यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » » यसरि जोगाउनुहोस् ल्यापटपको ब्याट्री लाईफ

यसरि जोगाउनुहोस् ल्यापटपको ब्याट्री लाईफ

ल्यापटप प्रयोग गर्ने धेरैजसो मानिसहरु ब्याट्री लाइफको समस्याले धेरै परेशान हुने गर्दछन । ल्यापटपको ब्याट्री एकपटक पुरा चार्ज भएपछी २ वा ३ घण्टा सम्म मात्र चल्दछ ।  यात्रा गर्दाहोस वा कुनै जरुरी प्रिजेंटेशनको समयमा अचानक ल्यापटपको ब्याट्री सकियो भने ठुलै समस्या उत्पन्न हुनसक्छ, खासगरी तब जब तपाईको छेउछाउमा कुनै पावर प्लग नहुदा । त्यसैले आज मैले केही तरिकाहरु लिएर आएको छु जसले गर्दा तपाइले आफ्नो ल्यापटपको प्रयोग अवधि बढाउनुको साथै ब्याट्री छिटो बिग्रनबाट पनि बचाउन सक्नुहुन्छ ।

पावर म्यनाजमेंट (Power Management) 

पावर म्यनाजमेंट एडजस्ट गरेर बिद्युतको खपत कम गर्नसकिन्छ । ल्यापटप स्क्रिनको लाइट जति धेरै हुन्छ त्यति नै बिद्युत खपत बढी हुन्छ । Control Panel मा गएर Power Option बाट स्क्रिन लाइटलाइ आफुलाई सुहाउदो (सके सम्म कम) राख्नुहोस । यस्ले तपाईको ब्याट्री धेरै बेर टिक्नुको साथै प्रोसेसरको स्पीड घट्नुको साथै ल्यापटपको काम नहुदा आफै Sleep Mode मा जान्छ | यसले तपाईको काममा कुनै असर गर्दैन ।

हाईबर्नेट (Hibernate)

काम नगर्दाको समयमा ल्यापटपलाई Stand by Mode मा राख्नाले बिद्युत खपत कम हुन्छ । तर यदि तपाईको ल्यापटप हाईबर्नेटको सुबिधा छ भने त्यसले अजै धेरै बिद्युत बचाउछ । यसको लागि Control Panel मा गएर Power Option मा क्लिक गरे पछी खुलेको डायालोग बक्स मा Hibernate ट्याब खोज्नुहोस र त्यसलाई खोलेर Enable Hibernate बक्स मा टिक लगाउनुहोस । यदि Hibernate ट्याब देखिएन भने तपाईको ल्यापटपमा यो सुबिधा छैन ।

पावर लिक (Power Leak)

यदि ल्यापटपको साथमा Flash Drive, External  Hard Disk, Speaker , Wi-Fi Card आदि जोडिएको छ भने त्यो सबैलाई हटाईदिनुहोस किनकी त्यो सबैलाई आवस्यक बिद्युत ल्यापटपको ब्याट्रीबाट प्राप्त हुन्छ ।

सीडी-डीभीडी (CD-DVD)

ल्यापटपको प्रयोग गर्दाको समयमा CD-DVD Drive को प्रयोग कम भन्दा कम प्रयोग गर्नुहोस र यदि ल्यापटपमा CD अथवा DVD छ र त्यसको प्रयोग भएको छैन निकलिदिनुहोस जसले गर्दा बिद्युत खपत कम हुन्छ ।

ब्याट्री चार्जिंग (Battry Charging) 

ल्यापटपको ब्याट्री चार्ज गरेपछि लामो समय सम्म प्रयोग नगरी त्यतिकै राख्नु हुदैन । यदि ल्यापटप चार्ज भएको छ भने कम से कम हप्तामा दुई पटक अवस्य पनि प्रयोग गर्नुहोला । यदि ल्यापटपमा लीथियन आयन ब्याट्री छ भने त्यसलाई पुरै डिस्चार्ज नगर्नुहोला । तर यदि ननलीथियन आयन ब्याट्री हो भने हरेक दुई-तिन हप्तामा पुरै डिस्चार्ज गरेपछि मात्र चार्ज गर्नुहोस । तपाइले ल्यापटप यदि लामो समय सम्म प्रयोग नगर्ने अवस्थामा ननलीथियन आयन ब्याट्रीलाई पुरै डिस्चार्ज गरेर राख्नुहोस । तपाईको ल्यापटपमा भएको ब्याट्री कुन क्याटगरिको हो भन्ने जान्नको लागि ल्यापटपको साथमा आएको म्यानुअल बुक हेर्नुहोस । 

मल्टि-टास्किंग (Multi-Tasking)

यदि ल्यापटप चलाईरहनु भएको छ भने एउटै समयमा अरु धेरै ब्राउजर वा ऐप्लिकेशनको प्रयोग नगर्नुहोस । प्रायजसो हामी माइक्रोसफ्ट अफिसमा काम गर्दा गर्दै साथमा ब्राउजर, ई-मेल र अरु प्रोग्राम पनि खोलेर राख्छौं । याद गर्नुहोस यस्तो मल्टि-टास्किंगले ल्यापटपको प्रोसेसिंग भईरहेको हुन्छ जसले बिद्युतको खबत बढिरहेको हुन्छ । त्यसैले एक पटकमा एउटा मात्र कार्य गरि ल्यापटपको ब्याट्री बचाउनुहोस ।

चिसो राख्नुहोस (Keep Cool)   

ल्यापटपलाई घाम वा बढी गर्मि ठाउँमा नराख्नुहोस । काम गर्दाको समयमा ध्यान राख्नुहोस कि कार्यस्थलको तापक्रम धेरै त छैन किनकी ल्यापटपको लागि तापक्रम जति कम हुन्छ त्यतिनै राम्रोसँग काम गर्छ । त्यस्तै ल्यापटप भित्र हावा जाने ठाउँ खुल्ला राख्नुहोस र कि-बोर्डको धुलो पनि बेलाबेलामा सफा गर्दैगर्नुहोस ।

नोट :- ल्यापटप चार्ज गर्दा त्यहि पावर केवल (तार) को प्रयोग गर्नुहोस जुन ल्यापटप किन्दा ल्याउनुहुन्छ । यदि त्यो बिग्रियो भने नजिकैको डिलर वा कस्टमर केयर सेन्टरमा गएर उपयुक्त रिप्लेसमेंट खोज्नुहोस ।