यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » , » विन्डोज १० का विशेषता र इन्स्टल गर्ने बिधि ! भिडियो सहित

विन्डोज १० का विशेषता र इन्स्टल गर्ने बिधि ! भिडियो सहित

कम्युटरको दुनियाँमा एकछत्र राज गर्दै आएको माइक्रोसफ्टले बुधबार अर्थात २९ जुलाईमा विश्वको १९० देशमा १११ भाषामा एकसाथ विन्डोज १० जारी हुँदैछ । यसकोलागि सिड्नी, टोक्यो, सिंगापुर बेइजिंग, दुबई, नैरोबी, बर्लिन, जोहानिसबर्ग, मेड्रिड, लंदन, साओ पाउलो,न्यूयोर्क र दिल्लीमा कार्यक्रमको आयोजना हुँदैछ ।

बहुप्रतिक्षित विन्डोज १० अपरेटिङ सिस्टम नयाँ भर्सन सार्वजनिक गर्दा यसअघि बैधानिक रुपमा किनिएको सफ्टवयेरलाई मात्र अपग्रेड गर्ने सुबिधा दिने गरेको थियो । तर, विन्डोज १० भने सवैखाले ग्राहकले प्रयोग गर्न पाउनेछन् । माइक्रोसफ्टले विन्डोज ७ वा ८ अपरेटिङ सिस्टम चलाइरहेका सवै प्रयोगकर्तालाई निःशुल्क अपग्रेड सुबिधा दिने भएको छ । चाहे त्यस्ता प्रयोगकर्ताले चोरीकै सफ्टवेयर चलाएका किन नहुन् ।

माइक्रोसफ्टको यो निर्णयबाट नेपाल लगायत बिकाशोन्मुख मुलुकका धेरै प्रयोगकर्ता लाभाविन्त हुनेछन् । नेपालमा झण्डै ९९ प्रतिशत कम्प्युटर प्रयोगकर्ताले विन्डोजको चोरी संस्करण चलाउँदै आएका छन् ।
बिकाशोन्मुख मुलुकमा ठूलो संख्यामा विन्डोजका पाइरेटेड संस्करण चलाउँदै आएका प्रयोगकर्तालाई सक्कली विन्डोजप्रति आर्कषिर्त गर्न माइक्रोसफ्टले यस्तो नीति लिएको हो ।
यसअघि माइक्रोसफ्टले सिस्टम अपग्रेड गर्न पाइरेटेड भर्सनका प्रयोगकर्तालाई निषेध गर्दै आएको थियो ।
‘लाइसेन्ससहितको सफ्टवेयर प्रयोग गर्न थालेपछि प्रयोगकर्ताले त्यसको महत्व बुझ्नेछन र हामी उनीहरुलाई लाईसेन्सवाला कपीमा अपग्रेड गर्न प्रोत्साहित गर्ने छौं’ माइक्रोसफ्टका प्रवक्ताले भने ।

विन्डोज १० मा के छ त ?

माइक्रोसफ्टको यो एस्तो अपरेटिंग सिस्टम हो जुन एकसाथ कम्प्युटर, ट्याब्लेट,स्मार्टफोन, एक्सबक्स वान, होलोलेंस र सरफेस हब आदि को लागि आको छ । विन्डोज १० अलग-अलग कामका लागि  ७ भर्जनमा उपलब्ध हुनेछ ति हुन् :

१. विन्डोज १० होम: यो साधारण उपभोक्ताको लागि डेस्कटप एडिशन हो जसमा माइक्रोसफ्टको नयाँ प्राबिधिको डिजिटल कोर्टाना ब्राउजर र अन्य थुप्रै एप्स हुन्छ ।

२. विन्डोज १० प्रो: यो सानो व्यवसायीहरुका लागि हो जो कम्प्युटर, ट्याब्लेट, र  2in1 ग्याजेटमा यसको प्रयोग गर्न चाहन्छन ।

३. विन्डोज १०  इन्टरप्राइजेज: यो मझौला तथा ठुला आकारको कम्पनी वा संगठनहरुका लागि हो जसमा संबेदनशील विजनेसको लागि धेरै नै सुरक्षित विशेषता रहेको छ ।

४. विन्डोज १० एजुकेशन: यो स्कूल स्टाफ, एडमिनिस्ट्रेटर्स, टीचर्स र स्टुडेन्टसको लागि ल्याएको हो ।

५. विन्डोज १० मोवाइल: यो मोबाइल एडिशन हो जुन सानो स्क्रिनको लागि उपयुक्त हुन्छ | यसमा युनिभर्सल एप्स हुनुका साथै एमएस अफिसको नयाँ टच एडिशन पनि उपलब्ध हुनेछ ।

६. विन्डोज १० मोवाइल  इन्टरप्राइजेज: यो खासगरी मोबाइलमा व्यवसाय गर्नेहरुका लागि भनेर बनाएको छ | अति सुरक्षित सेक्युरिटी विशेषता तथा डिभाइस म्यानेजमेन्ट युक्त छ।

७. विन्डोज १० आइओटी कोर: यो बैंक एटीएम मशिन, रिटेल पोइन्ट वाला ग्याजेटस् , हेन्डहेल्ड टर्मिनलस्, इंडस्ट्रियल रोबोटिक्स तथा सामान्य मुल्य वाला डिभाइसका लागी उपलब्ध छ ।

सिस्टम चेक गर्नुहोस् :

अपग्रेड गर्नु भन्दा पहिला हेर्नुहोस कि तपाइको कम्प्युटरको प्रोसेसर 1 GHz वा त्योभन्दा बढी गतिको हुनुपर्छ,
RAM 32-bit वाला कम्प्युटरमा १ GB र  64-bit वाला कम्प्युटरका लागि 2 GB हुनुपर्छ
हार्डडिस्कमा कम्तीमा पनि २० GB खाली हुनुपर्दछ
८००×६०० पीक्सेल रिजोलुसनको डिस्प्ले
WDDM ड्राइभरको साथै माइक्रोसफ्ट  DirectX 9 ग्राफिक डिभाइस हुनुपर्छ
माइक्रोसफ्टको एक एकाउन्ट हुनुपर्छ र यसलाई अपग्रेड हुनलाई करिब १- १:३० घण्टाको समय लग्न सक्छ

कसरि गर्ने त इन्स्टल ?

 गत सेप्टेम्बरमा विन्डोज इनसाइडरमार्फत परीक्षणको रुपमा विन्डोज १० उपलब्ध गराएको माइक्रोसफ्टले त्यसमार्फत रजिष्टर गरेका ५० लाख प्रयोगकर्ताहरुलाई विन्डोज १० निस्शुल्क अपग्रेड गर्ने सुविधा दिएको छ । त्यस्तै यो सुविधा सबैलाई एकैपटक नदिइने भएकाले धेरै प्रयोगकर्ताहरु अझै यसको प्रयोगका लागि प्रतिक्षा गर्नुपर्ने भएको छ।

उक्त विन्डोज इन्साइडरमा नाम दर्ता नगरेकाले पनि यो सफ्टवेयर डाउनलोड गर्न पाउने सुविधा रहेको छ।  जेन्युन ओपरेटिङ सिस्टमहरु विन्डोज ७ वा ८ प्रयोग गरिरहेका प्रयोगकर्तालाई लक्षित गरेर माइक्रोसफ्टले विन्डोज १० आइएसओ फाइल सार्वजनिक गरेको छ। यसको प्रयोग गरी विन्डोज अपडेटबिना नै विन्डोज १० इन्स्टल र एक्टिभेट गर्न सकिन्छ।

यो टुलबाट सिधै माइक्रोसफ्ट विन्डोज १० इन्स्टल  गर्नअुघि केही प्रक्रिया पुरा गर्नुपर्नेछ। । आफ्नो सिस्टम ड्राइभमा पर्याप्त डिस्क स्पेस र सेटअप फाइल डाउनलोड गर्न इन्टरनेट स्पिड पनि हुनुपर्छ । त्यस्तै पिसी जेन्यसन जेन्युन विन्डोज ७ वा ८ बाट सञ्चालित भएको हुनुपर्छ ।

इन्स्टल गर्ने स्टेपस् :

१- विन्डोज १० इन्स्टलको लागि माइक्रोसफ्टको यो साइट लगइन गरी मिडिया क्रिएसन टुल डाउनलोड गर्नुपर्छ। यसका लागि ३२ बिट वा ६४ बिट भर्सनको डाउनलोड टुल छनौट गर्नुपर्ने हुन्छ ।

२- विन्डोज १० मिडिया क्रिएसन टुल इन्स्टल गरेपछि इन्स्टल  भएको फाइलमा क्लिक गर्ने। केही सेकेन्डपछि नयाँ विन्डो आउनेछ, जहाँ  what do you want to do? भनेर सोध्छ र दुईवटा अप्सन दिन्छ । अपसन upgrade this PC now मा क्लिक गर्ने र Next गर्ने। इन्स्टलेसनका क्रममा प्रयोगकर्ताको पिसी रिस्टार्ट हुन्छ।

३- अर्को पिसीका लागि फ्रेस इन्स्टल गर्नुपर्ने हो भने चाँही दोश्रो अप्सन Create installation media for another PC गर्ने।

४- पहिलो अप्सन छानेपछि पिसीमा नयाँ विन्डो देखा पर्छ । जसले विन्डोज १० डाउनलोडको प्रक्रिया भएको संकेत दिन्छ । केही मिनेटपछि डाउनलोड सुरु हुन्छ र प्रोगेस इन्डिकेटर विस्तार बढेको देखिनेछ ।

५- डाउनलोड प्रोसेस सकिएपछि पिसीमा नयाँ विन्डोज देखापर्छ जहाँ Creating Windows 10 media भनेर म्यासेज आउँछ। प्रोग्रेसको काम भइरहँदा ब्याकग्राउन्डमा अन्य काम पनि गर्न सकिनेछ। यो क्रममा पिसी चारर्जमा जोड्ने ।

६- विन्डोज १० मिडिया टुल क्रिएट भएपछि पिसीमा एउटा नयाँ सानो विन्डो देखापर्छ जुन सेटअप पिसी विन्डोज १० को इँन्स्टलेसन प्रक्रियामा जान हो र यसका लागि केही समयसम्म कुर्नुपर्छ । यसपछि getting updates स्टेप आउनेछ जहाँ पिसीले सेटअपका लागि चाहिने अपडेटहरु डाउनलोड गर्छ ।

७- अब विन्डोज १० इन्स्टलेसनका लागि पिसीमा पर्याप्त स्पेस छ कि छैन भनेर नयाँ विन्डो देखापर्छ । स्पेस पर्याप्त छैन भने सेटअप नै एबोर्ट हुन्छ भने पर्याप्त छ भने विन्डोज १० सेटअप थप प्रोसेसमा बढ्छ ।

८- पिसी रिबुट पछि विन्डोज १० अपग्रेडका लागि इन्ष्टलमा क्लिक गर्ने। अब फेरि पिसी रिस्टार्ट हुन्छ । पुनः रिबुटपछि विन्डोज १० सेटअप पुनः सुचारु हुन्छ र इन्स्टलेसन प्रक्रिया अगाडि बढ्छ ।

९- इन्स्टलेसन प्रक्रिया सकिएपछि पिसी पुनः रिस्टार्ट हुन्छ र Upgrading Windows  भन्ने म्यासेज आउँछ। यसमा तीन स्टेप हुन्छन्ः  Copying files, Installing features and drivers, and Configuring Settings. विन्डोज १० अपग्रेड गर्ने यो अन्तिम स्टेप हो । यो क्रममा पिसी बारम्बार रिस्टार्ट हुन्छ ।

१०- सबै स्टेप पुरा गरेपछि अब  पिसी विन्डोज १० मा अपग्रेडेड हुन्छ। नयाँ अपरेटिङ सिस्टमका लागि लगइन गर्ने र नयाँ विन्डोका लागि कन्फिग्युरिङ सेटिङमा जानुपर्ने हुन्छ ।

यहाँ नयाँ विन्डो देखिन्छ जसमा विन्डोज १० का नयाँ एप्स पनि हुन्छन्, फोटो, माइक्रोसफ्ट एज, म्युजिक, मुभी र टिभी । अब Next क्लिक गरेपछि विन्डोज पिसी प्रयोग गर्न तयार हुन्छ।  सबै सेटिङ, फाइल, र एप्स आफै इन्स्टल भइसकेका हुन्छन् र महत्वपूर्ण एप्सहरु टास्कबारमा पनि हुन्छन् ।

यो विन्डोज १० एक वर्ष सम्मका लागि फ्री हो त्यसपछि कति चार्ज लाग्छ भन्नेबारे अहिले केहि उल्लेख गरिएको छैन ।

के छन् त विन्डोज १० का खास विशेषताहरु :

कोर्टाना
विन्डोज १० को निकै प्रचलित विशेषता मध्ये एक हो कोर्टाना। यो एक पर्सनल भ्वाइस असिस्टेन्ट सुविधा हो। यो सुविधा विन्डोज फोन प्रयोगकर्ताहरुले पहिले नै पाइसकेका छन्। यस सुविधामा भ्वाइस कमान्डका मदतले प्रयोगकर्ताहरु आफ्नो कम्प्युटरलाई चलाउन सक्नेछन्। कोर्टाना गुगलको गुगल नाओ र एप्पलको सिरीको प्रतिस्पर्धी रहेको छ।

बायोमेट्रिक्स फीचर
विन्डोज १० ले सबै डिभाइसहरुमा बायोमेट्रिक फीचर सापोर्ट गर्नेछ। फेसियल रेकोग्निशन, आइरीस स्क्यानर, फिङ्गरपिन्ट स्क्यानर आदीले लग इन सम्भव छ। यसमा प्रयोगकर्ताको शरीरका अङ्गहरु ९आँखा, अनुहार र औँला० को स्क्यान हुनेछ र यसैको सहायताले प्रयोगकर्ताहरु लग इन गर्न सक्नेछन्।

स्मार्ट स्क्रिन
यस विशेषताको नाम कन्टिनम हो।  यस सुविधाका सहयोगले प्रयोगकर्ताहरु जुन कम्प्युटरमा विन्डोज १० प्रयोग गरिरहेका छन् त्यसमा स्वतः विन्डोज १० ले आफ्नो लेआउट परिवर्तन गर्नेछ। यसको अर्थ यदि प्रयोगकर्तासँग टच स्क्रिन डिभाइस छ भने सानो मेनु आफैं ठुलो भएर आउँछ। यदि डेस्कटप कम्प्युटर हो भने मेनु सानो भएर आउने छ।

वेबपेज एडिट
विन्डोज १० को नयाँ ब्राउजर एजको मदतले वेब पेजलाई एडिट गर्न सकिन्छ। नयाँ इङ्किङ टुल्समा रहेका डिजिटल पेन, हाइलाइटनर्स आदीका मदतले वेब पेजमा नोट लेख्न सकिन्छ।

बेटर सर्च
विन्डोज १० मा स्टार्ट स्क्रिनमा रहेको सर्च अझै राम्रो भएको छ। यस सुविधामा प्रयोगकर्ताहरुले सर्च गरेको फाईल वा शब्दलाई विन्डोज १० ले पहिले सिस्टममा खोज्ने छ। यदि सिस्टममा फाईल भेटिएन भने क्लाउड स्टोरेजमा खोज गरिने छ र यदि त्यहाँ पनि भेटिएन भने इन्टरनेटमा खोजिने छ। वेब सर्चका परिणामहरु एक नयाँ पपअप मेनुमा देखिने छन्। ब्राउजर खोलेर सर्च गर्नु पर्ने समस्याबाट अब मुक्ति पाउन सकिन्छ।

त्यस्तै :
- विन्डोज १०, विन्डोज फोन र विन्डोज ट्याब्लेटलाइ एकसाथ सजिलैसँग सिंक्रनाइज गर्न सकिन्छ । मोबाइलको विन्डोज स्टोरबाट डाउनलोड गरेको सबै एप्स डेस्कटपमा पनि चलाउन सकिन्छ ।

- विन्डोज १० मोबाइल मा एडभान्सकान्ति कन्टिनम विशेषताको प्रयोग गरिएको छ , जसलाइ पर्सनल कम्प्युटर जस्तै प्रयोग गर्न सकिन्छ साथै ठुलो स्क्रिनमा प्रोजेक्टर जस्तै प्रयोग गर्न पनि सकिन्छ ।  त्यस्तै यसै विशेषताको प्रयोगले विन्डोज मोबाईललाइ टि.भी. संग कनेक्ट गर्न सकिन्छ साथै किबोर्ड र माउस पनि जोडेर चलाउन सकिन्छ ।

- विन्डोज १० मा स्टार्ट स्क्रिनमा रहेको सर्च अझै राम्रो भएको छ। यस सुविधामा प्रयोगकर्ताहरुले सर्च गरेको फाईल वा शब्दलाई विन्डोज १० ले पहिले सिस्टममा खोज्ने छ।

- विन्डोज १० मा नया ब्राउजर राखिएको छ, जसको नाम ‘एज’ छ। ‘एज’ ब्राउजर विन्डोज एक्सप्लोरर भन्दा धेरै फास्ट हुने छ ।नयाँ ब्राउजर एजको मदतले वेब पेजलाई एडिट गर्न पनि सकिनेछ।

विन्डोज १० मा बदलिन्छ यी सर्टकट कि :

- विन्डोज स्क्रिन लेफ्ट स्न्याप गर्नका लागि : Windows key+Left
- विन्डोज स्क्रिन राइट स्न्याप गर्नका लागि : Windows key+Right
- विन्डोज म्याक्सिमाइज् गर्नका लागि : Windows key+Up
- विन्डोज मिनिमाइज गर्नका लागि : Windows key+Down
-पछिल्लो भर्चुअल डेस्कटपमा जानका लागि: Windows key+Ctrl+Left

How to download and update Windows 10 without Windows Update



How to force Windows (7, 8, 8.1) to download the Windows 10 update files



Here's how you install Windows 10 on a Mac


0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !