जिमेलमा पठाइसकेको मेल क्यान्सिल गर्ने सुविधा
जिमेलका प्रयोगकर्ताहरुलाई खुसीको खवर छ । जिमेलले आफ्ना प्रयोगकर्ताले भुलबस पठाएका इमेल हटाउन र डिलिट गर्न मिल्ने सुविधा दिएको छ ।
कुनै पनि प्रयोगकर्ताले आफूले भूलबस पठाएको इमले ३० सेकण्ड भित्र क्यान्सिल गर्न सक्छन् जसले गर्दा मेल जानबाट रोकिन्छ ।
गुगलले आफ्नो सेफगार्ड सेटिङमा यो सुविधा थपेको हो । पठाइसकेको मेल लाई “undo send” फिचर प्रयोग गरेर क्यान्सिल गर्न सकिन्छ । तर यो सुविधा लिनका लागि गुगलका प्रयोगकर्ताले केही थप कुरा गर्नु पर्नेछ ।
यद्यपी गुगलले यस अघी पनि भित्रका गतिविधीमा undo सुविधा दिँदै आएको थियो । अब भने जिमेल सेटिङमा गएर “undo send” गर्दा भुलबस पठाइसकेको मेल पनि क्यान्सिल गर्न सकिन्छ ।
तर यो फिचर प्रयोग गर्नका लागि गुगलले पछिल्लो पटक लञ्च गरेको “Inbox” एप्लिकेसन प्रयोग गर्नु पर्नेछ ।
११ वर्ष अघी शुरु भएको जिमेल अहिले सबैभन्दा लोकप्रिय मेल सेवा प्रदायक बनिसकेको छ । यसका अहिले ९० करोड प्रयोगक कर्ता छन् ।
जिमेलमा स्नुज सुविधा राख्न सकिने
इन्टरनेटमा प्रयोगकर्ताले चलाउने हरेक कुराको जानकारी गुगलसँग हुन्छ। त्यसैले गुगलले जीमेल एकाउण्टका प्रयोगकर्ताहरुको जरुरी ईमेलहरुको ट्रयाक गर्ने तरिका ल्याएको छ।
यदि कसैले कहीँ जाने भनेर १५ दिन अगाडि टिकट बुकिङ गरेको छ र पछि यो इमेल खोज्न परेमा गुगलले सहयोग गर्नेछ।
इनबक्समा रहेको कुनै इमेललाई स्वाइप गरेर त्यसलाई स्नुजमा राख्न सकिनेछ। आफ्ना महत्वपूर्ण कामहरुको लागि १ घण्टा अगाडि याद गराउन जिमेलले सहयोग गर्नेछ।
यसमा ६ किसिमका ईमेलको क्याटेगोरीहरु– रेस्टुरेन्ट, क्यालेण्डरका लाागि इन्भाइट, फ्लाइट, होटल, कार रेन्टल र प्याकेज ट्रेकिङ रहेका छन्।
यी ६ वटा विषयसँग सम्बन्धित इमेलहरु इनबक्सको सबैभन्दा माथि आउँछन्। यसका लागि प्रयोगकर्ताले स्क्रिनमा पपअप पनि आउँछ जसकारण् प्रयोगकर्ताले आफ्नो फोन हेर्दा यसको जानकारी पाउँछन्।
यसले प्राइभेसीमा भने जोखिम ल्याउन सक्नेछ।
इन्टरनेटको कनेक्सन बिना पनि जिमेल सुबिधा
गुगलले केही दिन अघि मात्र एक गुगल एपको सार्वजनिक गरेको छ । इनबक्स नाम राखिएको यो एपको प्रयोग गर्दा बिना इन्टरनेट कनेक्सन पनि लपाईंले मेल खोल्न सक्नुहुनेछ र म्यासेज रिप्लाई गर्न पनि सक्नुहुनेछ । यसका लागि गुगल नाउ (google now) को मद्दतले सिंक्रोनाइज गरेको छ ।
यो अन्य तमाम एप भन्दा भिन्न र रोजक प्रकृतिको छ । जिमेलको काम यो युजर्स प्रयोग गरेपछि हुन्छ । सायद तपाईंलाई यो थाहा छैन की जिमेलको अफलाईन म्यासेज पनि प्रयोग गर्न सकिन्छ । यो एक क्रोम एक्सटेशन हो, जुन प्रयोगकर्ता आफ्नो इनबक्सको मेल चेक गर्न, रिप्लाई गर्नसक्ने सुविधा दिन्छ । अफलाई जिमेल खोल्नकालागि के गर्नसकिन्छ ?
सबैभन्दा पहिला तपाईं इनबक्सको दाइने तर्फको माथि सेटिङमा जानुस् । यस पछि सेटिङमा गएर अफलाइन ट्याब खोल्नुस् । यदि यो एप इन्स्टल छैन भने चलाउन मिल्दैन । त्यसैले इन्टल जिमेल अफलाईनमा क्लिक गर्नुस् । यो पछि पेज खुल्छ । जसमा जिमेल अफलाईन एप इन्स्टल गर्नुस् । यस पछि जब युजर्सले अफलाईन म्यासेज चेक गर्ने हो, तयाईले यो एप प्रयोग गर्न सक्नुहुन्छ ।
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !