काठमाडौं, २३ माघ । सरकारले दूध उत्पादन बढाउन दुधालु गाई तथा उन्नत
जातका भैँसी पाल्ने युवालाई अनुदान उपलब्ध गराउने भएको छ । बेरोजगार र
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई प्राथमिकता तोकेर सरकारले
गाई–भैँसीपालनमा चार लाख रुपैयाँसम्म नगद अनुदान दिने कार्यविधि
कार्यान्वयनमा ल्याएको हो ।
कृषि विकास मन्त्रालयले १४ पुसदेखि कार्यान्वयनमा ल्याएको युवालक्षित कार्यविधिले दूध उत्पादन बढाउन दुधालु गाई र उन्नत जातको दुधालु भैँसीपालनमा अनुदानका माध्यमबाट युवालाई सहभागी गराउने लक्ष्य राखेको छ ।
पाँचवर्षे अवधिका लागि कार्यान्वयनमा ल्याइएको अनुदान कार्यक्रममा १८ वर्षदेखि ५० वर्ष उमेरका युवालाई समेटिने कार्यविधिमा उल्लेख छ ।
कार्यविधिमा उल्लेख भएअनुसार व्यावसायिक गाई–भैँसीपालनका लागि सम्भाव्य तराई तथा मध्य पहाडका जिल्ला छनोट गरी पशु उत्पादन निर्देशनालयले अनुदान रकम कार्यान्वयनमा ल्याउनेछ ।
र्देशनालयले तीन वर्षदेखि पश्चिम मध्यपहाडी जिल्ला र पूर्वी तराईका जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बजारमा दूधको माग बढ्दै गए पनि उत्पादन घट्दै गएपछि सरकारले आन्तरिक बजारबाटै मागअनुसारको दूध उत्पादन गर्न गाई–भैँसीपालन कार्यक्रम लागू गरेको जनाएको छ ।
दुधालु भैँसी बिक्री गर्ने र भैँसीले पाडी पाए धनीले मारिदिने हँुदा दूध उत्पादन घटेको सरकारी अधिकारीको बुझाइ छ । अनुदानका माध्यमबाट गाई–भैँसीपालन सुरु भएपछि सरकारले तोकेको समयभन्दा अघि वा पछि भैँसी बिक्री गर्न नपाइने व्यवस्था गरिन लागेको छ । कार्यविधिले अनुदान रकम वितरण गर्न दूध उत्पादनका लागि गाई–भैँसीको डेरी फार्म सञ्चालन क्षमतासमेत तोकेको छ ।
पाँचदेखि १० वटा दुधालु गाई र कम्तीमा चारवटा उन्नत जातका दुधालु भैँसी पाल्नेलाई कार्यविधिले ‘साना डेरी फार्म’मा वर्गीकरण गरेको छ । ‘साना डेरी फार्म सञ्चालन गर्न चाहने युवालाई १० हजारदेखि लाख रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराइनेछ,’ कार्यविधिमा उल्लेख छ ।
त्यस्तै, ११ देखि ५० वटा दुधालु गाई र पाँचदेखि १० वटा उन्नत जातका दुधालु भैँसी पाल्न इच्छुक युवालाई सरकारले दुई लाख रुपैयाँसम्म नगद अनुदान दिने कार्यविधिमा व्यवस्था छ ।
५० भन्दा बढी दूधाल गाई र १० भन्दा बढी उन्नत जातका दुधालु भैँसी पाल्न चाहने युवालाई चार लाखसम्मको अनुदान दिइनेछ ।
कार्यविधि कार्यान्वयनका लागि पशु उत्पादन निर्देशनालयले प्रस्ताव गर्ने जनाएको छ । निर्देशनालय प्रस्ताव आह्वान गरेपछि सम्बन्धित जिल्ला पशु सेवा कार्यालयमा इच्छुक युवाले आवेदन दिई अनुदान लिन सक्ने व्यवस्था छ । नयाँ पत्रिका