यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » » तपाइको कम्प्युटरको Password बिर्सेर कतै दुख पाउनु भएको त छैन

तपाइको कम्प्युटरको Password बिर्सेर कतै दुख पाउनु भएको त छैन

कहिले खाली जानी वा नजानी कुनै पनि कुरा बिर्सिन सक्छ, अरुमा त फरक नपर्ला तर तपाईंले आफ्नो कम्प्युटर खोल्नको लागि राख्नु भएको Password नै बिर्सिनु भयो भने चाँही समस्या पर्न सक्छ हैन र ?
यदि तपाईं Password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही Tips को प्रयोग गरेर Password लाई हटाउन सक्नु हुन्छ ।


१) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ त्यती बेला F8 कि Press गर्नुहोस् ।

२) तपाईंले Boot Menu Option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले "Safe Mode" लाई छान्नुहोस् ।

३) जब "Safe Mode" मा जानु हुन्छ तपाईंलाई Password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।
 
४) कम्प्युटर खुलिसकेपछि Run मा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।
 
५) Windows User Account पेज खुल्नेछ । त्यहा तपाईंले Password Protect गर्नु भएको Account खोल्नुहोस् र Password लाई Delete गरिदिनुहोस् ।
 
६) अब कम्प्युटरलाई Restart गर्नुहोस् , तपाईंको Password हटिसकेको हुनेछ ।
 
७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ Password ले Protect गर्न सक्नु हुनेछ ।