- स्ट्याण्डर्ड बैंकको जागिर छाडेर कुखुरापालन
- दैनिक ३ हजार वटा अण्डा विक्री
- अण्डा विक्रीबाट मासिक साढे ४ लाख आम्दानी
- कुखुरापालनमा ७० लाख भन्दा बढि लगानी
दमौली, २५ चैत्र – दुवईस्थित स्ट्याण्डर्ड चाटर्ड बैंकमा क्यासियर पदमा जागिर खाँदा उनको मासिक तलब २ लाख भन्दा बढि थियो । २०५९ सालमा भिजिट भिसामा दुवई पुगेका उनले १० वर्षसम्म त्यहाँ काम गरे ।
तर पैसाले मात्र उनलाई आत्मसन्तुष्टि दिलाएन बरु आफ्नै देशमा फर्केर केही गरौं भन्ने इच्छा जगायो । त्यसैले त व्यास–८ चापाघाटका ३८ वर्षीय हिमाल श्रेष्ठ अहिले कुखुरापालनमा व्यस्त छन् ।
नेपाल फर्केको ३÷४ महिनासम्म त्यत्तिकै बसेका उनले चितवनमा घुम्न जाँदा साथीहरुले पनि त्यही व्यवसाय गरेको देखेर कुखरापालनमै लगानी गर्ने सोच बनाए । ‘लगानी गर्न सक्ने हो आम्दानी पनि राम्रै हुने देखेको थिएँ,’ श्रेष्ठले विगतका कुरा सम्झँदै भने, ‘अहिले यही व्यवसायबाट राम्रो आम्दानी भएको छ ।’
उनले ४ रोपनी जग्गा १५ वर्षका लागि लिजमा लिएर २०६९ सालदेखि कुखुरापालन सुरु गरेका हुन् । त्यतिबेला १ हजार ६ सय कुखुराका चल्ला पालेर व्यवसाय थाल्दा श्रेष्ठले १७ लाख रुपैयाँ लगानी गरेका थिए । २०७१ साल श्रावण १ गते ४ हजार ६ सय कुखुराका चल्ला पालेका उनले अहिले दैनिक २ हजार ९ सय ४० वटा अण्डा विक्री गर्दै आएका छन् । कुखुरापालनमा हालसम्म ७० लाख भन्दा बढि लगानी भइसकेको श्रेष्ठले बताए ।
अण्डा संकलनका लागि कुखुरा फर्मभित्र १५७ वटा डालो राखिएको छ । कुखुराले त्यही डालोमा अण्डा पार्ने र दैनिक ३ पटकसम्म अण्डा संकलन गर्ने गरिएको छ । बाहिरको हल्लाले कुखुरा तर्सिने भएकाले फर्मभित्र भजन सहितको संगीत समेत बजाइने गरिएको छ ।
कार्तिक १५ गतेबाट अण्डा उत्पादन सुरु भएको थियो । मंसिरबाटै उनले बजारमा अण्डा विक्री गर्न थाले । दैनिक २८ हजार रुपैयाँको अण्डा विक्री हुने गरेको श्रेष्ठ बताउँछन् । उनका अनुसार दैनिक १३ हजार रुपैयाँ दानामा खर्च हुने र १५ हजार रुपैयाँ नाफा हुने गरेको छ । ‘अण्डा विक्रीका लागि बजारको अभाव छैन,’ उनी भन्छन्, ‘माग अत्याधिक छ, माग अनुसार उत्पादन हुनै सकेको छैन ।’
सुरुमा १८ लाखको दाना खर्च भएपछि मात्रै अण्डा उत्पादन हुन थालेको थियो । दिनमा १६ हजार १ सय रुपैयाँ दानामा मात्रै खर्च हुन्थ्यो । अण्डा विक्रीबाट मासिक ४ लाख ५० हजार रुपैयाँ नाफा हुने गरेको श्रेष्ठले बताए । ‘पहिलादेखि नै कृषि क्षेत्रमै केही गरौं भन्ने सोच थियो,’ उनले भने । कुखुरापालनका लागि दिनमा ७ बोरा दाना आवश्यक पर्ने गरेको छ । उनले १४ दिनमा १ लाख ६० हजार रुपैयाँको दाना चितवनबाट ल्याउने गरेका छन् । अब आफैले पनि दाना उत्पादन गर्ने सोच बनाएको श्रेष्ठ बताउँछन् । ‘पहिला–पहिला छिमेकीहरु यत्रो पढेलेखेर भएपनि के काम गर्न लाग्यो भनेर भन्थे’ उनले भने, ‘अहिले यो सफलता देखेर सबै छक्क पर्छन् ।’
दुवईमा उनले स्ट्याण्डर्ड चार्टड बैंकमा क्यासियर पदमा जागिर खाए । मासिक तलब २ लाख थियो । त्यहाँ रहँदा उनले राम्रै पैसा समेत कमाए र स्वदेशमै फर्केर केही गरौं भन्ने सोच पनि । ‘जुन आनन्द विदेशमा थियो त्यो भन्दा बढि सन्तुष्टि अहिले यहाँ मिलेको छ,’ उनले भने, ‘परिवारसँगै मिलेर व्यवसाय गर्न पाउँदा त्यो भन्दा धेरै सन्तुष्टि अन्त गएर गर्दा हुने रहेनछ ।’
साभार: कारोबार दैनिक
- दैनिक ३ हजार वटा अण्डा विक्री
- अण्डा विक्रीबाट मासिक साढे ४ लाख आम्दानी
- कुखुरापालनमा ७० लाख भन्दा बढि लगानी
दमौली, २५ चैत्र – दुवईस्थित स्ट्याण्डर्ड चाटर्ड बैंकमा क्यासियर पदमा जागिर खाँदा उनको मासिक तलब २ लाख भन्दा बढि थियो । २०५९ सालमा भिजिट भिसामा दुवई पुगेका उनले १० वर्षसम्म त्यहाँ काम गरे ।
तर पैसाले मात्र उनलाई आत्मसन्तुष्टि दिलाएन बरु आफ्नै देशमा फर्केर केही गरौं भन्ने इच्छा जगायो । त्यसैले त व्यास–८ चापाघाटका ३८ वर्षीय हिमाल श्रेष्ठ अहिले कुखुरापालनमा व्यस्त छन् ।
नेपाल फर्केको ३÷४ महिनासम्म त्यत्तिकै बसेका उनले चितवनमा घुम्न जाँदा साथीहरुले पनि त्यही व्यवसाय गरेको देखेर कुखरापालनमै लगानी गर्ने सोच बनाए । ‘लगानी गर्न सक्ने हो आम्दानी पनि राम्रै हुने देखेको थिएँ,’ श्रेष्ठले विगतका कुरा सम्झँदै भने, ‘अहिले यही व्यवसायबाट राम्रो आम्दानी भएको छ ।’
उनले ४ रोपनी जग्गा १५ वर्षका लागि लिजमा लिएर २०६९ सालदेखि कुखुरापालन सुरु गरेका हुन् । त्यतिबेला १ हजार ६ सय कुखुराका चल्ला पालेर व्यवसाय थाल्दा श्रेष्ठले १७ लाख रुपैयाँ लगानी गरेका थिए । २०७१ साल श्रावण १ गते ४ हजार ६ सय कुखुराका चल्ला पालेका उनले अहिले दैनिक २ हजार ९ सय ४० वटा अण्डा विक्री गर्दै आएका छन् । कुखुरापालनमा हालसम्म ७० लाख भन्दा बढि लगानी भइसकेको श्रेष्ठले बताए ।
अण्डा संकलनका लागि कुखुरा फर्मभित्र १५७ वटा डालो राखिएको छ । कुखुराले त्यही डालोमा अण्डा पार्ने र दैनिक ३ पटकसम्म अण्डा संकलन गर्ने गरिएको छ । बाहिरको हल्लाले कुखुरा तर्सिने भएकाले फर्मभित्र भजन सहितको संगीत समेत बजाइने गरिएको छ ।
कार्तिक १५ गतेबाट अण्डा उत्पादन सुरु भएको थियो । मंसिरबाटै उनले बजारमा अण्डा विक्री गर्न थाले । दैनिक २८ हजार रुपैयाँको अण्डा विक्री हुने गरेको श्रेष्ठ बताउँछन् । उनका अनुसार दैनिक १३ हजार रुपैयाँ दानामा खर्च हुने र १५ हजार रुपैयाँ नाफा हुने गरेको छ । ‘अण्डा विक्रीका लागि बजारको अभाव छैन,’ उनी भन्छन्, ‘माग अत्याधिक छ, माग अनुसार उत्पादन हुनै सकेको छैन ।’
सुरुमा १८ लाखको दाना खर्च भएपछि मात्रै अण्डा उत्पादन हुन थालेको थियो । दिनमा १६ हजार १ सय रुपैयाँ दानामा मात्रै खर्च हुन्थ्यो । अण्डा विक्रीबाट मासिक ४ लाख ५० हजार रुपैयाँ नाफा हुने गरेको श्रेष्ठले बताए । ‘पहिलादेखि नै कृषि क्षेत्रमै केही गरौं भन्ने सोच थियो,’ उनले भने । कुखुरापालनका लागि दिनमा ७ बोरा दाना आवश्यक पर्ने गरेको छ । उनले १४ दिनमा १ लाख ६० हजार रुपैयाँको दाना चितवनबाट ल्याउने गरेका छन् । अब आफैले पनि दाना उत्पादन गर्ने सोच बनाएको श्रेष्ठ बताउँछन् । ‘पहिला–पहिला छिमेकीहरु यत्रो पढेलेखेर भएपनि के काम गर्न लाग्यो भनेर भन्थे’ उनले भने, ‘अहिले यो सफलता देखेर सबै छक्क पर्छन् ।’
स्कूलदेखि विदेशसम्म
श्रेष्ठले २०५६ सालमा सोही ठाउँमा ग्रिनस्टार बोर्डिङ्ग स्कूल स्थापना गरेका थिए । विद्यालयमा कक्षा ७ सम्मको पढाई हुन्थ्यो । तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्वका कारण त्यसबेला बोर्डिङ्ग स्कूल बन्द भयो र उनी वैदेशिक रोजगारीका लागि दुवई पुगे ।दुवईमा उनले स्ट्याण्डर्ड चार्टड बैंकमा क्यासियर पदमा जागिर खाए । मासिक तलब २ लाख थियो । त्यहाँ रहँदा उनले राम्रै पैसा समेत कमाए र स्वदेशमै फर्केर केही गरौं भन्ने सोच पनि । ‘जुन आनन्द विदेशमा थियो त्यो भन्दा बढि सन्तुष्टि अहिले यहाँ मिलेको छ,’ उनले भने, ‘परिवारसँगै मिलेर व्यवसाय गर्न पाउँदा त्यो भन्दा धेरै सन्तुष्टि अन्त गएर गर्दा हुने रहेनछ ।’
दैनिक १५ घण्टा कुखुराको स्याहारसुसारमा
श्रेष्ठ दैनिक १५ घण्टा कुखुरा फर्ममा बिताउँछन् । बिहान ६ बजेदेखि राति ९ बजेसम्म कुखुराको स्याहारसुसारका लागि समय छुट्याउने गरेको उनले बताए । कुखुराको स्याहारसुसारका लागि अन्य २ जना कामदार समेत छन् । उनीहरुलाई मासिक १२ हजारसम्म पारिश्रमिक दिने गरेको उनले बताए । उनले अब छिट्टै थप २ हजार कुखुरा पाल्न मिल्ने गरी खोर निर्माण गर्ने योजना बनाएको बताए ।साभार: कारोबार दैनिक
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !