यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » , » पोखरामा युवाहरुको अर्गानिक कृषि खेती

पोखरामा युवाहरुको अर्गानिक कृषि खेती

हाम्रो समाजमा अधिकांश विदेश जाने सपना बुन्छन्। त्यसमा पनि कलेज पढेपछि विदेश जाने सपना नदेखेका युवा कमैमात्र भेटिन्छन्। तर विदेश गएर पनि नेपालमै केही गर्छुभनी अठोट बोकेर र्फकने अत्यन्तै न्यून हुन्छन्। तर कास्कीका रिभान-६का तुलसी गिरी युरोप पुगेर पनि नेपाल फर्किए। त्यहाँ स्थानीय उत्पादनलाई दिएको मूल्य बुझेर उनी नेपालमै पनि स्थानीय उत्पादनको वृद्धि तथा बजारीकरण गर्ने अठोट बोकी फर्किएको सुनाउँछन्।

उनले आफूले मात्र होइन अन्य साथीलाई पनि पढेर खेतबारीमा काम गर्दा सानो भइँदैन भन्ने सन्देश दिन तत्पर पनि भए।सुरुमा नमन सुपरमार्केटबाट व्यवसाय सुरु गरेका उनी अहिले अन्य युवाउद्यमी साथीलाई समेटेर काम गरिरहेका छन्। त्यस्तै सहकारीसमेत सञ्चालन गरि बजार नपाएका कृषकलाई समेत बजार दिलाउने कार्यसमेत गरेका छन्।लेखनाथका टेकराज सुवेदी र गौतम मिलेर २५ रोपनी जग्गामा कृषि व्यवसाय गर्नुका साथै चार वटा गाईसमेत पालेका छन्। त्यस्तै दुर्इ स्थानमा बजार व्यवसाय पनि सञ्चालन गरेका छन्।

राष्ट्रबैड्ढचोक र सेलवेज डिपार्टमेन्टल स्टोर महेन्द्रपुलमा दुर्इवटा तरकारी तथा फलफूल सञ्चालन गरिरहेका उनीहरू चाँडै नै दुर्इ स्थानमा रेष्टुरेण्टसहितको तरकारी तथा फलफूल व्यवसाय सञ्चालन गरि चार स्थानमा व्यवसाय विस्तार गर्ने सोचमा छन्। एक महिनामा उनीहरू चार लाख बढीको कारोबार गर्छन् भने गत वर्ष २३ लाख आम्दानी भएको सुनाउँछन्। उनीहरूले १६ जनालाई रोजगारीसमेत दिएका छन्। उनीसँगै अहिले लेखनाथका विशाल गौतम, सुरज सुवेदीले समेत सहकार्य गरिरहेका छन्।

आफ्नो व्यवसायअन्तर्गत कास्की जिल्लाको वरपर रहेका मर्दिखोला, रिठेपानी, पामे, आर्वाविजय, कालिका, भदौरे तामागी, पञ्चासे, फुर्सेखोला, हेम्जा, निर्मलपोखरी, भरतपोखरी, घाचोकलगायतका करिब दुर्इ सय ५० जना स्थानीय कृषकसँग सहकार्य गर्दै उत्पादित वस्तु तथा उपजलाई बजारीकरण गरिरहेका छन्। सहकारीका अध्यक्ष समेत रहेका गिरी भन्छन्(’हामी युवाउद्यमी हुन त्यत्ति सजिलो छैन। घुम्ने कुर्सीमा बसेर मेहनत नै नगरी उद्यमी भइँदैन त्यसका लागि मेहनत, लगनशीलता र निरन्तरता चाहिन्छ।’उनले परिश्रम, धैर्यता नगरी कुर्सीमा बसेरमात्र कोही पनि उद्यमी बन्न सक्दैन उद्यमी बन्नका लागि मेहनत गर्न उनले सुझाव दिन्छन्। विदेश गएर गर्ने दुःख नेपालमै बसेर गर्ने हो भने विदेशमा भन्दा धेरै पैसा कमाउन सकिने उनको दाबी छ।

सुरुमा घर परिवारदेखि लिएर साथीभाइ, इष्टमित्र सबैले पढेर पनि खेतीपाती गर्ने भनेर गिज्याउने गरे पनि अहिले उनीहरूबाटै स्याबासी पाउँदा उनी खुसी देखिन्छन्। आफ्नो कामप्रति अत्यन्तै सन्तुष्ट भएका गिरी अन्य युवालाई समेत सहकार्य गर्नका लागि आÞवान गर्छन्।अर्का युवा उद्यमी विशाल गौतम दिगो विकास तथा पर्यावरण जोगाउने यस उत्पादनमूलक कार्यमा आफूसमेत एक हिस्सा बन्न पाएकोमा गर्व गर्दै भन्छन्(’हामीले यो कार्यलाई एक नमुना र कोशेढुङ्गा बनाउने छौ। कलेजमा अहिलेसम्म सिकेका कुराभन्दा आफू यस कार्यमा लाग्दा धेरै सिकेको महसुस आफूले गरेको उनी बताउँछन्। सहकारीका सचिवसमेत रहेका गौतम सहकारीको माध्यमबाट बजार नपाएका कृषकलाई बजार उपलब्ध गराएको तथा विभिन्न तालिमको समेत आयोजना गरि कृषकलाई दक्षता तथा क्षमता अभिवृद्धि गर्नका साथै अर्गानिक खेतीतर्फ लाग्न प्रोत्साहन दिएको बताउँछन्।
साभारः न्युजएग्रो

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !