यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » » Urinary Tract Infection (UTI) भनेको के हो र यसबाट कसरी बच्न सकिन्छ ?

Urinary Tract Infection (UTI) भनेको के हो र यसबाट कसरी बच्न सकिन्छ ?

UTI भनेको के हो र यसबाट कसरी बच्न सकिन्छ ? परिचय :- Uranary system (मुत्र प्रणली ):- हाम्रो शरीरमा विभिन्न मध्यम (पनी,फल्फुल ,अन्न )बाट लिएको पदार्थ र विकार बस्तु urea cretinine Uric acid पिसाबको रुपबाट बाहिर फ्यक्ने प्रक्रियलाई नै मुत्र प्रणली भनिन्छ । kidney, Ureter, Urinary blader, र urethra लाई Urinary Tract (मुत्र मार्ग ) भनिन्छ । यदी कुनै शुक्षम जिबाणु बाट मुत्र मार्ग को infection (संक्रमण )लाई नै Urinary Tract infection (UTI) भनिन्छ । कारणहरु ( cause of The UTI ) :- विभिन्न प्रकारका जिवणुहरु E.coli,(75%)Entero cocci, strepto cocci, staphylo cocci, pseudomonas, pruteus, र Klebsiella हरु हुन । यस मध्य E.colli भन्ने जिवणु दिशमा म पाइने हुनाले यसबाट संक्रमण हुने खतरा धेरै हुन्छ । दिशपिसाब गर्ने समयमा मुत्रमार्ग र मलद्वर को दुरी कम भएकाले सक्रमणको खतरा हुन्छ । यसको साथै मुत्र मार्ग सक्रमण हुनको लागि विभिन्न तत्व हरुले पनि सहयोगको भूमिका पुर्याउछ :- मधुमेह ( Daibetes मेल्लितुस्)को रोगीहरुमा पिसब धेरै लाग्ने र पिसाबमा चिनी को मात्रा बदने भयकाले सक्रमणको खतरा हुन्छ । pregnency महिला हरुमा पनि होर्मोनको परिवर्तन हुनेभयकाले मुत्रमर्ग को सक्रमण हुने खतरा धेरै हुन्छ । UTI पुरुष भन्दा महिला हरुमा हुने खतरा धेरै हुन्छ किन्भने मुत्र मार्ग र मलद्वार को दुरी छोटो हुन्छ ।


 UTI बच्चा र बुदापाका हरुमा सक्रमण हुने खतरा धेरै हुन्छ। haematogenous spread (रगतमा भाएको सक्रमण ) को कारण ले पनि मुत्र मार्गको सक्रमण हुन्छ । Reflux Uropathy यसमा पिसाब गरि सकेपछी मशपेशी पर्दाले बन्द हुनुपर्छ तर कुनै कारण बश यो प्रक्रिया नभयमा पनि मुत्रमार्ग को सक्रमण हुने खतरा हुन्छ । साथै मुत्रमार्गमा कुनै स्टोन र तुम्मेर भएको छा भने पनि सक्रमणको खतरा हुन्छ । खासगरी मुत्रमार्गमा सक्रमण गर्ने प्रमुख तीन बाटो छन :-
१. छालामा भएका किताणुहरु मुत्र मार्ग हुँदै मिर्गौल सम्म आइपुग्न सक्छन ।
२. नजिक अंगमा सक्रमण भएएमा किताणुहरु मुत्रमर्गमा जना सक्छन ।
३. रगत म सक्रमण भयो भने मुत्रमर्गमा जाने सम्भबन हुन्छ ।

लक्ष्यण तथा चिन्नहरु :-
ठाउँमा संक्रमण गर्‍यो त्यहि अनुसार लक्षण देखपर्छन ।

मिर्गौलको सक्रमण भएएमा :- ज्वरो सँग कम्पन आउँछ ,कम्मरको एकतिर वा दुबैतिर दुख्छ ,घरी घरी पिसब लाग्छ ,पिसब फेर्दा दुख्छ ,धमिलो पिसब आउनु ,पिसबमा पुरै रगत देखा पर्नु ,पिसब गरेपछी पनि पिसब गरु गरु लाग्छ र झडापखाल तथा बन्ता पनि हुने गर्छ ।चिन्ह हरुमा :- Tempreture बडेको, pulse rate बडेको पाईन्छ ।

मुत्र थैली संक्रमण भएमा :-अरु सबै उस्तै लक्षण हरु देखा पर्छ साथै पिसब थैली माथि दुखाइ बद्छ र पिसब लागे पछि रोक्न्न सकिदैंन /मुत्र मार्गमा सक्रमण ( Uretharities ):- सबौ उस्तै लक्षण हरु देखा पर्छन तर मुत्रमर्ग म सक्रमण भएएमा मुत्रनली बाट पिप आउन सक्छ ।यदी महिलाहरुमा UTI भएमा महिनबारी नियमित नहुन सक्छ र तल्लो पेट अत्यधिक दुखने हुन्छ ।

 Treatment ( उपचार ):- 
             यदि कुनै ब्यक्ति वा महिलालाई UTI भएमा अरुलाई भन्नको लागि हिच्किचाउने ,लजाउने र लुकायर राख्ने गरिन्छ ताकि पछि गएर घातक बन्न सक्छ । UTI भएमा सधारण औषधी खाएर बस्नु भन्दा प्रयोगसाला उप्लब्ध भएको सुबिधा सम्पन्न हस्पिटलमा जाँच गराउनु धेरै राम्रो हुन्छ किन भने पिसाब जाच गर्दा कुन जिबणु वा किटणु ले सक्रमण गरेको भन्ने थाहा पाएर उपचार गर्न सजिलो हुन्छ /यसरी उपचार गरएमा एकै पटकमा रोग पत्ता लगाउन सकिन्छ ।यदी सुबिधा सम्पन्न हस्पिटल छैन् भने लक्षण अनुसार उपचार थाल्नु पर्छ ।यदी ज्वरो अएमा tab- Paracetamol 500mg तिनपटक दिनमा दिन्सकिन्छ । कुनै एउटा एन्टिबायोटिक दिन सकिन्छ ।जस्तै :- tab- Norfloxacin 400mg दिनको दुइपटक दिने or tab- Ciproflaxacin 500mg दिनको दुइपटक दिने or tab- Nitrofurantin 100mg दिनको तिनपटक दिन सकिन्छ । यी मथिका Antibiotic मध्य कुनै एउटा चलाउन सकिन्छ । दुखै धेरै छा भने tab- Buscopan 10mg आबस्यक्त अनुसार दिन सकिन्छ ।पिसाब गर्दा पोल्छ भने potasium powder लाई पनि घोलेर दिन सकिन्छ ।विरामीलाई रोक्थामको लगी उपाय अपनाउन लगाउनु पर्छ । जस्तै :- पनि वा झोलिलो पदर्थहरु धेरै खुवाउने ,मुत्रमार्गको सरसफाइ राख्ने ,योन संपर्कमा कोन्दोम प्रयोग गर्ने ,योन संपर्क पछि र योन संपर्क अगी पिसाब फेर्न लगाउने ,योन अंङग सफा गर्न लगाउने र दिसा पिसाब गर्दा मल्द्वार को सफा गर्दा होसियरी का साथ गर्नु पर्छ ताकि दिसा म पाइने जिबाणु मुत्र मार्गमा नाओस /यसरी मुत्र मार्गको सक्रमण भएएमा समयमा स्वास्थ्य कर्मीलाई देखाई सल्ल्ह लिनु पर्छ नकी ठीक भैहाल्छ भनेर बस्नु हुदैन ।