यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » » गाईको गोबर तथा मुत्रबाट विद्युत उत्पादन

गाईको गोबर तथा मुत्रबाट विद्युत उत्पादन

चितवन । अन्नपुर्ण गाई स्रोत केन्द्र गितानगरले गाईको गोबर तथा मुत्रबाट विद्युत उत्पादन गर्दै आएको छ । भरतपुर उपमहानगरपालिका–२१ मा रहेको स्रोत केन्द्रमा रहेका गाईहरुबाट निश्किएका गोबर तथा मुत्रको प्रयोग गरि मिथेन ग्याँसको सहयोगमा ५ किलोवाटको जेनेरेटर संचालन गरेर केन्द्रलाई आवश्यक पर्ने विद्युत खपत गर्न सफल भएको छ ।

स्रोत केन्द्रले गाई उत्पादन गरी विक्री वितरण गर्नुका साथै गाईको गोबर तथा मुत्रको सदुपयोग गरि विद्युत उत्पादन गरेर नमुना कार्य गरेको छ । केन्द्रका अध्यक्ष भगीरथ तिमिल्सनाले गाई गोरुबाट निक्लिएको गोबर तथा मुत्रलाई सहि सदुपयोग कसरी गर्ने भन्ने उद्धेश्यले प्राक्टिकल एक्सन तथा केन्द्रको आथिर्क सहयोगमा १४ लाखको लागतमा प्लान्ट निर्माण गरिएको जानकारी दिनुभयो । हाल १ सय घन मिटरको गोबर ग्याँस प्लान्टबाट उत्पादित विद्युुतले केन्द्रको पानी मोटर, ग्रास कटर मेशिन, १६ वटा पङखा, २२ वटा चिम तथा कामदारहरुलाई खान पकाउन ग्याँस चुलो संचालन भईरहेको छ ।

बजेटको स्रोत उपलब्ध भएमा डेरी उद्योगलाई आवश्यक पर्ने विद्युत स्रोत केन्द्रबाट निकाल्ने योजना स्रोत केन्द्रको छ । १ सय घन मिटरको गोबर ग्याँस प्लान्टलाई ३ सय घन मिटरमा विस्तार गर्ने लक्ष्यका साथ केन्द्रले योजना अगाडी बढाई रहेको छ । ३ सय घन मिटरको प्लान्ट निमाणर््ँ भएमा केन्द्र नजिकै रहेको शहिद स्मृती माविको कम्प्युटरमा विद्युत जडान गर्ने, डेरीमा पनि विद्युत पुराउने लक्ष्य रहेको केन्द्रका अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।

३ सय घन मिटरको प्लान्टबाट ६० किलोवाट विद्युत उत्पादन हुनेछ । हाल स्रोत केन्द्रबाट मासिक ७ हजार रुपैयाँ बराबरको विद्युत उत्पादन हुने गरेको केन्द्रको भनाई छ । केन्द्रमा ६ जना कामदार तथ १ जना प्रविधिकले रोगजारी प्राप्त गरेका छन् । अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडद्धारा संचालित अन्नपूर्ण गाई स्रोत केन्द्रले जिल्ला पशु सेवा कार्यालय चितवनबाट २५ लाख, प्राक्टिकल एक्शन नेपालबाट १४ लाख, सहकारी विभागबाट ६ लाख र तत्कालिन गीतानगर गाविसबाट ४५ हजार अनुदान प्राप्त गरिसकेको छ ।

व्यावसायीक गाईपालन गर्दै समाज परिवर्तन गर्ने लक्ष्यका साथ अगाडी बढेको संस्थाले हाल दैनिक रुपमा ४ सय लिटर दुध संकलन गर्ने गरेको छ । सहकारीमा ३ सय ३३ जना सदस्य छन् भने डेरीमा दुध संकलन गर्ने कृषक ४ सय ५० छन ।

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !