखमय बनाउनुहोस् …..'



१.स्वीमिङ्ग पुल : गर्मीमा धेरै युवा युवतीहरु नुहाउनका लागि स्वीमिङ्ग पुल धाउने गर्छन् । यहाँहरुले कहीले स्वीमिङ्ग पुलमा सेक्स गर्नु भा छ ? होइन भने यस पटक स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुस् धेरै मज्जा पाउनु हुनेछ । झन् स्वीमिङ्ग पुलमा सेक्स गर्न महिलालाई अत्याधिक मन पर्छ ।

२.आईस(बर्फ)को प्रयोग : गर्मीमा यहाँहरुले आईसको प्रयोग गरेर सेक्स गर्दा पूर्ण आनन्द उठाउन सक्नुहुन्छ । यहाँले आईसको एक टुक्रा आफनो ओठमा राखेर आप्mनो साथीको जीउमा स्पर्स गर्नुस् अनि सेक्स जारी राख्नुस् । जसबाट शितलता प्रदान गर्नु मात्र होइन तपाईको सेक्स पाटर्नको उत्तेजना पनि बढाउने छ । एक पटक प्रयोग गरेर हेर्नुस् ।'

३.फलोर माथि : सेक्स गर्दा शरिर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरिरसँगै बेड पनि तातिन्छ । त्यसकारण भुँईमा सेक्स गर्नु उचित हुन्छ । आप्mनो साथीलाई लिएर भुँईमै लडिबडी गर्नुस् अनि सेक्सको मज्जा उठाउनुस् ।'

४.बाथरुप (शावर) : पानीको झरी परिरहदा माया गर्न अतिनै मज्जा आउँछ । तर हरेक क्षण पानी पर्नु सम्भव छैन । तर तपाईले शावरमा नुहाउदै सेक्स गर्नुहुन्छ भने पानी पर्दा गर्नुभएको सेक्सको मज्जा पाउनु हुन्छ । गर्मीमा सहज सेक्सका लागि सुलभ उपलब्ध हुने उचित स्थान भनेकै बाथरुपको शावर हो । यी टिप्सहरु प्रयोग गर्नुस् र आफनो यौन जीवन सुन्दर पार्नुस् ।''

महिलाहरू कति वर्षको उमेरसम्म यौन सक्रिय रहन सक्छन् ?

 

 

पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ?  

युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ। दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ। कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। 

उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? 

समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ। 

कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्। उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् ः 

-    योनि रस आउन केही बढी समय लाग्ने।

-    योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने।

-    यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने 

-    चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने।

-    महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने।

-    पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ।

-    महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ।

कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ?   

यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय तथा सुखमय यौन जीवनयापन गर्छन्। १० हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए। ७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। 

पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो। कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने युवायुवतीहरूकै चित्रजस्तै 'रूप' हुनुपर्छ भन्ने सोच हावी भएको पाइन्छ। कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै आकर्षक सावित हुन सक्छ। पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने कुरामा पनि सत्यता छैन। महिला तथा पुरुषको बीचमा ठूलो असमानता भएको समाजमा भने नारीमाथि लादिएका कतिपय मूल्य-मान्यता र नियन्त्रण नै यसका कारण हुन्।  त्यसैले के भनौं भने महिलाले चाहे भने जुन उमेरमा पनि यौनसम्पर्क राख्न सक्छन्। 

महिला आफैंले पनि यौनसम्बन्धी कुरामा सक्रिय हुनु हुँदैन भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ। 

दम्पतीबीच एक-आपसमा खुला एवं प्रभावकारी कुराकानी पाका व्यक्तिको यौन जीवनमा सुधारका लागि राम्रो कुरा हो। आफ्नो रुचिअनुसार आफ्नो यौन साथीसँग के चाहन्छु वा के रुचाउँदिनँ भन्ने विषयमा स्पष्ट कुराकानी गर्नुपर्छ। त्यसैगरी महिनावारी बन्द भएपछि पहिलेको तुलनामा योनिको लचकता केही कम भएको तथा योनि रस आउने क्रम पनि कम भएको अनुभव महिलाहरूले गरेका हुन्छन्। त्यसैले पानीमा घुल्ने किसिमको चिप्लो पदार्थ -जस्तै कि एस्ट्रोग्लाइड) प्रयोग गरे सुख्खापनको समस्या कम गर्न सकिन्छ। यस्तो चिप्लो पदार्थ योनि तथा लिङ्ग दुवैमा लगाउन सकिन्छ। 

उत्तेजक लाग्ने नयाँ आसन वा क्रियाकलापमा संलग्न हुनु सहयोगी हुन्छ। त्यसैगरी यौनसम्पर्क राख्ने समय पनि परिवर्तन गर्नु राम्रो हुन्छ। कतिपय स्थितिमा अन्य स्वास्थ समस्याका वा त्यसको उपचारका कारण यौन जीवनमा नकारात्मक प्रभाव परेको हुनसक्छ। एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधीका नकारात्मक प्रभाव हुन सक्छन्। त्यसका बारेमा पनि विचार गरेर उपयुक्त विकल्प प्रयोग गरे सहयोग मिल्छ।